शंखर लामिछाने
शंखर लामिछानेको पिताजीको मृत्यु २००६ मा भएको थियो । शंखर लामिछानेको मृत्यु ३२ सालमा । राजा महेन्द्रको मृत्यु भएको पनि धेरै समय भएको थिएन । भूपी शेरचनको पनि भर्खर । भूपी शेरचनको मृत्युपछि शंकरले स्मृति लेख लेख्नुभएको छ । भूपीले हामीलाई चांडो छोडेर गए र भूपी गलत समयमा जन्मिए भनेर । मृत्यु हुन भन्दा चार बर्ष जति अगाडी शंकरले दोश्रो बिहे गर्नु भएको थियो । दोश्रो बिहेबाट दुई बच्चा र पहिलेबाट २ गरि चार सन्तान थिए शंकरका ।
शंकरको आम र बुवाको झगडा भएको थियो । बच्चा पेटमा हुँदा आमा घर छोडेर भाडामा गएर बस्नु भयो । माइत जानुभएन, जुन नजिकै थियो । उक्त पेटमा भएको बच्चाको मृत्यु भयो । पछि फोक्शोको सरुवा रोग (TB ) बाट शंकरको आमाको पनि मृत्यु भयो । शंखर मामाघर गएर बसे । पछि मामाहरुबाट धोकाको महसुस गरे । आमाको दाइजोको जग्गा मामाले खाइदिएको स्थिती आयो । शंकरको जीवन आर्थिक संकटबाट गुज्रियो । शंकरका बुवा ब्रह्म शमशेरका सुब्बा थिए। सुब्बा बाजेको छोरो भनेर शंकर पनि परिचित थिए । सम्पन्न बुवा र आमाका छोरा शंकरको जीवन आर्थिक अभावबाट गुज्रियो ।
शंकरले मामाघर बस्दा भारत पुगेर पढेको देखिन्छ र उनले नेपाली नभई संस्कृतमा छ/ सात बर्ष भारतमा पढेकोले नेपाली अध्ययन ढिलो आरम्भ भयो । उनको नेपाली भाषाको पकड संस्कृतमा भएको पकडले बनिएको भन्न सकिन्छ ।
भैरव अर्याल पनि आर्थिक संकटबीच आफ्नो जीवन बिताउनु भयो ।
शंकर लामिछानेको समयमा काठमाडौँमा पहेंला taxi चल्थे । उहाँले मट्टीतेल र diseal ले तान्ने काठमाडौँ पनि देख्नु भयो । अनि दाउराको उर्जाले चलाउने काठमाडौँ पनि । गरिबी यावत थियो । पानी पनि गाग्रीको किनेर खान पर्ने सुख्खाको उहाँ आफ्नो निबन्धमा वर्णन गर्नुहुन्छ । महंगीको चर्चा गर्दा ।
उहाँले आफ्ना छोरा छोरीलाई गालि नै नगर्ने प्रसङ्ग आउँछ । सधै हाँस्ने उहाँको स्वभाव छ । आर्थिक दरिद्रता र सीमितताको कारणले उहाँमा रक्शि खाने बानि पर्छ र बिहान मुखना नपारे हिड्न नसक्ने अवस्था आउँछ । यसले उहाँमा ठुलो हिनता उत्पन्न हुन्छ।
देवकोटा, मात्रिका कोइराला, विश्वेसवर कोइराला, सम्भवत बालकृष्ण सम लगायत धेरै परिचित मानिससंग उहाँले अन्तर्वार्ता लिनुभएको थियो ।
नराइन गोपालको प्रसङ्ग कतै आउला कि भनेर म निबन्धमा खोज्दै छु । अम्बर गुरुङको आम बितेको खबर नराइन गोपालले शंकर लामिछानेलाई दिएका थिए । अम्बर गुरुङ काठमाडौँ आएको बेला शंकरको घरमा बसेका छन् । शंखर लामिछानेका अर्का मित्र थिए भिमदर्शन रोका । भूपीसंग पनि उनले धेरै रक्शि पिएका छन् । भूपी आफ्नै पहिलो श्रीमती र सन्तान काठमाडौँ बाहिर छोडेर आफु यता दोस्रो बिहे गरेको जटिल जीवनी छ । भूपी नखुल्ने स्वभाव भनेर शंखरले भनेको छन् । शंकरको बोलिराख्नु पर्ने स्वभाव । मात्रिका कोइराला बोल्दा एकदम औपचारिक । बिपीको एकदम हाँसेर भावानमा कुरा गर्न पर्ने, कहिले त अरुको कुरा पुरा सुन्न पनि नसक्ने । शंकर लामीछाने र बिपीकोबीच फ्रायेडको बिषयमा पनि छलफल भएको छ ।
शंकर लामीछानेको छोरीको नेपाल र गणितमा नम्बर तलमाथि आउने रहेछ ।आमा रत्न राई धेरै कडा । अनि उनले " छोरीले यो चोटी गणितमा राम्रो गरे पनि नेपाली बिगारिछ " भन्दा शंकर गम्भीर भएर छोरीलाई सम्झाउन खोज्दै गर्दा आमाले नदेख्ने गरे आँखा झिम्काई दिन्छन् । शंकरको स्वभाव यस्तो छ ।
Comments
Post a Comment