किन रातो पुलमा श्री सन्दिप लामीछानेले मैले भन्दा बढी पिटाई खान्छन् ।
रातो पुलमा मैले धेरै पिटाई खाएको छु । रातो पुल अर्थात् indoor cricket venue , जुन महान धोबी खोलाको समिपमा छ।
पिटाई खानुको कारण ground flat र सानो भएर । medium गरेको भए अलि कम पिटाई खाइन्थ्यो । आजकाल मैले पनि ब्याटिंगमा गएर ठोक ठाक पार्ने हुँदा पनि बलिङ्गमा परिक्षण र ज्ञान सिर्जना गर्न अफ्टारो हुन्न । अझ मेरो ब्याटिंग थप आक्रमक हुँदै छ भनेर मैले घोसणा गरिसकेको छु । त्यो मुजीजी माथीको जालीमा नलाग्ने गरि हान्ने एउटा तर्क उठेको छ ।
सन्दिपलाई विकेट लिने दबाबले गर्दा धेरै गूग्ली फालेका छन् । अब पहिला जस्तो योगेस भट्टराई जस्तो "केटो " होइनन् ।सन्दिपले विकेट लिन सकेनन् गीत धेरै गाएर भनेर descartes को सिद्धान्त प्रयोग गरेर तर्क निकाल्छन् । गीत गाउनु नगाउनु दुवै सामान्य हो । एक दुई हप्ता गीत गाएर केहि हुन्न।
गूग्लीले गर्दा धेरै lbw र bowled हुने सम्भावना हुन्छ । यदि मैले यो दुईतिर turn गराउने किङ्ग yuzvendra चाहल, सन्दिप, मुजिब, राशिद खान, कुलदिप यादव , सदाब खानलाइ खेल्न पर्यो भने सबैलाई "भित्र आउने " जसरी खेल्छु र lbw र bowled को धरापबाट जोगिन्छु । कम्जोर बलमा boundary हानी हाल्ने हो ।
यदि पिच skid भयो भने भित्र आउने बल turn नहुने हुँदा त्यति प्रभावकारी हुन्न । flat पिचमा boundary खाने हुने हुँदा बलर सुरु देखि दबाबमा हुन्छन् । अहिले tu मा dead grass राखेको हुँदा wicket skiddy भएर धेरै boundary आएको हो । पहिले catch उठेर out हुनु पर्ने बल अहिले छक्का जाँदै छ । सबै बलरलाई पहिलो बल देखि boundary को दबाब भएको छ ।
फिरोज़ा कोटला र uae र जिम्बाब्वेको विकेट पनि slow हुने हुँदा त्यहाँ धेरै boundary जाँदैन । यसले गर्दा बलरको अत्मविश्वास मजबुत रहन्छ । तर wankhade , south अफ्रीका र nz को skiddy पिचमा स्पिन्नरले धेरै boundary खाने हुँदा सुरु देखि दबाब हुन्छ । शित पर्यो भने ipl मा पनि second इन्निंगमा ब्याटिंग गर्न सजिलो हुन्छ । पिचको pace बढेर बल ब्याटमा आउँछ । र बल skid भएर turn बन्द हुन्छ । slowness हराउँछ , turn बन्द हुन्छ अनि हरि धुलाई भएर बलरको हरि बिजोग हुन्छ ।
रातो पुलमा पनि बल राम्रो pace मा ब्याटमा आउने हुँदा boundary धेरै खाने हुन्छ । अनि स्पिन्नर ले त ब्याटरलाइ समय धेरै दिने हुँदा त्यो झन् ब्याटरलाइ फाइदा भयो ।
राम्रो स्पिन्नर बन्ने नै flat पिचमा बलिङ्ग गरेर नै हो । slow पिचमा त जसले पनि विकेट लिन्छन् । पहिले साहब आलम लगायत नेपालमा १५ जना महान स्पिन्नर जन्मेर उत्पात भो भनेर मानिस उफ्रिदै हिंड्थे । अहिले साहब आलमले धोबी धुलाई भेटेको समाचार छैन बरु सन्दिपले धुलाई भेटेको समाचार छ। दिपेन्द्र, राजेन्द्र , सुरेन्द्र सबैले पिटाई भेटेकै छन् । पहिले विकेट लिएर उत्पात थियो ।
सन्दिपले रातो पुलमा आएर बलिङ्ग गरे अझ सुधार हुन्छ । बल ब्याटमा आउने हुँदा bat घुमाउन ब्याटर तयार हुन्छ । ground सानो छ । catch कम हुन्छ ।LBW को नियम चल्दैन । हल्का short फाले boundary हो। हल्का फुल फाले boundary हो । ठ्याक्क ठाउंमा फाले बल हलुको हुनाले हल्का turn हुन्छ , अनि beat गराउन सकिन्छ । तर सबै मिल्न पर्यो । wrist मिल्न पर्यो accuracy मिल्न पर्यो । रातो पुलमा जस्तो दबाबमा बलिङ्ग गरेपछि तर्क उठ्छन् । ज्ञान सिर्जना हुन्छ। आफुलाई काम लाग्छ ।
मैले hip को प्रयोग गरेर राम्रो बलिङ्ग भयो भनेर ज्ञान सिर्जना गरेको थिएँ । तर त्यो ज्ञान गल्ती भयो । फेरी धुलाई भयो । अहिले wrist को नयाँ तर्क उठेको छ।
यो तर्क अलि फरक छ । कहिले कहिले मेरो बलिङ्ग खेल्न नसक्ने गरेर bounce हुन्छ । त्यो bounce को पछाडी कुन ज्ञान वा theory ले काम गरेको छ बुझ्न नसकेर त्यो bounce सधै निकाल्न सक्दिन । अनि महान धोबी खोलाको नजिक मेरो धुलाई हुन्छ ।
स्पिन्नर र pace bowler दुवैको हतियार wrist को मौलिक प्रयोग भन्ने मलाई बोध भएको छ । starc र cummings जस्ता ढेडुले यो ज्ञानमा पस्न नसकेर भारतले टेस्ट series अस्ट्रेलियामै गएर जित्यो । किनकी starc र cummings ले नयाँ बलले स्विंग गर्न सकेनन्। हिजो पनि ipl मा cummings ले एक ओवरमा ३ छक्का भेटे क्यारे । पुरानो बलले पनि wrist को प्रयोग गर्न पर्ने हुन्छ । flat पिच जुनमा bounce र extra pace छैन त्यसमा pace को मात्र काम हुन्न । wrist प्रयोग गरेर हावामा बल हल्लाउन सक्न पर्यो । पिचबाट सहयोग छैन भने जे गर्ने हो हावामा गर्ने हो । जादु हावामा गर्ने हो, सिर्जनाले हावामा बाँसुरी बजाउने हो । मलाई पनि wrist को नयाँ theory खुलेको छ, hip -theory जस्तो असफल हुन्न होला ।
दिलिप नाथले नेपाल र नेपालीको कल्याण गरुन ।
Comments
Post a Comment