नेपाली क्रिकेटलाई के गर्न पर्छ ?

  पहिले लिखित माग राख्न पर्छ । भए भरिका कुरा राखेर बिनोद पाण्डेका कथा जस्तो भावुक बनाउन हुन्न । समाधानको दृस्टीले छरिता ५/६ वटा माग राख्न पर्छ । 


अहिले पैसा छैन । icc ले   दिएका छैनन् । अब नेपाल सरकारले दिन पर्यो । board लाई होइन । board मा २० जना बाँदर प्रवृतिका मानिस छन् । ५ जनाको छरितो टिमलाई प्रधानमन्त्रीले  एक बर्षको लागि ग्याम र advanced training भनेर पांच करोड दिन पर्यो । यो  ठुलो रकम होइन । यति पनि गर्न सकेका छैनन् । एउटा गतिलो बलिङ्ग मेसिन किन्न सकेका छैनन् । मेरो लिखित माग यत्त्ति हो । यो भन्दा बढी उपन्यास लेखेर म गन्जागोल पार्न हुन्न भन्नेमा छु  । अहिले केपी ओली तातेको बेला पैसा नी देलान । पांच जनाको टिममा एउटा सरकारी accountant , एउटा team leader , तीन जना क्रिकेट बुझेका योग्य मानिस ।  


मेरो लेखित माग सकियो । 


खेलाडीले मेडियामा भावुकता पेश गर्न भन्दा समाधानको उपाय दिन पर्छ । twitter मा म आफै धेरै block मा परे पनि यति सम्म भन्न सक्छु । 


महिला क्रिकेटलाई पनि यहि बन्जाडेको तेस्रो नियम लागु हुन्छ । हुँदा हुँदा  थाईल्याण्डसंग नी हार्ने रहेछन् ।थाइलेडंले महिला क्रिकेटमा पैसाको राम्रो लगानी गरेको रहेछ ।  भर्खर पाकिस्तान, र nz को जस्तो लाग्छ ,  एउटा series मा ध्यान लगाएको थिएँ।   पाकिस्तानको महिला टोलिको हालत नी नेपाली मौलिकता झल्काउने किसिमको रहेछ । धेरै ग्याम हारे । मैले कुरा बुझें । समस्या अन्त पनि छन् । 


नेपालले u -१९ खेलमा एउटा खेलाडीलाई तीन चोटी  विश्वकप खेलाएर २५ बर्ष   उमेर पुर्याएर टेस्ट टिमलाई हराएर देशलाई खुसी पार्न जानेको  छ । अब त्यसरी हुन्न । भिनाजु, ज्ञानु , सागर , खकुरेल, मण्डलले dot बल र स्खलित strike rate मा ब्याटिंग गरेर १० बर्ष बिताए ।  नयाँ जोगी पवन र अनिल शाहले हान्ने भनेको १० रन हो । तिश्नुजीले बक्तब्य निकालेनन् उनको  ब्याटिंग कसरी सुध्रियो भन्ने बिषयमा । देश प्रतिक्ष्यामा छ ।


एउटा नक्कली विश्वकप खेलेकोले बिनोद पाण्डेका कविता खुब फुरेका थिए । bangladesh  र west  Indies  भएको tournament लाई मात्र नी के विश्वकप भन्नु । अस्ट्रेलिया , भारत, New zealand  भएको tournament पो विश्वकप । ICC ले पनि पैसा मात्र दिने प्रतियोगिता नगराउने  खल्लो, कुपोषित नीति लिएको छ । प्रतियोगिता नगराई कसरी क्रिकेट बिकाश हुन्छ ? 


सन्दिप psl मा पिटाइ खान पाकिस्तान पुगेका छन् । UAE मा स्पिन्नरलाई सजिलो हो । अब पाकिस्तानको flat विकेटमा tu र feroza kotla  र uae  मा जता फाले पनि राम्रो देखि बल जान्न । इत्ति बिगीर्यो भने boundary । बलरलाई असफल बनाउने boundary ले हो । सर्जील खानले चार छक्का हाने एक ओवरमा सद्दाब खानलाई । मलाई सन्दिप लामीछानेको कुरा र शैली मन पर्ने हुनाले उनले अब नेपालको ब्याटिंग सुधार्न केहि "महा एक्शन " पाकिस्तानबाट फर्केपछि  लेलान कि । अरुका कुरा त्यहि धिसिपिटि र बासि हुन् । समाधानको लागि के गर्ने ?  


एक बर्षमा पाँच करोड दिन पर्यो प्रधान मन्त्रीले पांच जनाले खर्च गर्ने गरि । खेलकुद मन्त्रीले गर्दैनन् । अर्को चुनाव जित्न पैसा पनि खर्च गर्न पर्छ । हारे पनि पैसा खर्च हुन्छ । खेलकुद मन्त्रीलाई काम गर्न दिन पर्ने हुन्छ । प्रधानमन्त्रीसंग लिखित माग लिएर गएर पैसा झारम । हिजो indoor  खेलेको २१० खर्च भयो । 

   



Comments

Popular posts from this blog

केपी ओली

Reading Harari's sapiens with method of adaptation

सन्जम रेग्मी उवाच ।