दिपक ज्ञवाली, पानी, कृषि र स्नान
दिपक ज्ञवालीलाई पानी बिज्ञ भनेर विभूषित गर्न मलाई मनपर्छ / राजा बिरेन्द्र र ज्ञानेन्द्रले उहाँलाई ठोस कुनै बिभूसण प्रदान गर्नु भयो कि भएन मलाई जानकारीमा आएको छैन / अर्थशास्त्री वा अर्थ बिज्ञ भन्दा कस्तो कस्तो सुनिन्छ / पूर्ण अर्थतन्त्र त कसलाई पो सम्पूर्ण रुपमा बुझ्न ज्ञान हुन्छ / पानी बिज्ञ भन्न ठिक लाग्छ /
मलाई प्रत्यक दिन स्नान गर्न पानी चाहिन्छ / नेपालको कृषि छेत्रलाई पनि पानी आवस्यक भयो नै / पिउने पानीको पनि नेपालमा समस्या छ / संविधानमा समाजवाद देखि त्यहि छापिएको कागजम शिक्षा, स्वास्थ्य सम्पूर्ण दिएको छ नेपालका महान संसादको माध्यमबाट / बिपीको समाजवाद मान्ने अर्का पर्खर राजनेता शेरबहादुरले आफ्ना छोरालाई विदेशमा स्कुले शिक्षा पढाएको पनि लामो समय भयो / गगन थापाले आफ्नो छोरीहरुलाई सरकारी स्कुलमा पढाउन खोज्दा, छोरीका आमाको veto ले गर्दा, सफल हुन सकेनन् /
नेपालको समाजवादको मौलिकता थाँती राखेर पानीको बारे छलफल गरौँ /
दिपक ज्ञवाली भन्नु हुन्छ बर्खामा हामीलाई पानीको भेलले पेलेर दुख दिन्छ / पानी बगेर भाग्छ / बाडी ल्याउने र माटो र मल बगाउने समस्या सिर्जना गर्ने / हामी पानीमा भन्दा बाढीको दुखमा धनी छौँ / जाडोमा हामीसंग पानी नै हुन्न /
नेपालको पानीको मूल श्रोत पानीको मुहान अथवा मूल नै हो / अब यस्ता मूल जोगाउन र नया मूल शृजना कसरी गर्न सकिन्छ / मानौं हामीले नेपालमा एक लाख पोखरी बनाउन सकियो भने के होला ? बर्खामा बर्सने पानीलाइ कसरी छोपेर राख्ने ? यो प्रश्न मूल जस्तो लाग्छ /
Comments
Post a Comment