नयाँ रातो बलले खेल्दाको अनुभव

 indoor क्रिकेट खेल्न  आज गएर केटाकेटी पिटेर आउन पर्यो भनेर लागियो । सिनामंगलको एउटा चल्ने सेकुवा पसल पुगे पछि सस्तो र भरपर्दो हुने बफ सेकुवा खाने निर्णय पहिले नै भै सकेको थियो। नचल्ने सेकुवा पसलमा बलेको कोइलाको थुप्रो कम हुँने हुँदा सेकुवा पर्याप्त  सेकिन्न । अनि स्वाद आउन्न।  एक चोटी पेप्सीकोलामा त्यस्तोमा परेको सम्झना ताजा छ ।   सिनामंगल पुगियो, सेकुवा खाइयो, सिधा कुरा यहि हो । सेकुवाको दालमोठ स्तरहीन  हुने प्राय जता पनि । भुजा , अदुवा , अचार योग्य थिए ।  spright नखाएको धेरै भएकोले nostalgia को लागि एउटा  खाइयो।  आफुले बाहिरको भनें, चिसो टेस पर्थ्यो/ रुघा लाग्ला भनेर कामचलाउ तातो खाइयो । 

कागती जत्रो रातो बलले खेल्न परे खल्लो हुन्छ भन्ने  थियो । त्यो बल नउफ्रने धेरै अनि शट खेल्न नमिल्ने । पहिलेको सेतो बल ठिक थियो ब्याटिंग गर्न । पुगेपछि सोधें । "तपाईंहरुको लागि यो छ नयाँ रातो बल " भन्दै नवयुवकले निकाले दुइवटा सुन्तला मिलेर बनेको जस्तो बल । अचेलका साना सुन्तला।   । लाग्यो पहिलेको बल नै हो रातो रंगको  । तर त्यो होइन रहेछ पछि खुल्यो । 

टस जितेर ब्याटिंग गर्दा सन्दिप बिट हुन थालेपछि बल स्विंग भएको पहिलो झस्का लाग्यो । प्राय अलि हालुका बल स्विंग हुन्छन्। यो त मलाई ठुलै लाग्या थियो । पछि सोच्दा सेतो बलको seam मा जोडिएको ठाउँ सम्मो थियो, यसको अलि डांडा जस्तो सम्झना भयो/  त्यो डाँडोजस्तोले स्विंग गराउन सहयोग पुर्याएको हुनपर्छ । अस्ट्रेलिया series मा starc र cumming ले नयाँ बलले स्विंग गराउन नसकेपछि म पुरानो लाइन छोपेर स्विंग बारे सोच्दै थिएँ।  केहि तर्क आउंदै थिए । 

खेल सुरु हुन भन्दा अगाडी यस्तै बिषयमा कुरा हुँदा सन्दिपले "अस्ति सचिन सापकोटा दाजुले स्विंग गराएर उधुम गर्नु भो " भन्दै थियो । मैले हत्तपत रोक्दै "starc र cumming ले नयाँ बलले स्विंग गराउन नसकेर आफुले बाजीमा पैसा हारियो " अब गराए सचिन सापकोटाले स्विंग " भन्दै बोलि फूटाएं । एक सत्र छलफल चल्यो । 

आफ्नो ब्याटिंग आएन पहिले इनिंगमा । अब फेरी आउँदा १२ बल मात्र खेल्छु त्यस पछि retired  out  हुन्छु भनेर ओपेनिङ्ग जाने हो पहिलो इन्निंगमा  । हाम्रो टिमको चौथो कप्तान  बिबेकले ब्याट छोपेर कुदेर पहिलो इन्निंगमा पनि  ब्याटिंग पाए । म जुन form मा थिएँ ७० (३५ ) , ४५ (२० ) रन हानेर , अजिंके रहाने भएको भए बिबेक भन्दा मलाई अगाडी पठाउँथे । खल्लो त दोश्रो इन्निंगमा रन out भएपछि भयो । गल्ति मेरै थियो ।

ब्याटिंगमा पहिलो इन्निंगमा  ८६ जति बन्यो । अनि पालो आयो बलिङ्गको  ।  

पहिलो ओवर सन्तोष ज्ञवालीले गरे, सात सालमा जस्तो शर्ट फाले, पुरानो समस्या।  indoor को नियम अनुसार सबै no ball । दोश्रो ओवर मैले फालें । मैले त्यो दिन चार ओवर फालें । तीन ओवर योग्य भए । एक ओवर एकदम बिग्रियो । भन्छु । 

 अस्ति starc र cummings ले नयाँ बलले स्विंग गराउन नसकोले मसंग केहि तर्क उठेका थिए।  पुराना सोचलाइ फेरी  अद्ध्ययन गरेको थिएँ।  बल स्विंग गराउने दुई शैली छन् जस्तो लाग्छ । स्विंग गराउन खोज्दा against the instinct bowling  गर्नपर्छ जस्तो लाग्छ।  त्यसैले swing धेरैले गर्न सक्दैनन्। एउटा तरिकाले स्विंग गराउन खोज्दा गति कम हुन्छ । बलरलाई त्यो अलि मन पर्दै।  धेरै फास्ट फाल्न खोज्दा स्विंग बन्द हुन्छ किनकि wrist प्रयोग हुन्न ।  बल हुत्ताउने मात्र काम हुन्छ।  पहिलो ओवर गर्दा मेरो योजना in swing को लागि wrist  प्रयोग गर्ने   थियो  ।

पुर्व  राम्रो  ब्याटरलाई bold गरियो  । बलले नि  सहयोग  गर्यो।  दोश्रो ओवर, अन्तिम तिर  गरें . त्यसमा नि विकेट आएको छ । wrist ( नाडी )  को प्रयोग गर्न खोज्दा गति कम भयो । मैले गति बढाइन।  श्री इश्वर काफ्ले मार्दी पुग्दा  ठुलो योजनामा भए जस्तो म पनि आफ्नो योजनामा थिएँ ।  

दोश्रो inning ब्याटिंग गर्ने पालो आयो । म र highway जी ओपेनिङ्ग गयौं।  पहिलो बल beat भएँ । बल हल्का स्विंग भयो।  एउटा चौका हाने । ५ बल जति खेलेर रन out भएँ । पछि पुरस्कृत सरले कुटेर रन बन्यो  । दुई वटा क्याच छोडे । पानी पर्यो । चिसो हावा चलेर अलि जाडो भयो । ११० जतिको टार्गेट भयो । 

अन्तिम इन्निंगमा बलिङ्ग गर्न गयौं।  पुर्व राम्रो ब्याटरले कुटे । मेरो leg र off दुवै तिर गरेर ५ wide गयो । स्विंग कन्ट्रोल भएन। एउटा छक्का पनि खाएँ र ओवर बिग्रियो ।  अनि ओवर सक्न  सबै बल out swing को wrist प्रयोग गरेर फालें ।  सन्तोष ज्ञवालीले र सन्दिपले स्थीति नियन्त्रण गर्लान भन्या,  दुवैले नि कुटाई भेटे । एउटा run out ले गर्दा ग्याममा फर्कियो । मेरो  दोश्रो ओवर ठिक भयो । सबै बल out swing फाल्ने प्रयास गरें ।  अन्तिममा ग्याम थोरै रन नपुगेर हारियो।


फर्किने बेला  बाटोमा पशुपति परेकोले "पशुपति भेला " गर्नेमा सहमति भयो । पशुपति भेलाले बैज्ञानिक स्कोरिंग पद्दतिको आवस्यकता भएको  निष्कर्ष निकाल्यो । हामीले ब्याटिंग गर्दा, फिल्डिंग टिमले हामीले जस्तै रन गन्ने  । हामीले fielding गर्दा रन गन्न सकेका छैनौँ । 


पशुपति पुग्दा पारिका चन्द्रागिरि आसपासका  डांडा वरिपरि लाल रंग अवस्थित थियो । प्रकाश एकदम मिलेको  । आर्यघाट b117   भाइरसको पर्खाइमा थियो । राम मन्दिर दारु पिउने र आगो बाल्ने शिव रात्रिका जोगीको   पर्खाइमा हुनुहुन्थ्यो । आरतिको समयको सामाजिक संजालिकरण भएको देखियो ।  हेर्ने भन्दा खिच्नेको भिड धेरै  । हेर्ने नि थिए । सन्दिप ज्ञवाली र सन्तोष ज्ञवाली पसे । पछि tweeter  मा उत्पादन आयो ।  


फर्कंदा हावा चिसो थियो ।  धेरै पहिले बाइकबाट टाउकोको  क्याप उडाएकोले यो चोटी क्याप हातमा लिएर  जकेटको टोपी लगाएँ।  



  

 







 

Comments

Popular posts from this blog

केपी ओली

Reading Harari's sapiens with method of adaptation

सन्जम रेग्मी उवाच ।