King Hip, ketaketi turn



आजको दिनमा पिच चिल्लो बनाइएको हुन्छ जसमा  बल turn  हुने सम्भावना खास हुन्न  /  स्पिन्नरलाई एउटा गम्भीर बिषय छ यो  । यसले स्पिन्नरलाई पिटाईको बिषय बनाएको छ । odi को कुरा छोडम्  भर्खर इंगलैंडले नि toss जितेर पहिले ब्याटिंग गरेर दुई दिन ब्याटिंग गर्यो । एकछिनलाई जीत हार सामान्य हुन्छ भनम । बिषय जटिल छ । 


 हिजो शानिबार indoor खेल्दा   स्पिन बलिङ्ग बिषयमा एउटा प्रयोग गर्न मन थियो । प्रयोग असफल भयो । पिटाई खाइयो ।



 राष्ट्र नायक सन्दिप लामीछाने ipl  मा नछानिनु पनि एउटा स्पिनको बिषय छ । मलाई मन पर्ने प्रयोगशिल बलर मुजीबलाई सजिलो भएन । राशिद स्थापित भईसकेकोले उनि छन् /  यिनको पनि गूग्ली पचाउने तर्क ब्याटरले ल्याए भने यिनलाई पनि एउटा धक्का महसुस हुन्छ  । राशिद खानलाई एक ओवरमा ३० रनको धक्का ion morgan ले दिएका छन् । सन्दिपलाई पोल्लार्डले । मेरो त हिजो सन्तोष ज्ञवालीले क्याच छोडे । 


म हिजो परिक्षणको मुद्रामा थिएँ । फास्ट बलिङ्गमा नि एउटा स्विंगको परिक्षण गरें । त्यो तरिकाले स्विंग फाल्न जाँदा बल ओवर पिच खस्यो । गएको हप्ता आफुले गरेको बोल्डको सम्झना छ । गएको हप्ताको तरिकाले गर्दा अलि wide  गएपनि full  गएको थिएन । फास्ट बलिङ्गको बिषय स्विंग हो । 


तुरुन्त स्पिन गरें । 


मेरो  बल slow  फाल्ने तर flight नफाल्ने रडनीति थियो । flight ले बलरलाई भन्दा ब्याटरलाई फाइदा गरायो जस्तो भएको छ । flight फाले पछि बल slow फाल्न पर्ने हुन्छ । सृजन खरेललाई जसको बल turn  त हुन्छ indoor मा तर slow फाल्न पर्ने हुँदा म त down the wicket आएर खेल्थें । slow फालेपछि ब्याटरले तान्ने सम्भावना हुन्छ , समय धेरै हुने हुनाले । सन्दिपले सृजनलाई तानेर boundary हानेर स्खालित  पारेका छन् । 


मेरो slow फाल्ने तर flight नफ़ालेर ब्याटरलाई क्रिज बाहेर निस्कन नदिने रडनिती असफल किन भयो भने हल्का बल तल खस्ने बितिक्कै ब्याटरलाई time भएर ताने । धेरै नै ताने । तान्नु र नतान्नु दुवै सामान्य होइन रहेछ । 


मैले सात सालमा स्पिन बलिङ्ग गर्दा अलि quick फाल्थें । राशिदले नि quick फाल्छन् । सन्दिपले पनि पहिले भन्दा आजकल quick  फाल्छन् । जडेजाले quick  फाले पनि bounce निकाल्न सक्दैनन् । त्यसैले टिममा भित्र बाहिर भएर गतिशील भएका छन् । ब्याटिंग सुधारेका छन् । अक्षर पटेलले नि ब्याटिंग गर्छन् । सन्दिपको ब्याटिंगमा  celebrity  महोत्सब ज्यादा हुन्छ । मेरो ब्याटिंगमा ब्याट जसरी सिधा चल्छ र  ,मेरो टाउकाको जुन postition  हुन्छ  त्यसको गुण बुझन सक्ने मानिस नेपालमा औंलामा गन्न सक्ने जति पनि छैनन् । मेरो ब्याटिंगको विश्लेषण गर्न तीन दिन लाग्छ । बुझौँ । ब्याटिंगमा खुट्टा भन्दा टाउकाको महत्तो हुन्छ  । अनि सिधा ब्याटको । अरु एक दुई बिषय छन् । 


हुँदा हुँदा तिष्णुजी पनि ब्याटले बल छुने भन्दा दुई तह माथि पुगे। तिष्णुजीले आफ्नो ब्याटिंगको बिषयमा बक्तब्य जारि गर्छु भनेका छन् ।   


मैले सात सालमा quick स्पिन फाल्दा बल अलि wide जाने हुन्थ्यो  । त्यो बिषयले मेरो दुई बर्ष कपाल दुखाएको थियो । अनि अलि slow फाल्दा wide को समस्या निराकरण भयो । quick स्पिन फाल्दा wrist कन्ट्रोल नभएर wide  गयो भन्ने विश्लेषण छ । आजको  दिनमा एक्शन गतिलो बनाएर wide  कम फाल्ने उपाय छन् । 


आजको दिनमा जुनसुकै स्पिन्नर संग एउटा भित्र आउन खोज्ने र अर्को बाहिर जान खोज्ने बल हुन नै  पर्छ । नत्र खाने पिटाई हो । 



नत्र रवि आश्विन जस्तो दोश्रो इन्निंगको किङ्गमात्र हो त्यो नि टेस्टमा । अनि quick  bounce  फाल्न अनवरत प्रयास गर्न पर्ने छ । slow bounce होइन । अनि हावामा drift  वा dip । यी सबकोको लागि स्पिनरको लागि आफ्नो "hip " ठुलो हतियार हुन्छ नै । यो महत्तो को बिषय छ । 


मैले श्री पारस खड्कालाई तपाई यो मौसमी बलिङ्ग गर्दै कहिले स्पिन कहिले स्विंग नहुने फास्ट बलिङ्ग नगर्नुस  । पूर्ण कालिन स्पिन्नर बनेर महिनामा ३० घण्टा tu गएर अभ्यास गर्नुस र स्पिनमा  बौद्धिकता र कला दुवै निर्माण गर्नुस भनेको थिएँ । खेल्ने दिमाग र योजनाले नै हो । पारस खड्काको फास्ट बलिङ्ग मंसिर महिनामा बिहान १० बजे Tu मा स्विंग भएर भएन । मलेसीसा र uae मा को गर्मिमा हुन पर्यो । 


एकताका मैले indoor मा स्पिन बलिङ्ग गर्दा फास्ट  bounce  भएर मलाई रोकेर खेल्ने परम्परा र संकृति निर्माण गरेको थिएँ । यसरि फास्ट bounce  फाल्ने दिमाग खुल्न पहिला slow bounce फाल्दा खाएको पिटाईले दिशा दिएको  थिए  । क्रिकेट दिमागले खेल्ने र नयाँ नयाँ विचार निकालेर नतिजा निकाल्ने  कला हो । 


आजकल मेरो slow spin मा   धान चुटे जसरी चुट्ने परम्परा निर्माण हुन खोज्दै छ ।



 ब्याटिंग गर्दा नयाँ सेतो बलले second इन्निंगमा पाइयो भने त एक ओवरमा २० को शैलीले धोबी चुटाई गर्ने परम्परा मैले आफ्नो ब्याटिंगमा नि निर्माण गर्दै छु । 


नयाँ सेतो बलले पहिलो इन्निंगको त्यो bounce र बत्ताइले गर्दा पनि ५ वटा जति छक्का त लगाइञ्छ  । तर २ क्याच छुट्नु पर्छ । त्यो नयाँ सेतो बल केटाकेटी रहेछ । पहिलो इन्निंग उत्त्पात bounce हुने फास्ट बलरलाई, अनि हावामा हल्लिने । १० ओवरमा पुरानो हुने । एउटा बल ४८ ओवरमा फाट्ने ।  टेलिफिल्म स्वभाव हुने रहेछ नयाँ सेतो बलको । 



स्पिनको बिषयमा नै केन्द्रित हम् । पछि मलाई turn को बिषयमा नि काम गर्न मन लाग्यो ।  " अब fast  bounce को किङ्ग भए पछि , turn मा काम गर्न पर्यो " सोचले एउटा नक्सा बनायो / 


turn केटाकेटी रहेछ । बिस्तारै फाल्न पर्ने । 


turn  भन्दा bounce र drift महत्तोपूर्ण हो भन्नेमा म पुगेको छ । अनिल कुम्बले पनि फास्ट bounce निकाल्न लागिपरेका बलर थिए । यिनको turn हुन्न थियो । गर्न खोज्दैन थिए ।  drift बाट हावामा चक्मा दिन प्रयास गर्थे । 


फास्ट स्पिन फाल्ने तर bounce drift निकाल्न नसक्ने भयो भने सम्धी सरको जस्तो फास्ट हुन्छ । कुटाई खाने फास्ट जस्तो स्पिन /  गौतम बुद्ध is over rated । सम्धी सर was born in नेपाल । कसरि quick bounce निकाल्ने र drift निकाल्ने एउटा बौद्धिक बिषय हो  । hip  हतियार हुन्छ र action किङ्ग हुन सक्छ । अझ छन्  तर्क हरु ।  




Comments

Popular posts from this blog

केपी ओली

Reading Harari's sapiens with method of adaptation

सन्जम रेग्मी उवाच ।