तौल घटाउने बारे
तौल घटाउन सजिलो बिषय होइन । आज तपाईको ७५ केजी जुन पुगेको छ त्यसमा कम्तिमा पनि पांच बर्षको भुटन परेको छ । त्यसले ७५ बाट ६५ पुग्न पांच बर्ष लाग्छ । यो रस लाग्दो कुरा होइन । मैले आमिर खानको एउटा अन्तर्वार्ता सुनेपछि मलाई तत्व खुलेको थियो । दंगल फिलिमको लागि तिनले बिष्फोटक मात्रामा तौल बढाएका थिए । अनि घटाउन लागे ।
जसरी बिद्यार्थी झोला बोकेर आठ घण्टा स्कुल जान्छन् , तौल घटाउन पनि आठ घण्टा स्कुल जानपर्छ भन्ने सिद्धान्त निकाले । मलाई टेस पर्यो । अब आठ घण्टा जिम गर्ने होइन ।
1 घण्टा कुद्ने । १ घण्टा पौडिनी । २ घण्टा जिम गर्ने । २ घण्टा हिंड्ने । १ घण्टा फूटबल खेल्ने । अनि २ घण्टा बिच्च बिच्चमा आराम गर्ने । अर्को दिन पुरै आराम गर्ने । एक दिन बिराएर यो आठ घण्टाको समय तौल घटाउन लाउने ।
हाम्रो शरीरमा उर्जाको श्रोत दुईवोटा छ भन्ने छ । एउटा glucose अर्को ketone । ketone बाट चल्न राम्रो हो तर त्यो अलि गार्हो काम हो । यो अर्को बिषय छ । ketone को उर्जा fat र protein बाट आउने हो । glucose को सुगर बाट ।
आमिर खानले दंगल पछि तेत्रो तौल कसरि घटाए यो मूल प्रश्न हो ।
प्रकासमानको समाजवाद पनि रोचक छ तौलको बिषयमा । उनले चाहिं intermittent fasting गरेर तौल घटाएका थिए । आमिरले intermittent fasting गरेका होइनन् । यिनले calorie नाप्ने गर्थे।
बसन्त रेग्मी मलाई रोचक लाग्छ । यिनको सोचाई बारे मलाई त्यति थाहा छैनन् । यिनले जति बोल्छन् त्यति कुदे भने यिनको पनि तौल घट्छ । " ए भाइ मेरो झोला बोकेर हिंडदे त म senior हुन् " भन्ने रेग्मीको सामन्ती शैली पनि छ जस्तो लाग्छ । मैले रेग्मीलाई त्यति चिनेको छैन । खेलाडीलाई "केटा " भन्ने झिल्के स्वभाव फेरी श्री जगत गुरु टमाटा को हो । खेलाडीलाइ बाबु भन्ने र छोरा छोरि जस्तो गर्ने पारस खड्काको केटाकेटी र unprofessional शैली हो । सोनु तामांगको 80 किलोको तौलले अस्ति डोमेस्टिक खेलेन । मलाई यिनको याद आयो । यिनीलाई पनि नेपालको अफ्रिदी बनाउन सकिन्थ्यो तर सबै आफै तबला बजाउँदै आफै धामी नाच्दै हिंडेकोले यो सम्भव भएन ।
यदि तौल घटाउन छ भने दिनको ६ घण्टा हिंड्ने र कुद्ने काम गरौँ । दुई घण्टा यता उता गरेर गफ़ गर्न बन्द गरौँ ।
intermittent fasting पनि लागु गरम ।
Comments
Post a Comment