आखिर रहेछन इश्वर काफ्ले एक

 

मानिसहरु इश्वरलाई माञ्छन् / कोहि मानिस म जस्तो पशुपतिनाथ जान्चन / खासमा घुम्न / शिव रात्री  फागुनमा भएर गल्ति भएको हो / माघमा हुन पर्थ्यो / आगो ताप्ने मजा हुन्थ्यो पशुपति गएर / तर गाँजा पिउनेले गाँजा मागेर हैरान पारेर माहोललाई बिगार्छन / सानो ठाउंमा धेरै बाँदर हुने हुँदा धेरै  हगेर   बाँदरले नि हैरान पारेका छन् / पशुपति फोहर  बन्छ   / अनि बाँदरले मान्छेलाई झम्टने समस्या नि छ  /   शेर बहादुरलाई केहि गर्न  नसक्ने गगन    थापाले   कम्तिमा   पशुपतिको बाँदरको बारेमा   त केहि बोलुन / अस्ति सिटौलाले दिएको मन्त्रि खाए अब शेर बहादुर दाईले दिएको मन्त्रि खाने ? त्यो संसद विकास  कोसको  एक करोड बाँदर व्यवस्थापन गर्न लाइदिन पर्यो / यो चोटी शिव रात्रीको २/३ अगाडी मलाई आगो ताप्न पशुपति जान छ / कांग्रेश भित्र देउवा व्यवस्थापन गरेर लोकतन्त्र र फलानाको समाजवाद  ल्याउन संगठन निर्माण गर्न नसके पनि माइक्  समातेर चिच्चाउने गगनको नौलो समाजवादमा पशुपतिको बाँदरकोबारे गम्भीर छलफल होस् / राजनेता  केपी  ओलीले पशुपतिका  बाँदर जस्तै  धेरै हग्ने खालकालाई मन्त्रि बनाएकोले  उनीबाट अब आशा भएन /   


जे भए पनि इश्वरकोमा मानिस पुग्छन / तर इश्वर काफ्लेहरुलाई अलि अन्याय भएको छ / आफु नि इश्वर भए पनि खास जनमत आफ्नो वरिपरि छैन / हुँदा हुँदा twitter मा नि आवस्यक retweet र like छैन / 


मलाई मानिस हिमालको टुप्पो टुप्पो पुगेको मन पर्दैन / " मर्न कसैलाई रहर हुँदैन " भन्ने गीत गलत जस्तो लाग्छ /  नाम नै सन्तोष ज्ञवाली राखेर सजिलै सन्तोष लिन सक्ने जस्ता मानिस खुसि हुन कट्टु लाएर हिमालमा पुगेँ अनि खुब जाडो भयो भनेर article लेख्दैनन / यो मामिलामा सन्तोष कटुवाल ठिक हुनुहुन्छ / उहाँलाई एक दिन indoor क्रिकेट खेल्न आउनु हिमाल चढे बराबर उपलब्धि हो / इश्वर काफ्ले सर अझै अब म हिमालको टुप्पोमा पुग्छु खुसि त्यहाँ छ भनि नसकेकोले संकटकाल लाउने बेला भएको छैन / हिमालको टुप्पोमा  टेक्छु  त्यहाँ खुसी छ भन्नु "मर्न सजिलो पार्नु " हो / जोखिम धेरै किन लिने आफु भन्दा बलियो प्रकृति संग ?  मर्नु र बाँच्नु दुवै सामान्य हो भनेर मलाई mute  मात्र गरे पुग्छ block गर्न पर्दैन  / 

to be continued 

Comments

Popular posts from this blog

केपी ओली

Reading Harari's sapiens with method of adaptation

सन्जम रेग्मी उवाच ।