केपी ओली

 केपी ओलीले नेपाली इतिहासमा ठुलो अवसर पाउनु भएको थियो । अवसरसँग सीप नमिलेर उहाँ सफल होइन असफल, गफास्टर र कुण्ठित हुँदै जानुभयो । पहिलो गल्ति आफ्ना मन्त्री छान्न गर्नुभयो । दोश्रो उहाँमा ठोस काम गर्ने भन्दा ठुलो काम गरेर महान हुने हुटहुटिले घर गर्यो । ५ अरबको एउटा गतिलो पुस्तकालय  बनाउन भन्दा उहाँलाई धरहरा उठाएर हेर्न मनलाग्यो  अर्थात त्यो अरुले पनि हेरुन र "केपीले  बनाएको" भनुन् भन्ने लोकसेवा स्तरको लोभ जाग्यो ।   


ओली  भेडाको भुत्ला होइन, भेडानै ल्याउँछु भन्ने शैलीमा अधि बढ्नु भयो । उहाँले भेडाको भुत्लाको उपयोग गरेर भ्रस्टचार सफा गर्न सुरु गर्न पर्थ्यो । सरकारी अस्पताल, सरकारी स्कुल, विमानस्थल लगायत संवेदनशिल स्थान सुधारको लागि उहाँले ग्याँसमा पाकेको खाना खाएको उर्जा खर्च गर्नपर्थ्यो ।  अब सिलिन्डर युगको अन्त गर्छु, चडदिम न त रेल, खोलामा पानीजहाज चलाउन कुन ठुलो ठुलो कुरो भयो र, गर्दीम न त भन्ने शैलीमा प्रस्तुत हुन थाल्नुभयो । नेपालमा १००० बिजुली बस चलाउँछु भन्नु पर्नेमा उहाँ गोकुल बास्कोटाका बिजुली तर्क सुनेर बस्नु भयो । 


केपी ओलीको धेरै समय आफ्ना सल्लाहकारको मुस्कान व्यवस्थापन गरेर बित्ने गरेको छ । उता सल्लाहकार मुस्काउने, यता केपी। माधप नेपालले डाह गर्दै गरुन, खुट्टा तान्दै गरुन ।  बिष्णु, सुर्य, राजनको मुस्कान अनवरत चलेको छ । अनि अग्नि समेत मुस्काउने । बालुवाटारमा मुस्कान माथि  मुस्कान चलेको छ । अरुले डाह गरेर हुन्छ ? 


भ्रस्टाचार गर्ने माथि महाएक्शन लिन उहाँलाई दुई तिहाईको दुई बर्षले ठुलो अवसर दिएको थियो तर उहाँले  प्रधानमन्त्री जस्तो काम गर्ने  पदमा पुगेपछि एक्लो महसुस गर्नुस भयो भन्ने मलाई परेको छ । त्यो एक्लोपन भुलाउन गफ र हाँस्य फोहार फाल्न थाल्नु भयो । योग्य विज्ञलाई चिन्न नसक्नाले उहाँ एक्लै परेको हो। उहाँलाई भेट्ने मानिस उहाँलाई सफल प्रधानमन्त्री  बनाउने ल्याकतका भन्दा केहि मागेर उहाँलाई महान बनाउने ध्याउनका थिए । उहाँलाई महान बनाए  आफुले पनि थाप्न पाउने आन्तरिक लोभ लागु भएको हो ।

 

केपी ओली दुई तिहाई जनमत  प्रयोग गरेर आफु कसरी सफल र असल  प्रधानमन्त्री बन्ने  भन्ने रडनीति  बनाउन खास सफल भएको  पाइएन । उहाँको रडनीति उक्त शक्ति प्रयोग गरेर  आफु कसरी पार्टीमा बलियो बन्ने भन्नेमा प्रयोग भयो जसलाई कच्चा सीप भए पुग्थ्यो । त्यसको लागि उहाँ "केटाहरुलाई" मन्त्री बनाउने दाऊमा लाग्नु भयो । माधव र प्रचण्ड जति उफ्रे पनि आफुलाई मन्त्रीका आकांक्षी केटाहरुले साथ दिन्छन् अनि आम कार्यकर्ताले साथ दिन्छन् भन्ने केपीको योजना रहेको बुझ्न सकिन्छ । अनि जो जति उफ्रे पनि महाधिवेशनमा सबैलाई सुताउन सकिन्छ भन्ने रडनिती बनाउन थाल्नु भयो । 


भारत नेपालमा हिन्दु धर्मको माहोल  होस् अर्थात् अरु पश्चिमी धर्मले पैसाको बलमा पूर्वाधार खडा गर्दै प्रार्थना गर्दै भारतमा पनि खुला रुपमा पसे भने उसलाई अफ्टारो पर्छ भन्ने हिसाब निकालेर बसेको छ । अझ बिजेपी पार्टी त  धर्मको नाममा चुनाव जित्ने सजिलो र उग्र र हिंसात्मक बाटोमा हिंड्न खुसी हुँदै आएको पार्टी हो । मोदी नेपालमा ओलीलाई प्रयोग गरेर अलि भाँडभैलो गर्न लागेका छन् यो पक्का हो । भारतका गुप्तचर आएर बाबुरामलाई  हप्काए पछि उनि अहिले  क्रान्तिकारी तरिकाले रुँदै हिंडेको छन्। ओली सरकारमा अहिले जसरी मन्त्रीको जन्ती पसेको छ त्यसले एउटा संकेत प्रस्ट गरेको छ । अब एकदिन कमले- मण्डले उर्फ कमल थापा पनि सरकारमा प्रयोग भएर उपप्रधानमन्त्री बन्न बेर छैन। मोदीले एउटा आँखा झिम्काएपछि ओलीले पुष्पकमलको चुनाव क्षेत्रमा  भगवान राम जन्माए। पश्चिमी शक्ति यसरी सजिलै भगवान राम आफ्नै आँखा अगाडी जन्मेको देखेर खुसी छैनन् । चीन नेपालमा अस्तिरता भए आफुले भेऊ पाउन गार्होपर्ने हुनाले र फेरी अमेरिकी र यूरोपियनहरुको गतिबिधि बढ्ने  हुनाले  आफ्नो राजदुत  स्थिरता होस् भनेर कुदाएको कुदाई छ ।   


 शक्ति केन्द्रको चलखेल र प्रधानमन्त्री पदको लोभ र पार्टीमा को हावी भन्ने तरंग अहिले  अदालत पुगेको छ । जे होस् कोरोनाले चुनाव नहुने स्थितिमा गडबडीको चलिरहन्छ र अब हिन्दुवादी पार्टी बनाउन वकिल बालकृष्ण नै नयाँ शक्ति निकाल्दै छन् । बाबुरामको क्रान्तिकारी रुवाई जारि रहला जस्तो छ ।     


ओलीलाई  पनि लाग्दै छ । मैले हो सबैलाई घुमाउनी।  तर उनी असफल प्रधानमन्त्री भइसके । अब सुर्य चिन्ह उनको होला कि नहोला र महाधिवेशनबाट फेरी पार्टी प्रमुख हुन्छन् कि हुन्नन् त्यो हेर्न बाँकी छ ।  





Comments

Popular posts from this blog

Reading Harari's sapiens with method of adaptation

सन्जम रेग्मी उवाच ।