मलाई दिपकराज गिरी किन मन पर्छ
दिपकराज गिरी दाजु मलाई मनपर्छ । दाजुले facebook र youtube मा calorie पुग्ने गाली पनि खानुहुन्छ भन्ने थाहा छ । मनमा जे छ त्यही भन्दा गालि खाइञ्छ । मान्छेको स्वभाव अरुको कुरा सुन्नु भन्दा बोल्दा बलियो महसुस गर्नु हो । "यो दिपके कति बोल्छ " भन्ने पनि धेरैलाई लाग्दो हो ।
दिपक दाजु धेरै फिलिममा "राजा" को शैलीमा प्रस्तुत भए । त्यी फिलिम चले पनि । खुसीको बिषय छ । म कहिले काहीं "राजा दिपक राज गिरी आऊ देश बचाउ" पनि भन्छु ।
दिपक दाजुले आफ्नो तौल पनि धटाउनु भएको छ । जिम पनि जानु हुन्छ । शाकाहारी पनि हुनु भो । आफुले फिलिम निर्देशन नगरेर अरुलाई गर्नु पनि दिनु । "दिपकले joke र अनुप्रास मात्र फिलिममा हाल्छ, कथा स्खलित पार्छ " भन्ने तर्कलाई सकारात्मक ग्रहण गर्नु भो ।
नेपालको फिलिम जगतमा हलवाला र distributer धनी र विवादास्पद रेफ्रीको रुपमा विकसित भएका छन्। पहिले उहाँहरुमा पोषणको कमी थियो । हिन्दी फिलिमले नेपालमा पनि बोरामा पैसा कमाउन प्रारम्भ गरे पछि हलवाला र distributer को तेश्रो नेत्र खुलेर उहाँहरुको खेलाडी प्रतिभा खुल्दै गयो । रात रात करोड पति भए पछि अब हलवाला र distributer पनि महामहिम producer हुने स्थिति आयो ।
अब फिलिम बनाए पछि, हलवालालाई आफ्नो बनाउन पर्ने स्थिति आयो । नत्र उहाँहरुसंग त हिन्दी फिलिम छँदै छ । नेपाली फिलिमको release (प्रस्तुति ) गर्न धेरै पर्खाई को पिडा भोग्न पर्ने स्थिति आयो । हलवालाका साथीको रवाफ बढ्यो। किनकी हलवालाले साथीलाई तेश्रो नेत्र झिम्काऊँदै सहयोग गरे । धेरै हल दिए । ठुलो हल दिए ।
दिपक दाजुलाई आजको दिनमा हलवालाले सहयोग गर्छन् । तर हलवाला धेरै भाले भएर लोकतन्त्र खतरामा पर्छ भनेर दिपक दाजुले हलवालाको विरोध गर्नु भयो / नेपाल सरकारले नेपाली सिनिमालाई सकारात्मक धक्का पर्ने गरि नियम बनाउन सल्लाह दिनु भो । हलवाला दिपक दाजुसंग रिसाए ।
दिपक दाजुको मलाई रम्य लाग्ने उहाँको अन्तर्वार्ता हो । उहाँको शैली । उहाँको बोलीमा एउटा लोकतन्त्रको अभ्यास पाउँछु । celebrity status को हिनताबोध र कमजोर ब्यक्तित्यो छैन उहाँको । पंचायतमा राज्यको कमजोर शिक्षा नीतिले गर्दा स्कुलबाट भागेर फिलिम हेर्न जाँदा बाटोमा र जनताको बीचमा दिपक दाजुले ज्ञान सिर्जना गरेर स्वअध्यन गर्नु भएको हो । उहाँको ब्यक्तित्यो यसरि खारिएको हो ।
पंचायत व्यवस्थाले गर्दा रक्शि धेरै खान सिकेका दिपक दाजुले स्वअध्ययन र आफ्नो ब्यतित्योको गरेको विकासले गर्दा अहिले एक ग्यालेनबाट एक गिलास पनि छ महिनामाको स्थितिमा पुग्नु भएको छ । गाँजा पनि फुक्ने भन्दा, गाँजाको अचार खाने आयुर्वेदिक अवस्थामा आउनु भएको छ ।
अरुलाई उडाएर हाँसो निकाल्ने कुण्ठित मनोरंजन पनि हुने तितो सत्यको एउटा समस्या थियो । श्रीमती उडाएर रमाइलो निकालेर दिपक दाजुले गल्ती गर्नु भएकै हो । समाजमा अरु पनि बिषय थिए त ।
दिपक दाजुले अर्को फिलिम पनि निर्माण गर्दै हुनुहुन्छ होला । कथा बलियो होस् । प्रत्येक १ minute मा हँसाउने प्रयास नगर्नुस त्यो artificial (खोक्रो ) हुन्छ ।
दिपक दाजु आम नेपालीको नै गुटको मानिस हो ।
Comments
Post a Comment