अमला कसरी खाने ?
अमला खाँदा के समस्या हुन्छ भने दाँत कुडिन्छ । अमला खाँदै पानी पिउँदा गुलियो भएर मजा आउँछ । अमला स्वास्थको लागि पनि सुवर्ण मानिन्छ । मैले त अमलाको बुटो पनि देखेको हुँदा, त्यो सिन्कीको बुटो जस्तो हुन्न भन्ने थाहा छ । आजकल मैले अमलाको मैले मौलिक प्रयोग गर्ने गरेको छु। मैल धेरै अमला पाटन दरबार अगाडीको एउटा कुनोमा किनेको छु । घरमा ल्याउँछु । पचास रुपियाको अमला एकै चोटी काट्छु अनि एक लिटर पानीमा हालिदिन्छु । कोठामा ल्याएर त्यो एक भाँडा पानी राख्छु । काटेको अमलामा पानी पस्दै जान्छ ।
अमलामा vitamin c हुन्छ रे । vitamin c बारे बुझ्न बाँकी छ । दुई चार सनातनी कुरा के गर्नु। स्वास्थमा तपाईको रुचि छ भने antioxidant र फ्री radicals चल्तीका शब्द हुन् । फ्री radicals अस्थिर हुन्छन् एउटा electron कम वा बढी भएर । फ्री radicals शरीरको लागि खतरा हुन् । antioxidant योग्य हुन् । antioxidant आऊ शरीर बचाऊ अभियान चलाउन पर्छ।
अमलाका बुटा खारिएका हुन्छन् कम खाना र पानीमा पनि जंगलमा एउटा योग्य जीवन बिताएर । अमलाको अचार पनि मिठो हुन्छ । जंगलका ऐसलु पनि मलाई रोमाञ्चक लाग्छन् । गोर्खाली कांडाको सुरक्ष्या घेरा बनाएर बसेका । स्वाद पनि खुब मिठो, गहिरो ।
मैले असनमा अमला धेरै देखेको छु । आरु पनि देखेको छु । आरु बखरा पनि । आरु मन पर्छ, तर अमला जस्तो सस्तो हुन्न । आरु बजारमा थोरै हुन्छ । बजारमा सस्ता तर टेसिला बखरा धेरै हुन्छ । चोपिला र गहिरो स्वाद भएको लाग्छ मलाई अमला, आरु र बखरा । बखरामा त iron राम्रो हुन्छ भनेर म पनि भन्न सक्छु होला।
काठमाडौँमा मैले धेरै फलफुल फलेको देखेको छु । कस्तो सुन्दर देखिन्छ । अब देखिन्न । अलिअलि देखिन्छ । काठमाडौँमा अमला देखिन्न । नासपाती देखें, अनार खुलेर फलेको देखें , अम्बा उर्फ बलौती देखें , आरु देखें, बखरा देखें, लप्सी देखें, avocado देखें, किवी देखेको छैन। अंगुर देखें, किम्मु देखें । किम्बुमा पनि iron राम्रो हुन्छ होला ।
अमलालाई काटेर जगमा हालेर पानीमा एकाकार गराएर पिउनुस । विभिन्न आकारका अमलालाई पानीमा पौडी खेल्न दिनुस् । मैले पनि पौडी खेल्न सिक्न छ ।
Comments
Post a Comment