लामो कपाल पाल्ने बारे

 मलाई बेला बेला लामो कपाल पाल्न मन लाग्दो रहेछ / पुराना फोटा देख्दा बेला बेला सुम्झाना हुन्छ त्यो समयको सोचाईको प्रकृति / सुरुमा लामो कपाल पाल्ने भनेको कपाल नकाट्ने भनेर बुझें / यो सिद्धान्तले सहि ठाउँमा नपुर्याउने रहेछ / अनि एउटा समय पछि कपाल टाउको भरि बढेर धेरै ठुलो हुने रहेछ / अनि ऐना हेर्दा स्थीति जाम पर्ने / यसरि जाम पर्ने भन्न मैले पारिजातबाट सिकेको  हो उनको शिरिषको फूल पढ्दा / अनि टाउको भोगटे जत्रो हुने रहेछ / अनि मैले फेरी कपाल काट्दो रहेछु / यो शृंखला जारि रह्यो / मैले कपाल पालेको खुसीमा ड्रोंन उडाउन पाएको छैन /

 शिरिषको फूल नोट बनाउंदै पढ्दै छु / कथाको कसरी बनाइएको छ भनेर बुझ्न / शिरिषको फूलमा  एउटा महिला  पात्रको कपाल एकदम सानो  छ , पात्रको नाम सकम्बरी हो क्यारे /  

दुइ जना केटा साथीको बारमा भेट भएर चिनजान हुन्छ / पछि एक साथी अर्को साथीलाइ  भेट्न उसको घरमा पुग्छन / घर तीन तले छ, बगल लगाएर फूलाइएका फूल छन् / यो "बगल लगाएर फुलाईएको " भन्न मैले त्यहिबाट सिकेको / अनि त्यो साथीका बहिनी छन् / एउटा बहिनीले " बुलेट पड्केको आवाजमा " आफ्नो परिचय दिन्छिन भनिएको छ / त्यो तीन तले घर कुन स्थानमा छ मैले भुलें / कालिकास्थान त होइन होला / अरु बहिनी अलि कम बोल्ने खालका हुन्छ /   

सकम्बरीको होइन आफ्नो कपालको बारे बोल्छु /  

कपाल पाल्ने भनेको कपाल नकाट्ने होइन भन्ने बुझेपछि अब अगाडी र पछाडी   नकाट्ने, कान माथिको भागमात्र काट्ने भन्ने निर्णय गरें / यसो गर्दा टाउकोको आकार व्यवस्थापन हुँदै, कपाल पालिंदै गयो / 


तर अर्को समस्या आयो / कपाल ठुलो भए पछि कपाल चारै तिर उठ्ने / कोरेर नियन्त्रण गर्न गाह्रो  / शरीरको अरु अंग छायाँमा पर्ने / यसरी कपाल जरायोको सिङ्ग जस्तो जताततै उठ्दा हैरान भएर एउटा क्याप किन्न पर्ने भयो / 

अस्ति सन्तोष पन्थलाइ भेट्दा  यस्तो आवस्यकताले लगाएको  नयाँ क्याप हो / 


क्यापको गोठालो भए जस्तो अनुभूति  भयो / क्याप नलगाई कतै हिंडडुल गर्न मन नमिल्ने / जिङ्ग्रिङ्ग कपाल अब काट्दिन्छु  भन्ने सोच्दै थिएँ/ एक बर्ष लगाएर पालेको कपाल  काटेपछि  सकिन्छ भन्ने पर्यो / संघर्ष, सहमति, रुपान्तरण होला त?  भन्ने धक लाग्दै गयो /  


अनि आयो याद तेलको / तेलको बारेमा कसैले किन गीत नलेखेका होला ? धन्न मलाई तेलको याद आयो / 


तेल लगाएपछि कपाल  नि बाक्लो देखिनी / टाउकोको आकार घट्ने / कपाल पनि मिलेर बस्ने / कपाल जता फर्कायो त्यतै फर्कने / त्यो विराट कोहली को नि के फ्यान हुनु म त् तेलको फ्यान भएँ / यति धेरै सहयोगी / 

to be continued 


Comments

Popular posts from this blog

केपी ओली

Reading Harari's sapiens with method of adaptation

सन्जम रेग्मी उवाच ।