हिजोको indoor क्रिकेट ग्याम।

क्रिकेट खेल्न जाने कि नजाने भनेर  हिजो  दोसाँधमा थिएँ । मान्छे नपुग्ने भएर अब अर्को हप्ता ग्याम हुन्न भनेर श्री सन्दिप ज्ञवालीले भने । अन्तिम दिन हो भने त ब्याटिंग गर्न पर्ला भनेर अन्तिम समयमा जाने निर्णय गरें। प्रदुषण व्यापक थियो। कति ठुलो संख्यामा जंगलमा आगो लाग्या होला।  

पशुपति पुगें। सधै १२ बजे आसपासमा  रामायण बाचन सुरु गर्ने बाचक आज पनि एक्शनमा आउन तयारी गर्दै हुनुहुन्थ्यो । आज सुन्न समय थिएन । पहिले हल्ला सुनेको थिएँ । हनुमान लंका पुग्दा बिभिषणसंग भेट हुन्छ । बिभिषण राम  भक्त रहेछन्, उनको दरबारमा रामको भजन चल्ने  रहेछ ।  


रावण शिव भक्त । 


बिभिसन र हनुमानको पहिलो चरणको वार्ता सफलता पुर्वक सम्पन्न हुन्छ । बिभिसनले "हेर्नुस हनुमान दाजु, मेरो अवस्था त दांतहरुबीचको जिब्रो " जस्तो छ भनेको  टेस परेको  थियो मलाई ।


आज रामायण सुन्न समय नभएकाले निस्कें। नविन्द्रराज जोशीको हिजो मृत्यु भएकोले मलाई पनि मृत्यु बोध हुँदै थियो । निर्वाचन  आयोग प्रयोग गरेर प्रचण्डलाई बाक्सामा हालेर, नविन्द्रदाजुको बाक्सासंग  साट्न मिल्दैन ?  


ग्याम खेल्न indoor पुगियो। 


पहिले fielding पर्यो । बलिङ्ग राम्रो हुँदै थियो ।  । मेरो बलिङ्ग सबभन्दा बिग्रेर एक ओवरमा २० मार खाएर score ५० बाट ७० पुग्यो । पछि ९७ रन पुग्यो पहिलो इन्निंगमा । मेरो बलिङ्ग full toss र ओवर पिच खस्यो । श्री सन्तोष ज्ञवालीले रोक्न पर्ने २ वटा बल छोडेर मलाई २ boundary को गम्भीर धक्का लाग्यो । महान सहास गरेर यस्तो सानो ground मा स्पिन जस्तो slow बलिङ्ग गर्दा म जोगीको घरमा सन्तोष ज्ञवाली जस्ता सन्यासी पाहुना  लागेर  २ वटा boundary छोडी  दिन्छन्।


पहिलो इन्निंगमा श्री तिश्नु  भण्डारीले २ ओवर गरेर 3 wicket  लिंदा ग्याम हाम्रो नियन्त्रण  बाहिर   गएन । 



पहिलो इन्निंगमा राजन ब्रो र पवन ब्रोले गोदेका  थिए हाम्रो  बलिङ्गमा । मलाई एक ओवरमा चुट्ने पवन ब्रो थिए । 

 

 हाम्रो ब्याटिंगले पहिले इन्निंगमा all-out नहुनी   मौलिक   र  गम्भीर अध्ययन गर्न पर्ने नियमको राम्रो प्रयोग गरियो । खासै राम्रो ब्याटिंग नगर्दा पनि 87 रन बनेर १० रनले पछि परियो । 


दोश्रो इन्निंगमा हारको बिगुलको आवाज  हाम्रो टिमका  ठुला  ठुला  बलरले  पिटाइ खाँदा निस्कियो । सम्बृद र "पुर्व राम्रो batsman " ले कुटे । सबैले भकाभक छक्का खान थाले  पछि पहिलो ६ ओवरमा ग्याम नियन्त्रण बाहिर गयो।  मैले बलिङ्ग गरेको थिइन ।  wicket लिएको भन्दा wicket आयो धन्न । तिश्नुजीले death ओवर बलिङ्ग गर्दा १२ बलमा  एउटा पनि boundary  नखाएर  एउटा स्थितिको निर्माण गरे । म ground सानो भएको घोसणा गर्दै स्विंग बलर भएको थिएँ । मेरो पनि बलिङ्ग नराम्रो  भएन। राजन  ब्रो महतोपूर्ण wicket  पनि लिएकै हो । 


हामीले 119  chase गर्न पर्ने भयो । 


यो ground मा हामीले पनि पिट्न पर्छ माओवादी जस्तो स्खलित हुन हुन्न भन्ने मलाई थियो । धन्न टुप्पोबाट पलाएका कप्तानले मलाई र सन्दिपलाई ओपेनिङ्ग पठाए । मलाई ओपेनिङ्गमा वा no  ३ मा गएर fire खोल्न मन पर्छ । मैले फायर खोलें । सन्दिपले पनि खोले । पहिलो पाँच ओवरमा ४ छक्का र ४ चौकाको rocket launcher प्रहार गरेर हामी ग्याममा फर्केको अवस्था आयो ।   

मेरो येति धेरै straight drive लाग्यो कि अब त्यो associate र affiliate को तह भन्दा धेरै माथि पुग्यो । तर ४ वोटा छक्कालाई माथिको  मुजीजी धागोको  जालीले छेकेर हामीले २० run ले हार्ने  पर्ने स्थीति भयो । त्यो जालीले येति छेक्योको कुरा नगर्नुस ।


 घरमा आएर बस्दा  " straight धागोको जालोमा नहान्ने, बरु off र leg को फलामको जालोमा हान्ने formulae खुल्यो " । अब २५ बल खेल्दा आठ चौका हान्न सकिन्छ भन्ने खुलेको छ । bowling मा धेरै insult  भएकोले अब मेरो bowling नयाँ चरणमा प्रवेश गर्छ, विचार खुलेको  छ । हाम्रो पालोमा त हामी पनि fire खोलिंन्छ।  मलाई  २/३ वटा विचार खुलेका छन् । अब ब्याटिंग थामी नसक्नु हुन्छ , झन् अर्को चरणमा प्रवेश गर्छ । बलिङ्ग दोश्रो चरणमा ।      



   


  

Comments

Popular posts from this blog

केपी ओली

Reading Harari's sapiens with method of adaptation

सन्जम रेग्मी उवाच ।