कोभिड
कोभिड चीन देखि सुरु भयो, वुहानबाट । चीनले जति पैसा कमाए पनि एउटा समस्या छ, अंग्रेजी भाषाको एउटा गतिलो अखबार छैन । रेलमात्र कुदाएर पुग्दैन । मैले अनवरत the guardian र the new york times र economist मा चीनबारे पढ्दै थिएँ । यी अखबारको भाषामा सुन्दरता हुन्छ तर चीन लगायत रसियालाई अलि ठाडो भाकामा होच्चाईएको हुन्छ ।
त्यी अखबारको भाषा हेर्दा उनीहरुलाई यो भाइरसले चीन थला पर्ने भो भन्ने लाग्दथ्यो । विश्वलाई चक्मा दिंदै वुहान बाहिर यो फैलेना । वुहानको जनसंख्या २ करोडको आसपास छ भनेको सुन्दा म चकित परेको थिएँ ।
केहि समय पछि अमेरिका थला पर्न थाल्यो । अब अमेरिकी र बेलायती अखबारलाई आफ्नै समाचार थामी नसक्नु भो ।
भारतमा मोदी र नेपालमा ओली यो virus नेपाल पसेन भनेर गमक्क परेका थिए ।
pandemic को ठुलो त्रास हुने रहेछ। shakespear को पालमा pandemic बेला-बेला हुने हुँदा उनी त्यो बेलाको सहरबाट गाउँ फर्कने रहेछन् । shakespear त लगातार २ वर्ष गाउँ नि बस्न पर्ने हुने रहेछ । यस्तो कुदाकुदको जीवन बिताएका shakespear ले पनि तेत्रो साहित्य लेखे भनेर मानिसले तारिफ गर्छन् ति विचारक को । मलाई पनि pandemic को तरङ्गले छोप्यो । देवकोटाको पागल कवितामा तरङ्ग शब्दले मलाई छोएको थियो । " म तरङ्ग गर्दै हिंड्दै थिएँ। " भन्दै देवकोटाको कुनै निबन्धमा नि यो शब्द बार प्रयोग गर्छन् । बार बार धेरै ठाउँमा प्रयोग गर्छन् ।
नेपालमा नि २/३ सरकार हुँदा हुँदै कोभिड आयो मुख्य रुपमा भारत भएर ।
डोलाण्ड trump चाइना virus भन्दै चीनमा उफ्रेको नेपालमा सुनिन्थ्यो । सामाजिक संजाल नहुँदा दिल्लीमा पानी पर्दा नेपालमा छाता ओडथे भनिन्छ । अहिले अमेरिकामा पानी पर्दा नेपालमा छाता ओढ्ने स्थिति छ ।
स्पेन र इटालीमा कोभिडले मान्छे सोत्तर पारेको थियो । त्यहाँ नियन्त्रण बाहिर गयो । Twitter का मान्ठा दाजुले १० बजे नयाँ update आउँछ अनि सुतम्ला भनेर एउटा नयाँ उपक्रम चलाएका थिए ।
मान्ठा दाजुले मौरीको घारामा जाँदा लाउने जालो जस्तोलाई अड्को फड्को तेलको धुप शैलीमा PPE बनाएका थिए । नेपालमा PPE पनि अपर्याप्त थियो । त्यो बेला अहिलेको जस्तो स्थिति थिएन । कोरोनाले थिलो थिलो पार्छ भन्ने थियो ।
जाडो लागे पछि कोरोनाको form नि हरायो । अब हेरम गर्मिमा के हुन्छ ।
आज feb १७ २०२१ मा भारतको महारास्ट्रमा covid ले आफ्नो मौलिकता धेरै पछि देखायो भन्ने पढें । अब त्यो चीसो पचाउन सक्ने भोटो लगाएको नयाँ कोभिड को कि पुरानै virus गर्मिले रंकिएर जागेको हो त्यो समयले बोल्छ । डा समिर दीक्षित जति बोले नि खासै मिलेन । आफै बैज्ञानिक हुँ भन्नु हुन्छ । बैज्ञानिक त अरुले भनिदिए पो स्वाद पस्छ ।
अब त फागुन लागेपछि भारतमा नि गर्मि लाग्न थाल्यो होला । मैले अहिले गतिला काला मोजा लाउन परेको छैन । अहिले पानी पिउँदा नि खासै चीसो हुन्न । तातो पानी थप्न पर्दैन । नेपालका सुन्तला बजारमा छैनन् नागपुरका हरिया सुन्तला र ति झल्लरि भारतका अलि ठुला सुन्तला जस्ता बिना स्वादका फलले खुब बजार पिटे । तिनी त छन् अझै ।
यो गर्मिमा नेपालमा कोविडले के गर्छ भन्ने ले निर्क्योल गर्छ नेपालमा vaccine कति चाहिन्छ भन्ने । अब भोटो लाएको कोविड माथि vaccine ले कति काम गर्छ थाहा छैन । Vaccine किन्ने कि नकिन्ने? पैसा मात्र खर्च हुने हो कि ? लुटको धन मामाको सराद्धे गर्ने खालका विभिन्न variant का समाजवादी नेता हुनुहुन्छ देशमा ।
ज्ञानेन्द्र शाहीले Vaccine के काम , कोरोना सोरोना नभएको बेला भन्नु हुन्छ। एउटा बिषय लागे पुरै column को बिषय नै थला पर्ने CA पढेका ज्ञानेन्द्र शाहीले अर्थशास्त्र बुझ्नु हुन्छ।
भैरव अर्यालले एउटा निबन्धमा पंचायती नेपालमा " दन्तकथामा आकासबाट फुलौरा बर्से जसरि नेताहरु बर्सन्छन् " भन्थे । नेताको बिगबिगी भएर । अहिले youtube ले गर्दा दन्तकथामा आकासबाट फुलौरा बर्से जसरि अभियन्ता बर्सेका छन् ।
पुण्य गौतम आफुलाई कोभिड लाग्यो कि लागेन भन्ने दोसाँधमा सधै रहे । गोधुलि संसार जस्तो । न यता न उता । शंकर लामिछानेको गोधुली संसार भन्ने निबन्ध संग्रह पढे भो कुनै वेब series हेर्न मन लागे । मलाई मान्छेले उचालेर game of thornes हेरेको याद भयो । घटनाले तान्ने । तर खासै बिषय पाइन । बरु youtube मा दिपक ज्ञवालीको पानी बिषयको अन्तर्वाता सुनिन्छ । वा siddhart mukherjee ले virus बिषयमा राम्रो बोल्छन्।
south अफ्रीका , बेलायत लगायत देशबाट नयाँ variant आएका छन् । केन्ट variant भन्ने त खतरनाक छ भनिन्छ । नेपालमा अन्दोलको माहोल छ । अर्को छ महिना यस्तै होला जस्तो छ ।
long कोभिड भन्ने पनि छ । त्यो के भन्दा । कोभिड लागेको छ महिना पछि पनि समस्या देखिने । कसैलाई भर्याङ्ग चढ्न गाह्रो हुने । कसैलाई हिंड्दा स्याँ स्याँ हुने । कसैलाई टाउको दुख्ने । सामान्य महसुस नहुने । यस्तो किन भयो भनेर अनुसन्धाता भनौं बैज्ञानिक भन्ने तीन किलोको शब्द प्रयोग नगरौं । मैले समिर दीक्षित सरलाई भुमि सुधार गरम भन्या मान्नु भएको छैन । long covid बारे एउटा theory के रहेछ भने covid भाइरसले mitochondria लाई बिगार्ने हुँदा यी समस्या देखिएको हुनसक्छन् भन्ने ।
कोभिडको बारे अनुप सुबेदीले आफु हाभी नहुने गरि राम्रो सूचना र ज्ञान प्रवाह गर्नु भयो । डा लुना भट्टलाई अलि पछि चिने । लुनाले राम्रो जवाफ दिनुहुन्छ । डा रामेश कोइरालाले twitter मा उफ्रेर आफ्नो मुटु मात्र स्वस्थ पार्नु हुन्छ। खास जवाफ दिनुहुन्न ।
अहिले आर्यघाटमा पहिले भन्दा धेरै ठाउँमा अग्निदाह भएको छ । मैले ध्यान दिएर हेरेको छु ।
spanish flu दोश्रो बर्ष भयाभय भएको थियो रे । स्पनिश flu ठुलो संख्यामा मानिस मारेको थियो । धेरै भन्ने स्थितिमा म अहिले पुरै तयारी अवस्थामा छैन ।
यो बर्ष कुनै खेल नभएकोले ज्ञानेन्द्र मल्लले आफ्नो कप्तानी जोगाउन सफल भएका छन् । यसलाई सकारात्मक वा नकारात्मक कसरी लिने ?
प्रणव मुखर्जी कोरोनाको कारणले बिते । अमित शाहलाई पनि कोरोना भयो । प्रणव मुखर्जीले राज त्रिभुवनले नेपाललाई नेहरुको हातमा बुझाउन खोजेका थिए भनेर आफ्नो किताबमा लेखेका रहेछन् । राजा त्रिभुवनले दारु खान्थे, नाच्थे, भारतमा जान्थे युवती खोज्दै तर देशलाई नै भारतलाई बुझाउन खोज्ने औतारी थिएनन् । मुखर्जी अलि टुंगो नभएका मानिस थिए । आफू मन्त्रि हुँदा अर्का मन्त्रिले मेरो कोठामा जासुसी गर्न hidden recorder राखेका छन् भनेर मिडिया बाजी गरे । पछि यिनलाई दाऊ लागेर रास्ट्रपति भए ।
यदि कोभिड नभएको भए सायद डोनाल्ड ट्रंपले यो चोटी चुनाव जित्थे कि । पासा पल्टी राख्ने तीनवटा राज्यमा डोनाल्डले चुनाव हारे । त्यसले उनलाई कक्रक्क पार्यो । डोनाल्ड ट्रंपले नराम्ररी हार्छन् भन्ने अनुमान थियो केहिको, त्यो भएन । Vaccine वालाहरु पनि चुनावको नतिजा टुक्रुक्क कुरेर बसेर देखियो । चुनावको नतिजा आयो Vaccine आयो ।
Vaccine मा यो चोटी mrna technology ले ठुलो सहयोग गरेछ । mrna प्रयोग गरेर निकालेको Vaccine नयाँ तरिका हो । पहिलेका Vaccine मा virus को प्रयोग हुन्थ्यो । mrna vaccine मा virus को mrna मात्र प्रयोग हुन्छ । यो technology नयाँ र उपक्षेत थियो भनिन्छ, तर अहिले यो वाचाल छ ।
नेपालका स्वास्थ्य मन्त्रलायका प्रवक्ता जसले covid को जानकारी दिन्थे, सुरुका डाक्टर भलाद्मी थिए । त्यसपछि केपी ओली खालका ढेडु शैलीका नयाँ प्रवक्ता ल्याइए । सायद उनलाई केपी ओलीले नै सरकारको बचाऊ गर्न पूट दिएका थिए ।
चुम्बनको लागि मुख वास्नादार हुन उपयुक्त हुन्छ । फेब १४ मा गुलाफको साथ-साथै अलैंची पनि आदान प्रदान गर्न आग्रह गर्दछु । अलैंचीको बास्ना प्यारो हुन्छ, अनि यो नेपालमा उद्पादन हुन्छ । प्रेमीहरुले नेपालको अर्थतन्त्रमा एउटा आँखा झिम्काइदिन आवस्यक छ ।
मायामा शरीर र भावना दुवै आउने हुनाले एउटा जटिल बिषय हो । प्रमाण पेश गर्न सकिन्छ । छरितो रुपमा राख्न सकिन्छ । चोलेन्द्र शमशेरले जस्तो लम्बाउने लाईन् छैन मेरो । feb १४ लाई नरुचाउने मानिस पनि छन् । असमहती, भनाभन, झगडा, विभिन्न खालका हात हालाहालको सम्झना भएर आउने । सम्झना पनि एउटा यथार्थ । समिर दीक्षित सर जस्तै राई is king अर्थात् राजेश पायल राईको गीतको एउटा लाईन् राख्छु।
" माया साँचै मोह रैछ, मोह रैछ, आफैलाई जोगी बनाएँ " ।
धेरै covid बिरामीलाई धेरै निजी अस्पतालले पैसा ठटाएर लाखौँ खर्च गराएर जोगी नबनाए पनि जोगीको सम्झना गरायो ।
सन्तोष पन्थले यो चाडमा " दुनिया हसिनोमा मेला, मेले मे ये दिल अकेला " भन्ने गीत गाए ।
long distance relation मा हुने हरु covid मैत्री देखिए । covid बारे प्रेमील सिर्जना भए होलान् "समाईजीक " संजालका चिठीहरुमा । त्यी साहित्य लोक र बजारको लागि नभएर समयको लागि ठिक समयमा खसाउने खोजिएका साहित्य हुन् । केहि राम्रा हुन्छन् केहि कमसल । त्यहाँ सम्म समालोक पुग्न सक्दैनन् । pornhub मा प्रस्तुति गर्न मिल्ने गरि प्रेममा प्रबिधि मिलाउन नखोज्नु । कसैले प्रयास गरे बिद्रोह गर्नु ।
सान्दाईले स्वस्थानी कथा भन्नु हुँदैछ। स्वस्थानी माघ सम्म मात्र भन्ने हो? एउटा जानकारी मलाई के भयो भने पार्वतीजीले बिद्रोही शैलीमा ध्यान गर्नु भएको रहेछ । १०० बर्ष सम्म । ठुलै बिद्रोह हो । त्यसपछि पुरुस देवताहरु लाईनमा आएका रहेछन् ।
प्रेमको बारे सकारात्माक र दोस्ती र सिर्जना र उमङ्ग र खुसि ब्यक्त भएको गीत पनि आवश्यक भयो । । शिव परियारको एउटा लाईन् राख्छु । "तिम्रो लायक कहाँ थें, तै पनि मन परायौ। "
सय बर्ष ध्यान पछि पार्वतीको छलफल लिङ्ग भएका देवतासंग हुने क्रममा उनीहरुले शिवलाई गंजेडी, फोहरी, लट्टे, बले, cockroach , मुन्द्रे भनेर गालि गर्दा पार्वती रिसाउनु हुन्छ । हुन पनि शिवले कसैको तोरी बारे फांडदिएका त थिएनन् नि ।
फेरी कोरोन बल्झियो भने १०० बर्ष ध्यान गर्न सम्भव नभए पनि दिनको ३ घण्टा गर्न सके self - isolation हुन्छ ।
मलाई चाहिं यो चोटी b117 ले गर्दा शिवरात्रिको तीन- चार दिन अधि रक्सि, आगो र जोगीको cocktail हेर्न नपाइएला जस्तो लागेको छ । एक जना जोगी गएको बर्ष देखेको थिएँ , गाँजा पिउंदै ढाड सिधा गरेर बन्द आँखा सहित ध्यान गरेको । दिनको छ सात घण्टा जति नै गर्ने । धेरै त झेप देखिए । गाँजा र दारु दुबै लगाएको छ ।
बलिया बांगा काठ पशुपति प्रशासनले दिएको छ/ खाना को सुबिधा छ । जोगी मस्त छन् । दिउसो फलफुल छ । हल्ला हुने । बाँदरहरु पनि वाचाल हुने ।
गाँजा तान्ने लाति भएका पनि बाबाजीसंग आग्रह पुर्व बोल्दथे । पैसा पनि पाइने हुँदा बाबाजीहरु गाँजा पनि बेचिदिने ।
अब फेरी कोभिड बल्झिए " I love you kp oli " को दारु, पैसा र मासु र पेट्रोलको उर्जाबाट संचालित प्रेम संकटमा पर्छ । भावना र लोकतान्त्रिक शरीर मिसिएको प्रेम योग्य हुन्छ।
उर्जाको कुरा गर्दा, नेपालमा loadshedding नभएर धेरै मानिस internet ले गर्दा self - isolation मा बसे । विदेशमा पनि यो भएको छ । loadshedding भएको भए, मानिसलाई कोभिड कालमा समाल्न सम्भव हुने थिएन।
नेपालमा इन्टरनेटको गतिमा जुन ठगि छ त्यसमा बाले पैसा नखाएर, अलि कम खोक्दै कारबाइ गरे युवाहरु I love you केपी ओली भन्दै tiktok मा आउंछन् । पत्रकार रवि लामीछाने प्रेमीको संख्या घट्न सक्छ ।
नेपालमा प्रधानमन्त्रीको खेल सुरु भयो । कोरोनाले आफ्नो खेल खेल्दै छ । अब दुई खेल कता कता जाने हो , कुर्ने पर्ने भो । "समयले मानिसले कहाँ कहाँ पुर्याँउँछ " भन्थे / हो रहेछ ।
नवराज पराजुलेको " एक्लै " भन्ने गीतले पनि यो बर्षको कोभिड पुरस्कार पाउन आवस्यक छ । यिनका पहिलेका गीतका शब्द ठिक लागेपनि पनि अलि रुन्चे पाराका लाग्थे । यो गीतमा त्यो छैन । अनि राम्रो धुन हालेर बनाएकोले यो अर्कै सुन्दर भएको छ । एक्लै भन्ने गीतले पनि self isolation हुन बाटो र विचार दिएको छ।
mutation पनि रोचक हुने रहेछ । धेरै mutation भै राख्ने रहेछन् virus मा । समिर दीक्षित दाजुका तर्क जस्तै । धेरै mutation खास अर्थ पूर्ण नहुने रहेछन् । virus लाई बलियो वा कमजोर नबनाउने हुनेले । जुन mutation ले virus लाई बलियो वा कमजोर बनाउँछ त्यसलाई बैज्ञानिक ढुकेर बस्ने रहेछन् ।
Comments
Post a Comment