तिश्नुजी ( कथा )
बिहान सात बजे तिश्नुजी उठेर पाइखाना पसेर आफ्नो कोठामा सलबलाई रहेका छन् । काजि किङ्ग प्रविन सुतेका छन्। " ए काजि उठ, " तिष्णु पुराणको ध्वनी सुरु भयो । तिस्नुजी बरण्डामा पुगेर आँखा नचाऊँछन् । कलेजमा पढ्ने युवा युवती बाटो नाप्दै छन् । तिश्नुजी मिलाएर हेर्दै छन् ।
भित्र पस्छन् । " एक काजि छिटो उठ चिया खान पर्यो। " आवाजको ध्वनि अलि चर्को हुन्छ ।
कुनै अर्कै लोकबाट बोलेजस्तो गरि काजिको निद्रा बोल्छ " दाजु पख न। "
" साढे सात बजिसक्यो, " चर्केको आवाजमा तिश्नुजी बोल्छन् । " तोरी हाकिम सधै टाइममा पुग्छन् " । "खाना नि पकाउन छ । "
" खाउले के दाजु, पाँच मिनेट देऊ के दाजु " काजिको आग्रह आयो ।
"हाहा " facebook मा एउटा फोटो हेर्दै हाँस्छन् ।
हिजो फूटबलमा बाजी हारेकोले भित्र अलि बल्झीएका छन् । दिउसो कसले फूटबलको बिषय उठाउंछन् अनि तिश्नुजी रंकिन्छन् ।
पैसा अलि हारेका छन् । काजि नि हार्न कम छैनन् । फुटबलले डुबाएको छ । लीड्सले wolves संग हारेर हिजो झट्का दियो ।
काजि उठछन् । " दाजु आज चांडो उठेछन् र बस्न खान दिएनन् / दाजुको नि कुनै टुंगो छैन । कहिले ७ बजे उठेर उफ्रंछन् / कहिले आठ बजे उठछन् , " भन्दै काजि बाहिर निस्कन्छन् /
पसलमा पुगेर दुध ल्याउने काम काजिको हो । खाना तिश्नुले आगो पार्नु हुन्छ । भाँडा सफा गर्ने काम काजिको हो ।
गर्न पर्ने जति like गरेर तिश्नुजी सन्तोष लिएर बसेका छन् ।
स्वाद लिंदै चिया पिउँदै छन् । यिनले यो जुनीमा कालो चिया खाने छाँट छैन।
" ल दाजु मिठो खाना पकाऊ, म तरकारी काट्छु " भन्दै काजि तरकारी पखाल्न थाल्छन् ।
"यो केटि राम्री भईछे " भन्दै तिश्नुजीले मोबाइलमा आँखा लगाउँदै थिए । " दाजुले बिहान देखि कति केटिका फोटा लाईक गर्यो , सात बजे उठेर दाजुले गर्नु गरे आज , " सधै जस्तै काजिका कुरा सुरु भए । तिश्नुजी हाँस्दै थिए ।
" अब office गएर गफ गर्न पर्छ , " मोबाइलबाट आँखा नझिक्दै तिश्नुजी बोले । "दाजुको अफिसमा नि राम्रा राम्रा छन् ," काजिले थपे । " त्यो त छन् , अब अलि लामो लामो गफ गर्न सिक्न पर्ने छ , " तिश्नुजीले योजना खुलाए । " सिक सिक दाजु ," काजिले तरकारी काटेर सके ।
to be continued
Comments
Post a Comment