सानदाईको भुँडी र nuclear हतियार
सान दाईले स्वस्थानी पढ्दै हुनुहुन्छ । उहाँको पढाईबाट नयाँ सूचना थाहा भैहाल्यो । पार्वतीजीले १०० बर्ष तपस्या गर्नु भएको रहेछ । मानिसको आयुको कसरी निर्धारण हुन्छ भन्नेमा एकजनाले नोबल prize पाउनु भएको छ । नाम बिर्सें उहाँको । उमेर बढेको पनि cell भित्रको कुनै अंगमा देखिने रहेछ । जब मानिसको उमेर बढ्छ त्यो अंग पनि बढ्दो रहेछ ।
Einstein को याद आयो । उहाँले समय पनि ढिलो चांडो हुन्छ भन्नु भएको छ , जुन गतिमा भर पर्छ । समय newton ले सोचेको जस्तो होइन/ यो अलि अर्कै छ भन्नु भएको छ। पार्वतीजीले १०० वर्ष नै तपस्या गरे पछि उहाँसंग बाँच्न कति समय थियो होला ?
सान्दाईको स्वस्थानीबाट मैले केहि कापीमा नोट बनाएँ । spaced repetition बारे eric kandel ले केहि भन्नु भएको छ। त्यो बारेमा नेपालीमा बोल्छु पछि । eric kandel indoor क्रिकेट खेलाडी होइन ।
सान्दाईको भुँडी वाचाल छ । धेरै तर्क गर्छ । सम्धी सरको भुँडी सान्दाईको भन्दा अलि सानो छ । भेडाको भुत्ला होइन, म भेडा नै लिएर आउँछु भनेर महत्तोपूर्ण बस्तु खोज्न हिंडेर जाने क्रममा सम्धी सरले आफ्नो भुँडी अलि कम गर्नु भएको छ ।
पाकिस्तानका परवेज मुशरफले nuclear हतियार भारत तर्फ तेर्साए पनि त्यो प्रयोग गरेनन् , गर्ने कुरा भएन । सान्दाईको भुँडी पनि तेस्तै खास प्रयोगमा आउन्न । उहाँको भुँडी पनि आकारमा nuclear भट्टी जत्रै छ। उहाँले पनि मुत्त्दा कहिले अमेरिका तर्फ कहिले चीन, कहिले जापान, कहिले भारत , कहिले बंगलादेश तर्फ भुँडी फर्काउनु हुन्छ ।
भुँडी घटाउन सजिलो अवश्य छैन ।
एक जना ठुलो आकारको भुँडी भएको मानिस देखेको याद आउँछ । भुँडी ठुलो हुँदा हुँदै फेरी छोटो t -shirt लगाएका रहेछन् । त्यो t -shirt को अवस्था जोगीको घरमा सन्यासी पाहुना गए जस्तो थियो । t -shirt लाई आधा भुँडी मात्र ढाक्न सम्भव थियो । उनिलाई फेरी केहि थाहा थिएन, गफ रन्काउँदै थिए । हाँसो फेरी कुम्भकर्ण हाँसो।
शरीरलाई उर्जाको लागि दुईवटा बाटा रहेछन् एउटा glucose अर्को ketone को । शरीरलाई ketone ले चलाउन सके यो स्वास्थ्य र तौलको दृस्टीले राम्रो हुन्छ भन्ने सिद्धान्त रहेछ । मलाई यो मन पर्यो । सान दाईले स्वस्थानी पढ्दा यो बिषय आउन्न । तर यो पनि महत्तोपूर्ण छ ।
ketone उर्जा भनेको शरीरलाई बोसो र protein को उर्जाले चलाउने । carbohydrate कम गर्ने । carbohydrate अर्थात glucose । तर फेरी बोसो धेरै खाँदा मुटु बिग्रन सक्छ । त्यसैले सहमति intermittent fasting मा हुन सक्छ ।
नेपाली कांग्रेसका उपप्रधानमन्त्री मैत्री नेता प्रकाश मान सिंहलाई हुन बाँकी कुनै रोग रहेन छ । cholesterol देखि pressure देखि sugar आदि। thyroid को समस्या नि होला । उनको तौल नि उनको उपप्रधानमन्त्री हुने लोभ भन्दा धेरै । भनेपछि कति होला । अनि कुनै अमुक डाक्टरसंग सल्लाह गरेर intermittent fasting सुरु गरेछन् । यो भन्नाले के भने १६ घण्टा पेट खाली गर्ने, पानी मात्र पिउने । शरीर लाई चाहिने र मनले माग्ने खानेकुरा ८ घण्टा भित्र खाने । प्रकाशमानले नि बेलुकी ७ बजे भित्र खान खाई सक्ने अनि कथित breakfast बिहान छल्ने । बिहानको खाना ११ बजेपछि खाने । यसरी बिना कुदाई र जिम भ्रमण उनले ठुलै मात्रामा तौल घटाएर सेतीपाटिमा समाचार नै आएको पढेको थिएँ।
स्वस्थानीमा नि वर्तको कुरा आउँछ होला पक्कै । एकजना जापानिज बैज्ञानिकले वर्तको विषयमा महत्तोपूर्ण तथ्य पत्ता लगाएर नोबेल पुरस्कार पाउनु भएको छ ।
पाकिस्तानले समेत nuclear हातियार बनाएपछि सान दाई र भेंडाको भुत्ला होइन भेंडा ल्याउँछु भन्दै हिंडेका सम्धी सरले नि तौल घटाउन सक्नुहुन्छ ।
पाकिस्तानमा nuclear हतियार बनाउन Abdul Qadeer khan को मूल भूमिका रहेछ । यिनी अन्तरास्ट्रिय nuclear हतियार सम्बन्धी समन्यन गर्ने कार्यालयका बैज्ञानिक रहेछन । कुनै समय मौका छोपेर यिनले nuclear plant को नक्सा चोरेर गायब भएछन् । पछि पाकिस्तानले पनि भारतले पछि nuclear हतियार बनायो । यिनले अरुले देशलाई नि त्यो नक्शा बेचेको प्रमाण अमेरिकाले पत्ता लगाएर पाकिस्तानलाई कक्रक्क पारेको रहेछ ।
Abdul Qadeer khan कस्तो मुखर र बिद्रोही बोली भएको र पाकिस्तानमा ब्याप्त परिचित र जनप्रिय व्यक्तिलाई घरमा नजर बन्द गरेर राखेर पाकिस्तान सरकार ले नि गायब पारेको रहेछ । २०० metre टाढा बस्ने आफ्नो छोरी सम्मलाई भेटन् नदिएर ।
North korea लाई चीनले सहयोग नगरी त कसरि बनायो होला nuclear हतियार । इरानले नि कसरि बनायो होला ? सिरियाले बनाउन सकेको भयो त्यो देश धोस्त हुने थिएन, yemen र इराक पनि ।
मानिसको तौल बारे छलफल गर्नु राम्रो होइन । वंसानूगत कारणले नि तौल धेरै बढ्ने हुन्छ ।
आमिर खानले दंगल फिलिम खेले पछिको तौल कसरी घटाए भन्ने चाख पूर्ण छ ।
Comments
Post a Comment