सन्तोष पन्थ
सन्तोष पन्थ बुटवलमा बस्नु हुन्छ । भारतको क्रिकेट टिमको समर्थन गर्नु हुन्छ । share किन्नु हुन्छ । बेच्न सक्नु हुन्न । ग्लोबल बैंकमा banker बन्नु हुन्छ । gym जानु हुन्न । मैले जानुस भनेको थिएँ । कविता लेख्नु हुन्छ । "भुइँ र खाट" भन्ने उहाँको प्रख्यात कविता छ । युवतीहरुसंग छलफल गर्न रुचाउनु हुन्छ । उहाँले मेंशन गरेपछि reply को accounting गर्नु हुन्छ ।
यहाँको एउटा माइजुलाई मैले नि चिनेको छु । मितिज्यु , भिनाजु । यो पथ भनेको सन्तोष पन्थपथ हो । सन्तोष पन्थले दुईवटा मोबाइल बोक्नु हुन्छ । एउटा छरीतो अर्को महँगो । सन्तोष पन्थ भएपछि एउटा iphone त बोक्न पर्यो ।
काठमान्डू आउनु भएको बेला सन्तोष पन्थ भक्तपुर भ्रमणमा निस्कनु भयो । मैले फोटा देखेर बुझें । बिहान लोकन्थलीमा भेट भएको थियो । भक्तपुर राम्रो र फराकिलो ठाउँ छ ।
सन्तोष पन्थ र उहाँको साथी भक्तपुर cancer हस्पिटल अगाडीको ठुलो पोखरी नजिक हुनुहुन्छ । त्यो पोखरीले पन्थको आँखा तानेको छ । पानीको सौन्दर्यले तान्छ । भक्तपुरका लामा लामा पोखरी राम्रा छन् । पोखरीको छेउमा बसेर पन्थ ice -cream खाँदै हुनुहुन्छ । भक्तपुरमा भुइँमा इँटा छापेको छ । धेरै ठाउँमा इँटा झिकेर रुख रोप्न पर्ने छ । तेत्रो जमिन छ । भक्तपुर दरबारमा सितलता बढाउन पर्ने छ ।
साथीलाई फोटो खिच्न लगाएर सन्तोष पन्थ क्यामेरा तर्फ़ हेर्दै हुनुहुन्छ । दहि खान बाँकी छ ।
मानिसहरुको चहल पहल छ ।
सन्तोष पन्थ प्रिथिवी नारायण शाहको पालामा जन्मिएको भए पनि युद्ध लड्न भक्तपुर आउनु हुन्थ्यो होला ।
प्रिथिवि नारायणको सेनाले किल्ला बाहिरबाट फायर खोल्यो । युद्ध सुरु भयो । केहि समय पछि किल्ला भित्रबाट गोलि चलेपछि भक्तपुरका राजा झस्किए । जासुसहरु किल्लाकाको घेरा तोडेर बन्दुक लिएर भित्र पस्न सफल भएछन् भनेर । जासुसहरु त्यो दिन भन्दा पहिले पसे । भक्तपुरले युद्ध हार्यो ।
सन्तोष पन्थ आजको समयमा हुनुहुन्छ । अहिले ५५ झ्याल हेर्दै हुनुहुन्छ । यी दरबार, मन्दिर, धारा, पोखरी बनाउने हजारौं कलाकार सम्झेर मुसुक्क हाँस्नु हुन्छ ।
भक्तपुरका कला र संरचना कलाकारले बनाएको जस्तै, धरहरा पनि कलाकार बनाएको हो । केपी ओलीलाई एउटा लोभ के छ भने यो धरहरा ओलीले बनाएको भन्ने रहोस भनेर । त्यसैले खुब कस्सिएका छन् । लोभी चेत । सन्तोष पन्थ लोभी हुनुहुन्न । बिहान हामीसंग चिया खाएपछि कुदेर गएर पैसा तिर्नु भो । सन्दिप ज्ञवाली हेरेको हेरै भए ।
भक्तपुरमा बिहान र साँझ हिंड्न रमाइलो हुन्छ । साँझ भन्दा भुस्कुट दाजुको याद आयो । बुटवलको गर्मीमा खारिएर आएका सन्तोष पन्थलाइ बिहान, दिउसो, साँझ सबै सामान्य हो । तर भारतले क्रिकेट हारेको सामान्य होइन ।
सन्तोष पन्थलाई घुम्न दिएर हल्का share को कुरा गरम ।
सन्तोष पन्थले पनि धेरै कम्पनीको share किन्नु भएको होला । सुनिल बादे श्रेष्ठ दाजुले त उल्का गर्नु भएको रहेछ । धेरै कम्पनीको share किन्न हुन्छ र ? तीन - चार सम्म त ठिक होला । १० वटा कम्पनीको share किन्न अनुसन्धान गर्न पर्दैन ? अनि सबै अनुसन्धान गर्न सम्भव छ त ? धेरै मानिसको पैसाबाट यी कम्पनिका थोरै साहुले पो ठुलो budget को "लुट " फिलिम बनाउंदै छन् जस्तो लागेको छ मलाई । चन्द्रागिरिको साहु मालामाल छन् । कति पुग्यो share को मूल्य? यिनैले चलखेल गरेर नाफा लान्छन्।
Comments
Post a Comment