मलाई jacaranda रुख मन पर्दै छ /

 मानिसलाइ हरिया रुख सामान्य लाग्छन / भर्खर मलाई त्रिभूवन बिस्वबिध्यालयका हरिया मसलाका बोटको विशेष याद आयो / चुरोट तान्ने र ज्ञानेन्द्र मल्लका डट बलका फ्यानले ति मसलाका बोटबाट सुन्दरता देख्न सक्दैन / हरियो रङ भएकाले ति खास ध्यानमा पर्न सकेका छैनन् / मानिसलाइ हरियो भन्दा, रातो, सुन्तले, आकासे निलो, गाढा निलो, अलि अर्कै निलो, फेरी अर्कै निलो, पहेंलो आदि रंग मन पर्ने रहेछ / jacaranda २ महिना जति फुलेको याद गरेको छु / बाँकी समय यी  सन्तोष ज्ञवाली जस्तो बस्छन / मेरो माग के भने jacaranda ८ महिना फुल्न पर्थ्यो / जुनार खान्छु भनेर सुनाउने तर सन्तोष ज्ञवालीलाइ आज सम्म १ kg नि सिन्धुलीको जुनार नखुवाएका प्रदिप पोख्रेलको  गृह जिल्ला सिन्धुलीमा एउटा गुलमोहरको रुख काटिन्दै छ भन्ने समाचारमा फेला पारेको थिएँ / गुलमोहरको पात राता हुन्छन / मलाई जान्न के मन छ भने गुलमोहर कति समय रातो रहन्छ / त्रिभुवन बिस्वबिध्यालय, त्रिचन्द्र कलेज , पशुपति वरीपरि मेरो jacaranda संग संगत भएको हो / सन्तोष ज्ञवालीले भन्दा jacaranda ले मलाई सन्तोष बढी दिएका छन् / 

Comments

Popular posts from this blog

केपी ओली

Reading Harari's sapiens with method of adaptation

सन्जम रेग्मी उवाच ।