काला मोजा र डा सुधाम्शु केसी

 मैले धेरै  मेंशन गरेर हैरान कटाएपछि  एक बर्ष भन्दा बढी सहेर Dr सुदाम्शु केसीले मलाई ब्लक गर्नु भयो / मलाई आज पनि सुधाम्शुजीलाई हैरान पारेकोमा गौरव लाग्छ / डा केसीको स्वभाव कस्तो भने यस्ता बिरामी आए, यसो भने उसो भने भनेर बिरामीलाई उडाएर बस्ने / उहाँले एउटा रमाइलो काम नि गर्नु भएको रहेछ / " कृपया जुत्ता नखोल्नु होला " भनेर आफुले बिरामीलाई जाँच्ने र हप्काउने कोठाको  भित्तामा टाँसेर / गनाउने मोजा आतंक बिषयमा मेरो डा केसीसंग सहमति छ / 


बरु नेपाली सेनाका पुराना SLR  बन्दुक  पडकिन्नन  खासै, जाम हुन्छन/  कसैले तेर्साए पनि " जाम हुन सक्छ " भनेर आश हुनसक्छ, तर नेपालमा मानिसले जुत्ता खोले पछि फरक पर्दैन / 


मोजाको गन्ध बिस्फोट हुन्छ / डा केसीले यो ज्ञान खोलिदिए पछि मैले ६ जोर नयाँ सेता रंगका मोजा किनेर ल्याएर एउटा नया अध्यायको श्री गणेश गरें/ मलाई पूर्ण सेता रंगका मोजा लगाउन ठुलो रहर थियो / तर यस्तो किन भएको  होला भनेर यो विचारलाई थप बिस्तार नगरेकोले   मोजा किन्ने बेला सेता मोजा बिर्सने रहेछु  / सफलता साथ ६ जोर सेता मोजा किनेर ल्याएपछि एउटा सन्तुस्टीको  स्थीति रहयो / 

सेता मोजाको समस्या के हुँदो  रहेछ भने , १ दुइ महिना पछि त्यी मोजाको रंग उड्ने रहेछ, अनि जति धोए पनि शुद्ध सेतो नहुनी / यो रंग उड्ने समस्याले मलाई ठुलो धक्का पर्यो /

सेतो रंग उड्ने कारणले गर्दा  मैले काला मोजा किन्न निर्णय गरे / काल रंगका  मोजामा  मैले अलि ध्यान दिएँ / नयाँ मोजामा नि एक किसिमको गन्ध आउने / पछि मेरो चक्षु खुलेर के बुझें भने यो रंगको गन्ध रहेछ / औसत मोजामा  यो ठुलो समय हुने रहेछ / मोजामा मात्र नभएर यो कपडा पनि लागु हुन्छ / प्राय पसलमा धेरै मुनाफाको लागि यस्ता औसत मोजा बेच्ने रहेछन / 



अनि मैले  शपिंग मलमा  आफुले छानेर मोजा र कपडा किन्न निर्णय गरें / किचकिचे साहुजीबाट मुक्त  हुन आवश्यक रहयो / 

एक दिन भाटभटेनी गएको बेला कार्ल marx  लाइ सम्झंदै काला  मोजा किने / तीन सय परेन, दुइ सय भन्दा माथि पर्यो, लोभी छैन, सम्झना भएन / मैले मोजा विलासिताको लागि  भन्दा आवस्क्यताको लागि लगाउँछु / मोजा फाटेको पहिलो चोटी थाहा पाए पछि मात्र फाल्ने गरेको छु / चेतना भया / प्रिथिवी  नारायण शाहको दिब्य उपदेश खोइ कसको घरमा फेला परेको थियो / कसैले पछि लेखेको हो कि भन्नेमा पनि छलफल छ / अक्षर परिक्षण  गर्न मिल्ला कि ? डा सुधाम्शुले उठाएको मोजाको बिषयमा विवाद गर्न आवश्यक छैन /

 म यहि मंचबाट सबैलाई आहवान गर्न चाहन्छु कि सबैले "एक दिन एक मोजा सिद्धान्त " लागु गरेर मोजाको विस्फोटक गन्धबाट देशलाइ जोगाउनु पर्नेछ / जुत्ता नि हप्ताको एक दिन सामान्य साबुन लाएर  धुन आवस्यक छ / डा सुधाम्शुले  पक्कै यसो गरेर नैतिक बल आर्जन गर्नु भएको छ / 


Comments

Popular posts from this blog

केपी ओली

Reading Harari's sapiens with method of adaptation

सन्जम रेग्मी उवाच ।