सिधाकुरा करिश्मा ढकालसंग version 2
करिश्मा ढकाल क्रिकेट हेर्नुहुन्छ । Steve smith को fan हुनुहुन्छ । twitter मा झुल्किनु हुन्छ । क्रिकेट लगायत अरु बिषयमा पनि लेख्नुहुन्छ । अहिले lock down ले गर्दा समय प्रयोग गर्न सजिलो समय होइन / IPL पनि छैन । यहि सन्दर्भमा म आफुलाई लागेको केहि सोच साझा गर्न चाहान्छु । उहाँको पुस्तक पढ्ने बानी कति छ मलाई थाहा छैन । पुस्तक पढदा working memory overload हुने हुँदा मानिसलाई पुस्तक पढ्न जाँगर नलाग्ने गरेको छ।
फिलिम वा youtube हेर्दा working memory लाई सजिलो मह्सुस हुने हुँदा मानिस पुण्य गौतमको अन्तर्वार्ता सुनेर पनि बस्छन् । पुण्य गौतम भन्दा त पुस्तक ठिक हो नि । करिश्माजीलाई मेरो के सल्लाह छ भने एक्कै चोटी धेरै पाता नपढ़नुस । पांच पाता जति पढेर, आफुले के के पढियो त्यो कापीमा नहेरी लेख्ने कोशिस गर्नुस । त्यसो गर्दा कति बिर्सिंछ । बिर्सेको थाहा पाएपछि दिमाग लाई धक्का लाग्छ अनि दिमाग अलि सक्रिय हुन्छ र त्यो बेला फेरी पढ्यो भने सम्झिन सजिलो हुन्छ । Retrieval practice in psychology भनेर खोज्नु भयो भने यो बिषयमा धेरै लेखिएको छ ।
भूपी शेरशन पढ्नु हुँदो रहेछ भनेर सुन्न पाएँ । सन्तोष पन्थको कविता पढेर मात्र मात्र पुग्दैन । स्तरिय कविता पढ्यो भने भाषाको जादु अनुभूति गर्ने मौका हुन्छ । कविता कण्ठ गर्दा एकदमै सजिलो हुन्दैन । तर आफुलाई राम्रो लागेको दुई लाइन कण्ठ गर्यो भने त्यसको ठुलो फाइदा हुन्छ । अलि अलि गद्र्दै केहि बर्ष पछि धेरै पङ्गती कण्ठ हुन्छ । धेरै धेरै मानिस यसो गर्न सक्दैनन् । दुई लाइन कण्ठ गर्न पनि एक हप्ता लाग्न सक्छ । यसो हुँदा मेरो दिमागको कमजोरी हो कि भन्ने पर्न सक्छ । जम्मा २ लाईन याद याद हुन एक हप्ता लाग्न । तर यो धेरै ले गर्न सक्दैनन् ।
एक हप्ता लगाएर एक चोटी याद गरेपछि तपाईले त्यो लाइन जीवन भरि सम्झनु हुन्छ । यो ठुलो शक्ति हो । अनि त्यो तपाईले जुन बेला पनि प्रयोग गर्न सकिन्छ । long term memory मा knowledge पुर्याउन गार्हो हुन्छ working memory को प्रकृति ले गर्दा । तर एक चोटी पुगेपछि त्यो बिर्सिन्न ।
तपाईको भाई १०० kg पुग्न लागेको थाहा पाएपछि म intermittent fasting बारे बुझ्न आग्रह गर्छु । यो भनेको १७ घण्टा जति fast गर्ने प्रत्येक दिन । अनि जे जे खाने हो ९ घण्टा भित्र खाने । अनि हिड्न पनि पर्यो । पशुपति वा शिवपुरी ठिक हुन्छ २ । ३ घण्टा हिड्न । जता नजिक पर्छ उतै जानुस ।
lock down फिलिम मात्र नहेर्ने बरु लेख्ने पनि । आधा घण्टा फिलिम हेरेपछि रोकेर अहिले सम्म के के भयो कापीमा लेख्नुस । सिनेमा तपाईले सोचे जस्तो दिशा गयो कि गएन? अगाडी कसरी जाला । यसले तपाईको मस्तिस्कलाई राम्रो अभ्यास हुन्छ । दिमागमा राम्रो protein बन्छ । यो बिषयमा Eric kandel ले लेखेका छन् ।
लेख्ने बानीको विकास गर्यो भने मस्तिस्क धेरै टाठो हुन्छ । पढदा मात्र दिमाग त्यति active हुन्न । अनि एकचोटी मात्र पढेर पुग्यो भनेर बस्नहुन्न । एक बर्षमा एउटा राम्रो किताब पांच चोटी सम्म पढ्नुस । यसलाई psychology मा spacing effect भनिन्छ / यसले नायक कुरा सिक्न लाई एकदम फाइदा गर्छ , एकदमै।
Comments
Post a Comment