काठमाडौँमा हिड्ने गतिलो ठाउँ छैन ।

काठमाडौँमा हिड्ने  गतिलो ठाउँ छैन । शरीर तन्काउन २ घण्टा हिंड्न मनमा प्राचिन भावना आए कता जाने ? सडकमा धुवाँ धुलो छ । गोदावरी सम्म के पुग्नु हिड्ने भनेर । पुगे पनि गोदावरी सरकारी  nursery सानो छ । त्यो जस्ताको तेस्तै छ । सधै उस्तै । त्यसको आकार बढाउन पर्ने भो, त्यो भएको छैन । बन मन्त्रालय अन्तर्गत विभिन्न कार्यालय मात्र छन् त्यहाँ । नयाँ घरमात्र । 


पशुपतिको हालत पनि उस्तै छ । नजिक airport छ । golf course भगाएर त्यहाँ पार्क बनाउँदा एरपोर्टमा कोहि पसेर बिमान अपहरण गर्देला । त्यो goal course मलाई मन परेको छैन ।  

  


अहिले काठमाडौँको खोलाको किनारमा धेरै ठाउंमा बाटो बन्दै छ । त्यहाँ पनि कार र मोटर साइकल कुदेका छन् । यो बन्द हुन पर्छ । cycle lane  र घन्टौं हिड्ने मिल्ने गरि फूटपाथ बनाउन पर्ने हो । ध्वनि र धुवाँ  प्रदुषणबाट मुक्त गर्न । अनि jacaranda , cherry , maple , र camphor उर्फ मसलाको रुख पो रोप्न पर्ने हो ।



शिवपुरी म एक दुई चोटी मात्र पुगेकोले सम्पूर्ण जानकारी थिएन ।  काठमाडौँको आजको बिपीको समाजवादी र मदनको बहुदलिय जनवादी राजनीतिक विचारको बीचमा दुई घण्टा प्रदुषणलाई छलेर हिंड्न परे शिवपुरीमा सम्भव छ भन्ने सुने । समाजवाद उन्मुख ब्यबस्तामा टिकेटको १५० रहेछ । कम्तिमा ५० सम्म त गरम । 


मानिसको शरीर इतिहास देखि धेरै हिंडेको छ । चार खुट्टामा कुद्ने मानिस दुई खुट्टामा हिड्नु ठुलो ठुलो घटना थियो । दुई खुट्टामा पनि मानिस धेरै हिंडेका छन् । इतिहास देखि नै थोरै समय पानी पर्ने लामो समय पानी नपर्ने एउटा प्राकृतिक समस्या मानिसलाइ पर्यो । त्यसले गर्दा दुखको सिर्जना भयो। 


जंगलमा मूल फुटेर मानिसलाई केहि सहयोग भयो । धेरै भएन । रोगले पनि समस्या ल्याउने भए । न्यौपाने ढाडे भएर सधै जंगलमा पानीको मूल नजिक बस्न सम्भव हुने भएन । lock  down मा त किर्तिपुरको त्रिभुवन विश्वबिद्यालयमा पनि चितुवा पसेछन् । 


शिवपुरीमा  ठुला ठुला पानीको मूल छ भन्ने सूचना मैले पाएको छु /  अरुको  camera बाट marx वादी फाइदा लिएर मैले youtube मा  video  हेरें । दृश्य मलाई मन परेको छ । 


मलाई शिवपुरी गएर हप्ताको एकदिन कुल चार घण्टा हिंडेर, शरिरलाई थकाएर पट्टपट्ट दुखाउन मन छ । योजना छ । यसरि थाकेको शरीरले सररर पानी पिउँदा मज्जा आउँछ । चार घण्टा हिंडे पछिको २ घण्टा आराममा मस्त आनन्द आउँछ ।  

     

पानी पिउंदै हिड्न मलाई मन पर्छ । एक घण्टा हिंडे पछि तीनवटा टेस पर्ने गीत सुन्यो । आराम गर्यो । यसरि हिंड्न मन पर्छ। शरीरलाई दुख दिंदै एक्कै चोटी "छिटो पुग्न पर्छ " भन्दै ह्वार ह्वार हिंडेको मन पर्दैन। cortisol  भन्ने तनाव धेरै उत्पादन हुन्छ शरिरमा  । जसले cortisol को उत्पादन  रोक्न सक्यो, उसको शरीरको share को मूल्य बढ्ने हो । 

   

  

Comments

Popular posts from this blog

केपी ओली

Reading Harari's sapiens with method of adaptation

सन्जम रेग्मी उवाच ।