इतिहास
इतिहास रोचक हुन्छ । बाबुराम आचार्य दाजुलाई पनि घरमा बस्न पर्यो/ बाबुराम दाजु साकाहारी हो कि होइन ? केटाकेटी होलान, खाजा खान पर्यो । त्यसैले राजा- महाराजको धेरै इतिहास लेख्न पर्यो । तानासाही व्यवस्थाको दबाब । ठुलो दबाब । त्यसैले दाजुले राजा महाराजाको इतिहास लेख्न पर्यो । मलाई इतिहासको लागि उपन्यास पढ्न मन पर्छ। उपन्यासले एउटा कालखण्डको इतिहास भन्नुहुन्छ । धेरै मानिसको इतिहास भन्ने सामर्थ्य उपन्यासमा हुन्छ ।
अहिले त इतिहास भनेको श्री प्रिथिवी नराइन शाहको इतिहास। महेन्द्र दाजुको। भिमसेन थापाको इतिहास भन्ने परेको छ ।
पशुपतिनाथ मन्दिर पनि एउटा शक्ति केन्द्र नै हो । पशुपति मन्दिरको साँढे दाजुले पनि जंग बहादुरको छोरा जगत जंगको इतिहास बारे समय कोरेर बस्नु भएको रहेछ । जगत जंगले ल्याएको साँढे त अलि सानो थियो होला / राणाकालिन समयलाई बोध गर्न रुद्र राज पाण्डेको नाटक "हेरफर " पनि गुड हो । पशुपति नाथ मन्दिरको ढलोटको पानस राजा सुरेन्द्रले चढाएका रहेछन्। मलाई राजा राजेन्द्रबारे जान्न मन छ । त्यी अकिञ्चन भएकोले उनको बारे कसैले किताब ल्याएको छ जस्तो मलाई थाहा छैन ।
राजेन्द्र दाजु ६८ बर्ष बाच्नु भएको रहेछ । शाह राजाहरु धेरै कम समय बाँचेको छन् । सानो समयमा राजा हुनु भो राजेन्द्र दाजु । तर उँहालाई राजाबाट हटाएर ३० बर्ष भन्दा बढी नजरबन्दमा राखेका रहेछन् । त्यो नजरबन्द दुख थियो कि सामान्य नै थियो? मलाई राजा राजेन्द्रबारे जान मन लागेको छ ।
भिमनिधि तिवारीको उपन्यास "इन्साफ " मा सेती र विरबहादुर खत्रीको इतिहास छ । सुक्खाको समस्या छ । कोइरालो खाएर पनि केहि समय त बाचिन्छ भनेर तर्क गर्छन् । अनि भैंसी पाल्छन् । हिसाब गर्दै पानी हाल्दै नाफा गर्छन् । पछि भैंसी बिरामी परेपछि उपान्यासमा मोड आउँछ ।
फेरी पशुपति जाम । चन्द्र शमशेरको बारे पनि पशुपतिमा लेखाई छ। पशुपति भएकोले महेन्द्र र बिरेन्द्रले पनि त्यो मेट्न सकेनन् होला ।
महेन्द्रले पशुपति पूजा गरेको ढलोटको मुर्ति पनि छ । सम्पूर्ण शाह राजाको पनि छ ।
गुरु प्रसाद मैनालीको केहि कथामा छोटे राजाहरुको आतंकको इतिहास छ । काठमाडौँमा बस्ने शक्तिसाली मानिसले शक्ति गाउँको कुनै एक मानिसलाई दिने । जंगलको अधिकार लगायत । अनि आम मानिसलाई घाँस र घर बनाउन काठ पनि नहुने । त्यो समयमा पनि । अनि सरकारी मुद्धा खेप्न पर्ने घर बनाउन काठ काट्यो भनेर ।
Comments
Post a Comment