उपन्यास पैताला

 अन्जन दाजुले दिएको उपन्यास पैताला पढ्दै पनि छु । गनेस पौडेलद्वारा लिखित यो उपन्यास पहिले देखि पढ्न मन थियो । गनेश पौडेल र कुमार नगरकोटीको दोस्ती बारे twitter को माध्यमबाट अवगत थिएँ । गनेश पौडेलको स्वभाव रोचक छन्। 


 उपन्यासको सुरु बैंकबाट ऋण लिंदाको समस्याबाट सुरु हुन्छ ।   


कृषिको समस्या पनि छन् । ऋण लिएर कृषि गर्दाको समस्या । ब्यापारीले सस्तोमा किन्न खोज्ने नत्र भारतबाट बिषादीको उन्माद भरिएका सस्ता तरकारी ल्याएर बेच्ने । कृषिमा खर्च धेरै हुने आम्दानी कम हुने समस्या । कृषि क्षेत्र ब्यापारी र नेतामा गएको अर्थात् किसानको हातमा नभएर यो समस्या आएको भनेर विश्लेषण गर्न सकिन्छ ।  


पात्रको जग्गा लिलामीमा पर्ने स्थिति छ । जग्गा पोखराको । गनेश पौडेलको घर पनि पोखरा हो । गनेशको पुखौली घर पोखरा हो । अन्जन भण्डारीको पाल्पा । पाल्पाको जग्गाको भाउ त्यति गतिलो  छैन । पोखराको मालामाल । 


उपन्यासले उठाएको अर्को बिषय जोगीको हो । 


एउटा युवक १७ बर्षको उमेरमा जोगी हुन लागेको छ । यो उमेर अलि कम छ । उमेर २० सम्म पारेको भए हुन्थ्यो होला । अझ २२ गुड हुन्थ्यो । यो उमेरको जोगीको एउटा sex scene लेखकले गजब लेखेका छन् । स्टामिना अलि धेरै नै देखिएको छ त्यो उमेरको लागि । तर त्यो सपना हुन्छ । सपना भए पनि त्यो अलि धेरै नै कलिलो उमेरमा अलि उपल्लो दर्जाको सपना भयो । 


जोगी रारा वरपर पुगेका छन्  । त्यहाँ उनले ६० बर्षको बिदेशी संग भेट भएर एउटा दोस्ती जस्तो हुन्छ । 


एउटा दुर्घटना हुन्छ । हिउँ परेर बाटो सब गायब हुन्छ । जसो तसो हेलिकोप्टरबाट त्यो बिदेशीको उद्दार हुन्छ । बिदेशीले युवा जोगीलाइ  पैसाको ठुलो बिटो दिन्छन् ।  जोगीको जीवनमा एउटा नयाँ मोड आउँछ।  


उपन्यासको भाषा राम्रो छ । बर्णन खुबी गतिलो छ । मिठो भाषा छ , जबर्जस्ति बौद्धिक पार्न खोजिएको छैन । कथा कस्तो हुन्छ भन्ने मलाई उत्शुक छ । यस्लाई एउटा घटना पछि love story  बनाउन पनि सकिन्थ्यो भन्ने मलाई लाग्या थियो । यो कथा मैले page  १०० पुर्याएको स्थानबाट कमसल हुन पनि सक्छ वा सुन्दर भएर निस्कन पनि सक्छ । म पनि हेर्दै छु। 


 

Comments

Popular posts from this blog

केपी ओली

Reading Harari's sapiens with method of adaptation

सन्जम रेग्मी उवाच ।