सन्जम रेग्मी उवाच ।

 सन्जम रेग्मीसँग   युवा खेलाडीले बोल्न धक मान्दैन यो उनको बलियो पक्ष हो । अरुले सन्जम रेग्मीको आसपासमा पनि बोल्न पाउँदैनन् यो उनको कमजोर पक्ष हो । सन्जम रेग्मीको बिषयमा कहाँबाट सुरु गर्ने भन्ने बिषय भन्दा बरु भेडाको भुत्ला भुत्लाएर बेच्न लैजान सजिलो हुन्छ ।  ब्याटिंगबाट सुरु गर्न पर्ला । एक दिन म सन्जम रेग्मीको आसपास किर्तिपुरमा कावा खाँदै थिएँ । सन्जमले ब्याटिंगको बिषयमा बोल्दै  थिए। आज आफ्नोबारे बोल्ने भएनन् भनेर मैले आफ्ना महान कानलाई तयारी अवस्थामा राखेको त सन्जमले उच्च सुर लगाए ।  " मैले त्यो इन्निंग खेलेको, त्यो  इन्निनिंगले नेपाली क्रिकेटलाई कहाँ पुर्यायो, बुझिस नि भाई ?  ?  " 


मैले सोचेजस्तो नै भयो । जब  ब्याटिंगबारे कुरा गर्दा पनि सन्जम आफ्नो बारे कुरा गर्छन् बुझ्नुस सन्जमको दिमाग कुन पिण्ड जसरी घुम्छ । बिनोद पाण्डे पनि होला तर बिनोद भण्डारी स्वयं सन्जमको ज्योतिस सल्लाहले ग्रह सुधारेर नेपालका  धोनी बने । सन्जमलाई ११ नम्बरमा ब्याटिंग पठाउने कप्तानको कमसल विस्लेषण कलाले गर्दाले लामो समय कप्तान हुन पाएनन् । सन्जम रेग्मीलाई  नेपाली टिममा पार्ने vision  भएको भए नेपालले नक्कली विस्वकप  होइन अफघानिस्तानमा भन्दा माथि पुग्थ्यो ।  " हेर भाई म टिममा परेको भए म आफुजस्तो अर्को दुई जना बलर  तयार पार्थें । म सँग vision थियो नि भाई । तैलें मलाई चिनेकै छैनस जा बिनोद पाण्डेलाई सोध्न । अनि म जस्तो तीन  बलर भएपछि त अफघानिस्तानले  २०० हान्न सक्छ त भाई ? अनि tail ले  run  हानेर भए पनि २००  त  बन्छ भाई । ३० त मै हान्छु ।  ," यस्ता हुन्छन् दाजूका कुरा ।  


सन्जम दाजूको तौल अलि धेरै छ । कसैले सन्जम तपाईको तौल  अलि बढी  भएन र भनेर सोध्यो भने  दाजूको जवाफ हुन्छ । " मैले  जानीजानी तौल बढाएको हो , स्पिन्नरलाई ८० किलो त चाहिने रहेछ । अझ ८५ भयो भने झन् राम्रो । नेपालमा यस्तो कुरा कसले बुझ्छ," यो हो सन्जमको शैली । अनि स्पिन्नरलाई " तौल धेरै किन चाहियो नि ? "  " balance को लागि । balance  भयो भने राम्रो release हुन्छ । अनि turn  राम्रो हुन्छ । नेपालमा राम्रो expert नभएर हामीले दुख पाउन पर्या छ , " सन्जमको ब्याख्या यस्ता हुन्छन्।    


सन्जमको तिखो स्वर यस्तो भन्छ । "नेपालमा श्रीलंकाको कोच ल्याएर हाम्रो क्रिकेट बिग्रियो । यो कसैले बुझेको छैन । श्रीलंकाको आफ्नै क्रिकेट हेर त भाई  । रोय dias ले dot बल्न खेलाएर नेपालको ब्याटिंग ध्वस्त पारे । अहिले पुबुदुले slog हान्न सिकाएर खत्तम पार्दै  छन् । vision भएको मान्छेले बुज्छ । नेपालको क्रिकेट विश्लेषण भनेको कसले कति बल खेलेर कति run  हान्यो र कति विकेट लियो भन्ने हो । मेह्बूब दाईले १० विकेट लिएर के भयो ? बुझिस नि भाई तैले ? मैले तलाई knowledge दिराछु अरु कसैले दिन्छ तलाई  यसरी? १० विकेट भन्दा quality २ विकेट important  हो। तैले  बिस्तारै  बुज्छस  को मान्छे  कस्तो  छ भनेर भाई   "            

Comments

Popular posts from this blog

केपी ओली

Reading Harari's sapiens with method of adaptation