कथा

 एउटा परिवार छ । जम्मा चार जनाको । दुइ बच्चा छन् । श्रीमान १ श्रीमति १ । शनिबारको दिन घुम्न जाने योजना छ । गोदावरी । शनिबार बिहान सात बजेको छ/ समय र आयुष्मा यताउता गर्दै छन् , कुद्दै छन् , खेल्दै छन् । फाल्गुन महिनाको न्यानो छ । 


समयले रातो  रंगको ज्याकेट लगाएको छ/  बिहानमा त अलि अलि चिसो चल्छ । देउसो गर्मि रन्किए पनि साँझमा फेरी अलि चिसो हुन्छ । आयुस्मा कालो ज्याकेट लगाएर कुद्दै छे । " दादा गोदावरी जान एक  घण्टा छ , " आफ्नो नयाँ घडीमा नजर लगाएर भन्छे । नयाँ घडीको उमङ्गले होला उसलाई घडी हेरेर समय भन्ने बानी परेको छ । 


समयको पनि आफ्नो घडी छ । रातो । manchester   united  भन्ने club छ भन्ने दुवैलाई  थाहा  छैन   । समय  सात वर्ष  भए  आयुष्मा   आठ ।


बाहिर घाम लागेको छ । कहिले काहीं विदेशबाट बादल आयो भने अलि चिसो चिसो नि हुन्छ । यो समय जाडो महिनाको पानी पर्ने समय हो । 


यिनीहरु अलि साना साना छन् । घर र भाडामा झुकिन्छन् । तल्लो तालामा बस्छन् । कहिले काहीं छतमा जाने भनेर हैरान पारे भने मम्माले  बस्ने भनेको के हो भनेपछि    केही मिनेट भावुक हुन्छन् । 


घर दुई तले छ ।   


" म त मेरो  झोला नि लिएर जान्छु " भन्दै आयुष्मा आफ्नो झोला खोतल्न थाल्छे । समयले त्यो सुनेर " आयुष्मा तिमीले आफ्नो बुक्स नि लान्छौ?" भन्दै  उस तर्फ़ हेर्छ । टिभीमा कार्टून चल्दै छ ।



 समयमा आँखा फेरी कार्टूनमा पुग्छन् । " दादा हजुरको कुन कुन किताब राख्दिने हो " आयुष्माले सोध्छे।  " एक दुईवोटा राख्देउ न मेरो ब्यागबाट निकालेर " समय टाउको फर्काउने स्थितिमा थिएन । कार्टूनमा डुबेको थियो ।



पापा ल्वांग- सुकमेल मुखमा चपाउँदै कोठामा आउनु हुन्छ । दुवैजनालाई हेर्नु हुन्छ । दुवैले पापालाई हेर्दैनन् । पापाको नाम बिनोद । मम्माको सरिता । 



पापाले ल्वांगमा   antioxidant धेरै हुन्छ भन्ने तर्क भन्दा पनि बासना र बानीले गर्दा ल्यांग सेवन गर्नु हुन्थ्यो 


to be continued 


  




 

Comments

Popular posts from this blog

केपी ओली

Reading Harari's sapiens with method of adaptation

सन्जम रेग्मी उवाच ।