बिश्ने देखि तिश्नुजीसम्म

 तिश्नुजीसंग पहिलो भेट हुँदा सन्तोषले " ए बिस्ने"  भनेको सुन्दा मेरो ध्यान खिचिएको थियो  / आफु भन्दा अलि ठुलालाइ " ए बिस्ने" भन्ने जुन मौलिकता छ त्यसलाई सन्दिप ज्ञवालीले नि लागु गरेका रहेछन / सन्दिपलाइ फेरी " ए संदिपे " भनिने / मैले " संदिपेजी " थपेर एउटा तर्कको सुरु गरेपछि मनोहरामा  धेरै पानी बग्ने प्रयास भएको  छ / यो "बिश्ने " र "संदिपे " को स्कुलिंग  नारायण स्कुलिंग हो / नारायण पापा सन्तोष र सन्दिपका पिताजी हुनुहुन्छ /

तिश्नुजीलाइ मैले पहिलो पटक भेटदा उहाँ पुतलीसडकबाट आउनुभएको थियो / उहाँको ब्याटिंगमा खासै केहि नपाएपछि र एउटा मौलिकतामात्र देखेपछि मैले दाजु भाइले खेलाडी भन्दा पुतली सडकबाट कोच ल्याएछन् भनेर बोलेको थिएँ / तिश्नुजीलाइ त्यो समय  पुतलीसडकको कोच भनिन्थ्यो /  

कुनै अनुक मुखबाट "बिश्ने" भनेर  घंकिंदा म झस्किए जस्तो तिश्नुजी CA विद्यार्थी  हुनुहुन्छ भनेर सुन्दा म केहि बोलेको थिएँ /  खासमा कुनै  खास राग र प्रेम रसका बिद्वार्थी जस्ता हुन्थे तिश्नुजीका कुरा / लेखा र अर्थशास्त्रका तर्कको एक गेडो पनि तिश्नुजीले सिर्जना गरेको सुनेको थिइन / 

म पहिले दुब्लो थिएँ, मोटाउन दिल्लीका सस्ता केरा अनवरत खाएकोले मेरो पेट उठेको हो भन्न्थे तिश्नुजी / अहिलेका ज्ञानेन्द्र शाही नि मोटै छन्, उनले कुन  परिक्षण गरेर मोटाए उनै जानुन / तर ज्ञानेन्द्र शाहीले आफ्नो कसरी 'ब्याक लाग्यो ' भनेर सिद्धान्त खोल्दा मैले तिश्नुलाइ सम्झेको थिएँ / भारतमा बिषयलाइ panel  बनाएको हुने रहेछ / कुनै एउटा बिषय लाग्दा पुरै panel लागेको मानिने रहेछ / 

to be continued 

Comments

Popular posts from this blog

केपी ओली

Reading Harari's sapiens with method of adaptation

सन्जम रेग्मी उवाच ।