भक्तराज आचार्य

 भक्तराज आचार्यका गीत मलाई खुब मन पर्छन्।  उहाँलाई गुन्डाहरुले  आक्रमण  गरे पछि र त्यसपछिको क्यान्सर पछि उहाँले गाउन सक्नु भएन।  मलाई एक समय त्यो आक्रमण कस्तो थियो भन्ने थाहा थिएन ।  एक रात नौ बजेको आसपास तीन जना मोटर साइकलमा बसेर एउटा रेस्टुरेन्ट पुगेका रहेछन् ।  पहिलो व्यक्तिको अहिले नाम सम्झना छैन । अर्को व्यक्ति भक्तराज । अनि अर्को गायक पुष्प नेपाली  । कसैले यहि भित्र षडयन्त्र देख्छन् । मलाई दुर्घटना लाग्छ ।

रक्सि खाएर केहि गुन्डा स्वभावका मानिस हल्ली खल्ली गर्दै रहेछन्।   

भक्तराजको स्वभाव अलि खरो हो। भक्तराज बाहिर उभिएका बेला, बाँकी दुईलाई केहि गुन्डाले  " हाम्रो पैसा नि तिर्दे " म, मा , मु  भनेछन् । दुईले रक्शी तालमा  बाहिर रहेका भक्तराजतर्फ़ इसारा गरेछन्, हामीसंग पैसा छैन भन्दै ।      


अपराधिक  मनोवृतिका गुन्डा रक्शीले  क्रुर भएर खरो भक्तराज आचार्यकोमा पुग्छन् । अनि त्यहाँ विवाद हुँदा सबै मिलेर रक्शीको बोतलले कुटेर लडाउँछन् ।  भागाभाग हुन्छ । 


 खाएको सुरमा भक्तराजका दुई साथी पनि भागे होलान ।   


भक्तराजलाई राति पुलसले भेटाएर अस्पताल पुर्याएको थियो  । सय टाँका टाउकोमा लाउन पर्यो । अलि ढिलो भएको  भए  जे पनि हुन सक्थ्यो । 

भजन शिरोमणि भनिने उहाँका  मैले त्यति भजन सुनेको थिइन । youtube मा सुन्दा भजन पनि कति राम्रा रहेछन् भने । भक्तराज आफु संगीतकार नि हुनुहुन्छ । अनि उहाँको संगीत चेत अद्भुत छ । आफुले जे बनायो त्यो राम्रो लाग्ने झिल्के चेतलाई उहाँले जति कसले छलेको होला र ?  

to be continued 


Comments

Popular posts from this blog

केपी ओली

Reading Harari's sapiens with method of adaptation

सन्जम रेग्मी उवाच ।