इतिहासकार नयराज पन्त
इतिहासकार नयराज पन्तका दुईजना छोरा पनि इतिहासकार हुनुहुन्छ । जीवित हुनुहुन्छ । नयराज पन्तको जन्म संवत १९७० मा भएको हो। चन्द्र शमशेरको मृत्यु संवत १९८६ मा भएको थियो । अनि समय भिम शम्शेर उदयको भयो।
कवि लेखनाथ पौडेल राजदरवारमा पण्डितको रुपमा कार्यरत हुनुहुन्थ्यो । नयराज पन्तसंगको पहिलो भेटमा " नाक त बुवाको जस्तै रहेछ नि त " भन्नु भएको थियो पौडेलले । नयराज पन्तको बुवाको मृत्यु उनि १ बर्षमा चल्दै गर्दा भएको थियो । नयराज पन्तका पितामह भागवतलाई प्रखर व्यक्त गर्नु हुन्थ्यो । यो बिषय नयराज भेट्ने धेरैले उनलाई सुनाउने गर्थे ।
नयराज पन्तको गुरु जसलाई उहाँ "मातामह " भन्नु हुन्थ्यो, उहाँको प्रभाव नयराजको जीवनमा ठुलो पर्यो। मातामहको नाम भुवननाथ पांडे थियो । भुवानाथ पांडे बिहान ३ बजे उठेर नित्य भागवत पढ्नु हुन्थ्यो । भुवननाथसंग नयराज बस्नुहुन्थ्यो ।
पृथ्वी नारायण शाहको पहिलो छोराको नाम विवाद समाधान गर्न पण्डित भुवननाथको भूमिका रहयो । बाबुराम आचार्यलाई पनि दुई नाम मध्ये ठ्याक्क कुन नाम ठिक हो भन्ने निश्चित थिएन । सिंहप्रताप र प्रतापसिंह शाहबीच बहस थियो । भुवनले गोर्खाली राजाको टक खोज्न थाल्नु भयो । यो " टक " भन्ने मैले बुझेको छैन । अध्ययन पछि भुवनले सहि नाम प्रतापसिंह शाह हो भनेर ट्वाक्क भन्नु भयो । भुवनको उवाच यस्तो थियो " सिंहप्रतापको टक कसैले देखाउन सक्यो भने म दश रुपियाँ राखी त्यस टकको दर्शन गर्छु "।
नयराज पन्तले शिलालेख अध्ययनको क्रममा खोजी खोजी पढ्न थाल्नु भयो । घरमा नेवारी लीपिमा लेखिएको महाभारतको विराटपर्व थियो सो पढी उहाँले देवमंदिरका शिलालेखन खोजी खोजी पढ्न थाल्नु भयो ।
लिच्छिवी लिपी सिक्न नयराजलाई कठिन भयो । तर बेन्डलको पुस्तक हात पारेपछि उहाँलाई सिक्न सजिलो भयो । लिच्छिवी लिपी सिक्न नयराजले नक्साल भगवतीको टुटे धाराको नरेन्द्रदेवको पालको अभिलेख अलिअलि गर्दै पढ्दै सार्दै गर्नु भयो ।
TO BE CONTINUED
Comments
Post a Comment