बिपी कोइरालाको नाम नेपालमा लिन चुनौतीको बिषय छ ।

 बिपी कोइरालाको नाम नेपालमा लिन चुनौतीको बिषय छ । यो " पहेंलो " कांग्रेस रहेछ भन्छन् । गर्मी बढ्दै जाँदा आँपको याद आएकोले पहेंलो भनेको । नीलो भनेको भए पनि हुन्थ्यो । नेपालको राजनीति दुई ठुला पार्टी वरिपरि घुम्छ, एमाले र नेपाली कांग्रेस । 


तेश्रो ठुलो दल नहुनु दुखद भएको छ । कांग्रेस र एमालेका १५ जना बासी टाउकेको चुनावी तानासाही देशमा मुखर भएको लामो कालखण्ड भएको छ । एक जनाको तानासाही बुझ्न सजिलो हुन्छ, १५ जनाको बुझ्न जटिल हुन्छ । 



 बिपी कोइरालाको शक्ति उनले लेखेका पुस्तकबाट आउँछ । पुस्तकमा अरुलाई गालि र घुमाएर आफ्नो वा समाजवादको तारिफ गरेको भए उनका  किताब पनि कुण्ठित र रनाहा हुन्थे । उनले आफुले देखेको र सोचेको अनुभव राखेकोले पुस्तकको एउटा व्यक्तित्व बनेको छ  । प्रदिप नेपालले पनि पुस्तक लेखेका छन् । तर त्यी पुस्तकमा तारिफ र गाली धेरै हुने हुनाले त्यी पुस्तकमा आभाको मात्रा कम छ । 


आरम्भमा एउटा तथ्य पेश गर्छु । मैले यो "आरम्भ " शब्दको "प्रयोग " गर्न देवकोटाबाट सिकेको । उही लक्ष्मी दाजु । कोइराला निवस्त्र भएर सुत्थे रे । कसैलाई बत्ति बालेर सुत्न पर्छ । डा लुनालाई रातिको १२ बजे पछि मात्रा सुत्न पर्छ । रामेशको दुई होला । गगन थापा निवस्त्र भएर सुत्छन्  कि सुत्दैनन मलाई थाहा छैन ।



 बिपी कोइरालाको एउटा समस्या  उनले जसलाई पनि बिश्वास गर्ने  स्वभाव हो जस्तो देखिन्छ । निवस्त्र भएर सुत्नु /  वा आन्तरिक सम्पदालाई कपडाले कैद गरेर सुत्नु दुवै सामान्य हो ।  भुँईचालोलाई notice मा लिने हो भने कपडा लाउँदा गुड होला । १७ सालमा महेन्द्रले सेना प्रयोग  गरेर  राजनीतिक भुँईचालो  ल्याए । बिपीले महेन्द्रलाई बुझ्न सकेनन् । भरत शम्सेरसंग सल्लाह लिएको भए केहि गतिलो defense बनाउन सकिन्थ्यो होला । बिपीले सबै मानिसलाई आफु जस्तो ठान्नु उनको कमजोरी हुन सक्छ । 


पुष्पकमल दाहाल (उदण्ड ) लाई कसैले विश्वास गर्दैनन् । बिपी कोइरालालाई धेरैले विश्वास गर्नु उनको शक्ति हो जस्तो लाग्छ । पहिलो संविधानसभा पछि नेकपा माओवादी  एउटा ठुलो संगठनात्मक शक्ति हुन सक्थ्यो । आज प्रचण्डको पछाडी  मात्र चारजना पटके  मन्त्री  छाता ओढेर  कुदेका छन् । त्यी मध्ये एउटा बर्षमान पुन हुन्। श्री हिसिला यमीको परिवारमा जस्तो एक परिवार दुई मन्त्रीको महान, अग्रगामी, क्रान्तिकारी , श्रद्येय  सिद्धान्त बर्षमान दाजुको परिवारमा पनि कार्यन्वयन र प्रतिकार्यन्वयन छ ।  बिपी कोइराला लगायतको नेत्रित्योमा नेपाली  कांग्रेस जस्तो ठुलो संगठन बन्यो । शेर बहादुर देउवा नीतिगत कार्यक्रमको बिषयमा बोल्दै नबोली त्यहि संगठनको बलमा प्रधानमन्त्री भए, हुँदै होलान । गिरिजाको  स्खलनले शेरबहादुर जन्मिए । "मादप "  को १५ बर्षको महासचिवको लोभ र चुनावी महाधिवेशन तानासाहीले  केपी ओलीको जन्म भयो । अहिले संगठन जर्जर भएको छ । पटका पड्के पनि पनि एमाले फुट्ने स्थिति भएको छ ।  नेपाली कांग्रेसको संगठनलाई थप कमजोर पार्न रामचन्द्र पौडेलले jeans र cap लगाएर वाचाल हुँदै छन् । 


रबिन्द्र मिश्र दाजु एक व्यक्ति एक पार्टीको सिद्दान्तमा आफ्नो  तारिफ गर्दै हिड्नु हुन्छ । उनको पार्टीलाई चलायमान पत्रकारले गरिदिएका छन् । पार्टी कसरी बनाउने  खुबी बिपी कोइरालामा देखिन्छ । मुद्धाले नै हो पार्टी बन्ने र निरन्तरको छलफल र गाउँ गाउँ पुगेर मुद्धालाई मुखर बनाएर  । पत्रकारकोमा  पुगेर पार्टी बन्दैन भन्ने बिपीमा अवस्य खुलेको थियो   । राजनीति भनेको  भाषण  होइन ।  भाषणको  उपदयता अवस्य छ , तर सीमितता पनि छ भन्ने बिपीले बुझेको हुन पर्छ । 


मात्रिका कोइराला वा गिरिजा बाबु वा सुशील जति बिपी बाँचेको भए नेपाली कांग्रेस अर्कै हुन्थ्यो होला । गगन कति बाञ्छन्  मलाई थाहा छैन । सुशिला कोइराला पनि लामो समय बाँच्नु भयो । उहाँको पहिलो थर मलाई थाहा भएन । सुशिला र बिपीको कति सालमा बिहे भयो मलाई थाहा छैन । म जान पाइन। सुशिलाले गिरिजाको बारेमा के सोच्नु हुन्थ्यो मलाई एउटा चाखको बिषय छ । बिश्वप्रकास शर्माले  रुन्चे र मुद्धा शुन्य  अनि आफुलाई  हावी पार्न  खोज्ने कविता लेख्न बन्द गर्ने हो भने उहाँ ९० बर्ष बाँच्नु हुन्छ भनेर  मेरा ज्योतिषले भनेका छन् । शेर बहादुर  देउवा निरन्तर समाजवादको यात्रामा लोकन्त्र खतरामा परेकोले बलियो पार्न संघर्ष गर्दै  ध्यानमा हुनुहुन्छ /  


गगन थापाको समाजवाद महामन्त्रीमा उठे  अहिले  जितिन्छ, सभापतिमा उठे हारिन्छ भन्ने ऐतिहासिक बिन्दुमा पुगेको छ । ससुरा  पापा अहिले के मा उठ्ने हो ? 


माओवादी र एमाले एकीकरणले उठाएको  समस्या जस्तो,  दुई फरक कांग्रेस एकीकरणले गर्दा मातृका कोइराला पार्टी प्रमुख हुने महान सहमती  भयो /  समयको  आगमन पछि  उनि प्रधानमन्त्री पनि  भए । इतिहास दोहोरिएको जस्तो भयो । बिपी कोइरालालाई सम्झिंदा पनि हुने देखियो ।




 

Comments

Popular posts from this blog

केपी ओली

Reading Harari's sapiens with method of adaptation

सन्जम रेग्मी उवाच ।