twitter र एक्लोपन

 facebook  म खास प्रयोग गर्दिन । चिठी पत्रको लागि मात्र हो।  twitter  चौतारो हो । गुरुप्रसाद  मैनालीको कथा छिमेकीमा धर्मानन्द पाध्य, गुमाने र धनजिते पनि चौतारोमा बसेर एउटा माहोल शृजना  गर्छन् । " कुलोमाथि चौतारो, कुलामुनी आसमरु साहू हिउँदे पसल, त्यसमुनि ज्यामिरे बेसींको फाँट...   धर्मानन्द पाध्ये चौतारोमा बसेर गफ चुट्दै थे । "


 मलाई पनि twitter  चौतारो जस्तो लाग्छ । धेरैका कुरा सुन्न पाउने । कोठामा एक्लै भएपनि twitter ले गर्दा अरु मानिस पनि भए जस्तो हुने। facebook मा अलि रकमी प्रस्तुति धेरै हुन्छ जस्तो लाग्छ कहिले काहीं । twitter मा नचिनेका मानिसका कुरा धेरै सुन्न पाउने हुनाले गतिलो सूचनाको केन्द्र पनि बन्न सक्छ । 


twitter मा मलाई सबभन्दा मन पर्ने mute को सुबिधा हो । जोधाहा र रिसाहा खालका मानिसलाई यसले सिथिल पार्ने काम गर्छ । " मैले follow गरें, मलाई follow back दिएन " भन्ने रनाहा स्वभावकालाई follow back दिएर mute गर्न आनन्द हुन्छ । आफ्नो follower  संख्या बढाउन परे पनि ५००० जतिलाई follow  गर्ने अनि mute  गरे उनीहरु खुसीले मुसुक्क मुस्काउँदै आफुलाई follow back दिन्छन् ।।  मैले पनि यो योजनामा  काम गर्ने कि भन्दै सोच्दै छु ।  मेरा जस्ता ४०० follower  हुनु र ४०००० हजार follower  हुनु दुवै सामान्य होइन होला कि ? कि होला । यो सिद्धान्त पनि कहिले काहीं काम लाग्छ । 


समाचारको लागि र सूचनाको लागि पनि twitter  छरितो छ । खेलकुद देखि संसद पुनर्स्थापना देखि परकम्प देखि RNA virus  सम्म र बेलायतको केन्ट virus सम्म, केदारनाथको बाढी सम्म । सूचना तुरुन्तै पाइने । 


youtube  त उग्रताको अखडा पनि हुँदै छ र त्यहाँ viral बनाउन त्यस्तै त्यस्तै video बनाउने काम पनि हुन्छ । twitter मा यो धेरै कम छ । block त कहिले काहीं म पनि गर्छु । यो गतिलो सुबिधा छ । 



मलाई पनि twitter मा कसैले follow  गरे पछि के पाएको छु भने एउटा कुनै पार्टीको भक्ति गर्नेले बिशाल हृदय राखेर follow गरेर  अरुलाई  खुसि बनाउने रहेछन् । क्रिकेटले नेपालीलाई खुसि दिन्छ भन्ने बेकारको कुरा हो । अलि गतिलो टिमसंग खेल्न परे डोमेस्टिक structure  आउँछ । ओमानले नेपालमा आएर २ odi  खेलेर दुवै game  डोमेस्टिक structure  गर्यो । राजनीतिक भक्ति गर्नेले दिएको खुसि पनि धेरै दिन टिक्दैन, उहाँहरुको " सत्य " , रास्ट्रीयतालाई बलियो पार्ने विचार ,   र महान tweet देख्न थालेपछि  । twitter पनि झगडाको केन्द्र हो ।   


 

एकताका सुनेको थिएँ twitter हल्का घाटामा छ । twitter ले आफ्नो सम्पति धेरै घर किन्दै office बनाएको हुनाले रे । भाडामा बस्न मन  नभएर होला । facebook मा video पनि आउन थालेपछि facebook ले थामी नसक्नु पैसा कमाएको होला । पहिले देखिको उधुम धनी हो । तर facebook अहिले programmer हरु  नियन्त्रण बाहिर पुगेको छ । कुन hate speech  हो, कुन fake news हो खुट्टाउन मुस्किल भएको छ  हाम्रो त कुरै छोडौं facebook  लाई । टिक पनि मलाई टेस पर्छ यसले पनि पैसा छापेको होला । 





Comments

Popular posts from this blog

केपी ओली

Reading Harari's sapiens with method of adaptation

सन्जम रेग्मी उवाच ।