तिश्नुजी भाग दुई

 


तिश्नुजी अफिस जान तयारी अवस्थामा हुनुहुन्छ । 


"हैन यार तेल त लगाउन पर्छ, कपाल गुड हुन्छ , " भन्दै हातमा तेल लिएर कपालमा दल्नु हुन्छ । 


"तेल गुड हो , " फेरी अर्थ दिनु हुन्छ । 


काजि आफ्नै धुनमा हुन्छन् केहि बोल्दैनन्।   


कोठा बास्नाले भरिएको छ।  तिश्नुजी एउटा भन्दा बढी रस लिएर अफिस जाँदै छन् । 


" ल काजि म हिंडे, बेलका भेटम्ला।  " तिश्नुजी हेल्मेट  हातमा लिंदै बोल्छन।  


"हुन्छ दाजु । " 


बाटोमा गाडी बत्तिएका छन् । तिश्नुजी बत्तिन्दै अफिस पुग्छन् ।


अफिसमा एउटा माहोल छ । तिश्नुजी सबै तर्फ़ आँखा लगाउँछन् । 


अनुषा र तिश्नुजीका चार हुन्छन्।  


तिश्नु जी राम्री युवतीलाई पनि नमस्कार गर्छन् । एउटा हाँस्य रस उत्पादन उद्योग जस्तो । ब्यांकमा काम गर्ने तिश्नुले आफै एउटा उद्योग जस्तो खोलेका छन् ।   


यसो गर्दा राम्री युवतीको सम्झनामा बस्न सकिन्छ भन्ने तिश्नुजीको ब्याख्या छ । मुटुमा बस्ने दोश्रो इन्निंगको काम हो । क्रिकेटमा पनि तिश्नुजीको ब्याटिंग सुध्रिएको छ । 


राम्री युवतीलाई कसैले नमस्कार गर्दैन । नेपालमा नमस्कार गर्ने बानी चलेको छ । आफुले नमस्कार गर्दा मात्र नभएर कतै नमस्कार भएको युवतीले देख्दा आफ्नो सम्झना आओस भनेर नमस्कार गर्ने विचारलाई तिश्नुले एक्शनमा लगे । राम्री केटिले नमस्कार कतै देखे भने आफ्नो याद आओस भनेर । 


अनुषालाई पनि नमस्कार गरे । हाँस्य रस निर्माण भयो । तिश्नुको उद्योग आज पनि सुचारु भयो । तिश्नुको ब्यांक मात्र होइन उद्योग पनि "क" वर्गको भएको छ।   





Comments

Popular posts from this blog

केपी ओली

Reading Harari's sapiens with method of adaptation

सन्जम रेग्मी उवाच ।