चुरोटका गोठालो
मैले चुरोट पिउने मानिसलाई "काँतर " भन्ने गरेको छु ।
काँतर शब्द केपी ओलीसंग सिकेको हुँ । यिनले माओवादीसंग "काँतर " मात्र मिल्छन् भनेर पहिलो संविधान सभाको चुनाव अगाडी भने भनेर अखबारमा शिर्षक रहेछ । पछि "समाइजिक " संजालमा त्यो व्यापक फैलियो । bcompany दाजुको भाषामा पर्छ "समाइजिक संजाल "।
हुन त मैले हल्का मदिरा लिन्छु । अन्तिम चोटी लिएको सात सालमा हो ।
एक दिन म एउटा समुहमा थिएँ । दुई जना अमुक लिङ्गका अलि टाढा भएका तर्फ़ इसारा गर्दै मेरो समुहमा भएको एउटाले भन्नुभयो " तिनीहरुको यहि आएर लभ पर्यो हो " ? प्रश्न जस्तो भए नि एउटा टिप्पणी जस्तो थियो । अर्कोले जवाफ जस्तो टिप्पणी दिए " होइन तिनीहरु सात साल देखि यस्तै हो " ।
मलाई त्यो सात साल भनेको खुब मन पर्यो । रमाइलो छुटेर हाँसेको थिएँ / "धेरै समय पहिले " भन्न परे सात साल भन्दा टेस पर्दो रहेछ । मैले मदिरा खासै नलिएको पनि धेरै भयो ।
चुरोट पिउनेको दुर्दशा पनि उदेक जस्तो लाग्ने किसिमको । बिहान भो एउटा खान पर्ने । झ्याल देखे अर्को/ बरु कुकुरले कहिले काहीं खम्बा देखे पनि मुत्नु हुन्न । चिया पछि अर्को , कपाल काटेपछि अर्को । २ बजेछ भनेर अर्को । अनि खाजा खाए पछि अर्को । मुतेर आइयो मजा आयो " लौ एउटा चुस्स पार्न पर्यो भनेर अर्को "। अनि twitter मा एउटालाई block गरेपछि फेरी अर्को।
चुरोट तान्दा भुसको धुवाँको स्वाद जस्तो हुँदो रहेछ । मैले एक दिन मदिरा पिएको बेला अध्ययनको क्रममा पत्ता लगाएँ ।
चुरोटले एउटा त मुखमा चुरोटको गन्धको अधिनायकत्वो स्थापित हुने । कपडामा पनि गन्धको संक्रमण फैलिने ।
खैनी खानेलाई म त मान्छे हुन अझ १००० बर्ष बाँकी भएका अधिमानव मान्छु । यो बिषयमा त प्रवेश नगरौं । प्रवेश शब्द हल्का pornographic भयो । ठिक छ । वेदमा त यसलाई नि योग भन्या होला ? योग अर्थात् मिलन । सबै धार्मिक किताब बराबर होलान् । सबैले बोलेका होलान् । क्रिस्टियन धर्म धनी भएकाले काठमाडौँमा पनि प्रसस्त जग्गा किनेका छन् । खाद्योत दाजुले यो बिषय धेरै अलि मिलाएर बोल्छन् । खाद्योत् दाजुले चुरोट, रक्सि आदि खानु हुन्न त्यसैले योग्य लाग्छन् ।
Indoor क्रिकेटमा नि खेल सुरु हुन भन्दा पहिले एउटा चुरोट । एउटा इन्निंग सकिए पछि फेरी अर्को । अनि ग्याम सकिएपछि फेरी अर्को । अनि मलाई मन पर्ने "हामी पनि नाच्नु पर्छ विच्च विचमा" को शैलीमा अरु दुईवटा त विच्च विच्चमा । ब्याटिंगमा out भएपछि र ब्याटिंग नआउला जस्तो भयो भने ।
अझ येति धेरै चुरोट पिउनेलाई लाई लाग्छ फेरी "buddha was born in Nepal "।
बुध्दको जन्मको बिषय फौजदारी बिषय होला । भारतले बुद्धको अपहरण गर्यो भनेर । खासमा उत्पीडित त चुरोटका गोठाला पछि बुद्ध नै होलान् ।
मैले चुरोट पिउँदिन भनेर घमण्ड गर्न पनि उचित छैन होला । चुरोट पिउनु र नपिउनु दुवै सामान्य त होइन होला ।
पहिले पहिले चुरोटको बिषयमा बैज्ञानिक नतिजा नआएसम्म मानिसहरुले अन्तर्वार्ता दिंदै चुरोट तान्दा रहेछन् । youtube मा देखिन्छ । पछि cancer हुन्छ भन्ने आएछ । यो बिषय बाहिर ल्याउन गार्हो थियो होला । चुरोटबाट अरबौं कमाएका अमेरिकाका बिनोद चौधरी वा नेपालका सुर्य नेपाल कम्पनिका मनकारी सरहरुलाई यो मन पर्ने भएन । अमेरिका, यूरोपमा चुरोट र cancer को नतिजालाई दबाउन कोसिस भएन होला त ? भारतमा राम देवको स्वभाव हेर्दा उनले पतंजली चुरोट निकाल्ने लाईनका हुन् ।
स्वास्थ्यमा मुखको स्वास्थ्यलाई मूल स्वाथ्य मानिँदो रहेछ । मुख नै प्रदुषणको केन्द्र भए bacteria ले शरीर भर संक्रमण गरेर शरीर स्खलित हुन्छ । ल्वांग वा अमला मुखको लागि गुड हुन्छ । सुकमेल महँगो । नेपालको पूर्वीय भागमा पाइने अलैची नि ठिक हो । ठुलो संख्यामा नेपालमा अलैची उत्पादन हुन्छ ।
म एक दिन एउटा नाटक हेर्न गएको थिएँ । त्यहाँ एउटा प्राध्यापक देखें । चुरोट तान्दै थिए । बरु बाँदरलाई पूजा गर्न पठाउन सम्भव होला तर मानिसलाई चुरोट छोडाउन सम्भव छैन भन्ने सोचमा पुगेको छु म यी प्राध्यापकलाई देखेर । आफै कल्पना गर्नुस यिनले कसरी र कति चुरोट पिए होला १ घण्टा भित्र ।
Comments
Post a Comment