रामेश र सुर्यराज

 बिहानको सात बजेको छ । सुर्यराज बिहान हिंडाईमा निस्कनु भएको छ । 


रामेश राती १२ बजे सम्म twitter मा थपडी बजाएर बस्नु हुन्छ । रातिको जागारामले बिहान रामेश लामो निद्रामा हुनुहुन्छ । रामेशको कोठाको झ्याल सामान्य आकारको छ ।


 सुर्यराजको कोठाको झ्याल अलि फराकिलो छ , लामो दृश्य देखिने किसिमको ।


 रामेशको खाट माथि बिजुली बस सम्बधी किताब छ । अलि पुरानो भएको छ । झ्यालको छेऊमा एउटा टेबल छ , टेबलमा कापी छन् अलि धेरै । उहाँको चस्मा पनि आराम गर्दै छ । 


सुर्यराज बाटोमा हिंडदै हुनुहुन्छ, पशुपति परिसरमा । भर्याङ्ग छ । पुरै उकालो । रामेशले उत्तरबाट धेरै उकालो हुने हुँदा सस्तोमा रेल आउन्न भन्नु भएको छ । अहिले सुर्यराजले त्यो बिर्सनु भएको । सुर्यराजले लगाएका जुत्ता सस्ता नै छन् । पहिले पनि यो उकालो कटाएका छन् यी जुत्ताले । 


रामेश सिरक तान्दै हुनुहुन्छ । आज शनिबार । 


सुर्यराज पशुपतिको डांडामा पुग्नु भएको छ । एउटा विजय भाव छ । थकाई भाव पनि । कसरत भाव पनि । धेरै रसले संचारित जस्तो देखिनु भएको छ । 


पशुपतिका प्राचिन रुखहरु मंसिरको चिसो पचाएर घामको ग्रहण गर्दै छन् । एउटा मेचमा  सुर्यराज नि अवस्थित हुनुहुन्छ । एउटा बाँदर कुदेर एउटा दिशा लिन्छ । रेल कुदे जस्तो । सुर्यराजजीको रेल कति बजे कुद्छ खोई ? तर  घामका पाहिला  उपन्यासमा रेल चार बजे कुदेर धेरैको निद्रा बिगारेको छ /


रामेशको हालत के हुने होला काठमाडौँमा  बिहान चार बजे रेल कुद्न थाल्यो भने । घामका पाहिला उपन्यासमा रेल कुद्ने बिरगंजमा हो ।  


रामेश उठ्नु हुन्छ । बिहानको नौ बजेको छ ।  आफ्नो काँटीबाट एउटा उर्जा निकालेर खाटबाट निकालेर टेबल पुगेर चस्मा लगाउनु हुन्छ । पहिलो हतियारले सुसज्जित । 



सुर्यराजजीका खराब समय रामेशले बिहानमा लगाएको चस्मा बाट सुरु हुन्छ । रामेशले राति रक्शि लगाउनु हुन्छ कि हुन्न मलाई थाहा छैन ।


रामेश छतमा पुग्नु भएको छ । हातमा चिया लिएर । चिया छ तर दुधवाला हो कि होइन मलाई थाहा छैन, चिनीको त मलाई थाहा हुने कुरा भएन । रामेश बानेश्वरको आकाश मन्तिर हुनुहुन्छ । 


मंसिरको आकाश निलो छ । हुन्छ । बादल शुन्य आकास । सुर्यराज जमिन तिर हेर्दै हुनुहुन्छ । रामेशले twitter हेर्दै हुनुहुन्छ । मुसुमुसु हाँस्दै हुनुहुन्छ । चिया चल्दै छ । अहिले कसैले रेलको कुरा गर्या छैन ।  


सुर्यराज वरीपरि हेर्दै हुनुहुन्छ । बाँदर कुदेको देख्दै हुनुहुन्छ । अहिले देशको प्रधानमन्त्री केपी ओली हुनुहुन्छ।  के पी ओलीले सुर्य राजलाई मुसुक्क हाँस्दै  खल्तीको चिर्कटोको नाम " सुर्यराज आचार्य" लाई मन्त्री बनाउनु भएन ।

 

रामेशको चिया सकियो । धन्न क्षितिजमा रेल देख्नु भएन । मुख मिठ्याँउँदै तल आफ्नो कोठामा झर्नु हुन्छ । 


रामेशले ट्यांकीमा प्रसस्थ ट्यांकरको पानी किनेर राख्नु भएको छ । रामेश  एउटा तयारीको पन्तुरो लिएर बाथरुम पस्नुहुन्छ।  बढेमानको रातो रुमाल छ  बाथरूममा  । चार तारे झन्डाको  रंग नि रातो, कमिनिस्ट रङ नि ।



 रेल कुरा अर्कै हो धारामा पानी हुनुपर्छ भन्ने मनको कुनै कुनामा स्थापित विचारलाई पानि  नुहाउन लिएर जानु हुन्छ । 



सुर्यराजले घर पुगेर नुहाई सक्नु भयो । सुर्यराज चिया खाँदै हुनुहुन्छ । कस्तो चिया खानुहुन्छ twitter मा लेख्नु हुन्छ होला ।  


सुर्यराजको mobile  बज्छ । हेर्नु हुन्छ । सुजित महतको रहेछ । उठाउनु हुन्छ । " दाई नमस्कार " बाट सुजितले आफ्नो फिल्मी ब्यक्तित्वलाई ध्वनी दिनुहुन्छ । आफ्नो तल्लो सुरको आवाज लिएर " अँ सुजितजी भन्नुस " भन्दै सूर्यराजजी एउटा लय बनाउन थाल्नु हुन्छ । " हजुर दाई, पत्रिकामा एउटा पूर्वाधार बिषयमा बहस उठाउन पर्यो, दाईले बहसको बिगुल फुक्न पर्यो " सुजित छलफललाई एउटा आकार दिन्छन् । " हुन्छ आनुसन् म कोठामा नै छु, बसेर बहस तताम्ला, " सुर्यराजजीमा आज छलफल चलाउने राग जागृत भए जस्तो छ । सुजित पानि बस्ने भन्ने कि हिंडेन् ? गौशालामा नै हो । सुजितको हिंडाई अनवरत रहन्छ ।  


पन्ध्र मिनेट हिंडेर एउटा नियात्रा लिएर सुजित सुर्यराजजीको पुग्छन् । 


"तपाईंको हिंडाईलाई मान्छु म त सुजितजी, " रेलको कुरा गर्ने सूर्यराजलाई हिंडाई नि मनपर्छ । रामेशलाई नि हिंडाई मनपर्छ । " हिंडन् अच्छा हुन्छ तर बाइकको धुँवाले हल्का हैरान पार्छन् , " नरिसाएको बेला सुजित यसरी मुश्काउँछन् । सुर्यराजलाई नि  " एउटा सानो बिजुलीबाट  सहरी रेल कुदाउन पाए त " भन्न मन हुन्छ तर बोलि फुट्दैन ।        



Comments

Popular posts from this blog

केपी ओली

Reading Harari's sapiens with method of adaptation

सन्जम रेग्मी उवाच ।