प्रेम
प्रेमको बिषयमा लेख्न आरम्भ गर्दा बिद्यालय स्तरको निबन्ध हुने खतरा रहन्छ । त्यसैले त चुनौती लिन मन भएर आउँछ । अन्जन भण्डारीदाजु अर्को हप्ता मार्दी जाँदै हुनुहुन्छ भन्ने अपुष्ट खबर फेला पारेको छु, चुनौतीको तरङ्गले उहाँलाई प्रसारण गर्दै छ ।
युवाहरु लभ पर्यो शैलीमा सार्वजनिक स्थलमा सलबलाएको हेर्नु एउटा स्वादको बिषय हो । पछि कति जोडीहरुको प्रेमको अन्त्य बोलीको चिच्चाहाटमा पुगेर पनि टुङ्गिञ्छ।
प्रेमको मूलको श्रोत मलाई मानिसको व्यक्तित्व नै लाग्छ । तँ, तँ , म ,म । तैंले मैलेको मान्न पर्छ भन्ने दुवै तर्फ़बाट भयो भने प्रेम खेलकुद जस्तो बन्छ । अनि दोष दिने, आँखा तर्ने , रिसको सिर्जना गर्ने दिशा लिन्छ ।
मलाई लजालु किसिमका, एउटा रमाइलो गरेपछि घन्टौं आनन्द लिने, यस किसिमको कलेवर प्रसारण गर्दै हिंडेन् जोडी मनपर्छ ।
कालो चस्माबाट सुरु भएर , नेपालीमा बोल्दा पनि फ्रेन्च जिब्रो घुमाएर अन्तर्वार्तामा आधुनिक मन जित्न प्रयास गर्ने किसिमका जोडीको बोली चाली, हाउभाउ नयाँ जोगीको शैली लाग्छ । अनि फोनमा एक अर्काको सामाजिक संजालको खाता अनुसन्धान सुरु हुन समय लाग्दैन । अझ कोहि त् छलांग लगाएर एक अर्काको सामाजिक खाताहरु चलाउँछन् । यसरी "हामी प्रेममा छौँ " को भाव पवनमा प्रस्तुति गर्दै एउटा द्रिस्य निर्माण गरेर हिड्ने जोडी अधकल्चा "अनुसन्धान अधिकृत " बन्न खास समय लाग्दैन।
प्रेममा चुम्बन मात्रा कम गरेर, ध्वनी र शुन्यता मिसाएर लामो छलफलको शैलीमा समय सिर्जना गर्न सक्ने जोडीहरु पुराना असल जोगी जस्तो सफल हुन्छ भन्ने मेरो आंकलन छ ।
नम्रता श्रेष्ठलाई सम्झन पर्ने भो । पासाण युगको नम्रता श्रेष्ठ भोगीले उक्त दृश्य लिएर जुन झिल्के स्वभाव देखाए र आफ्नो क्यामरालाई नरिवलको जस्तो दुरुपयोग गरे त्यति सम्म त बाँदरले नि गर्दैनन् । बाँदरहरुलाई अरुका दृश्य रुचि हुन्न । उनिहरु आफै दृश्य निर्माण गर्छन् ।
प्रविधिको समयमा प्रेम र बिषको दुरी खास लामो हुन्न ।
मैले केहि समय देखि हेर्दै आएको नम्रता श्रेष्ठका अन्तर्वार्ताबाट म के टुंगोमा पुगेको छु भने आजको समयमा उनको ब्यक्तित्वो माथिल्लो स्तरमा विचरण गर्दो रहेछ / वर्षा राउतजीको अन्तर्वार्ता सुन्दा मलाई तीन दिन अनवरत टाउको दुखेको छ । ढाँटन् हुन्न ।
Comments
Post a Comment