नेपाल र netherland को final किन टेसिलो हुन्छ ?

 नेपाल र netherland को final मा दबाब नेपाल माथि हुनेछ किन कि दोश्रो भेटमा netherland ले नेपालले बनाएको २०० माथिको पहाड कुदेर चडीदियो । अब २०० बनाए पनि जोगाउन सकिन्छ भनेर ढुक्क हुने स्थिति छैन । netherland को batting नेपालको भन्दा मजबुत देखिएको छ । बलिङ्ग नेपालको  अलि बलियो छ । यदि netherland ले power play मा wicket लिए netherland  को आत्मबिस्वास बलियो हुनेछ । खेल  रोचक हुनेछ । 



नेपाली बलिङ्गमा सबै भन्दा दबाब सन्दिप लामिछानेलाई हुनेछ । सुशान्त भारि खेल्नेछन्।  कमल सिङ्गलाई पनि खेलाउँछन् होला । toss  जित्नेले दोश्रो ब्याटिंग गर्ने जस्तो देखिन्छ । 


नेपालको ब्याटिंग कुशल भुर्तेल, असिफ शेख, दिपेन्द्र ऐरेमा भर पर्छ । ज्ञानेन्द्र मल्लको खास भर छैन । उनको ब्याट कता कसरी घुम्नेको हो टुंगो छैन । आज को ७ छक्का पछि बिनोद भण्डारी भन्दा कारण kc अगाडी ब्याटिंग गर्न जाने सम्भावना छ । १५ ओवरको आस पास । 


netherland ले सुरुमा wicket गुमायो भने नेपाल हाबी हुन सक्छ । पहिलो ६ ओवर netherland ले राम्रो खेले  netherland  का खेलाडी आउंदै छक्का बिस्फोट गर्दै जाने खतरा छ । 


जुन टिमको top order चल्छ त्यसले जित्ने सम्भावना हो । यो नै खेलको मुख्य रोचक पक्ष्य रहन्छ । 


netherland को बलिङ्गको धुलाई भएको हुनाले कुनै नयाँ बलर खेलाउला कि भन्ने चाखको बिषय छ । नेपालले बिनोद भण्डारीलाई हटाएर एउटा extra बलर खेलाउँदा हुने हो । तर त्यसो होला र ? 


नेपालको पहिलो बलिङ्ग हतियार  sompal  नै हो । उनको बल स्विंग भएको हुनाले wicket आउने सम्भावना छ । तर बल कता फाल्ने हुन त्यसको अलि टुंगो चाहिं हुन्न /  boundary खान पनि  सक्छन् । 



final  भएकोले पहिलो आधा घण्टा महतोपूर्ण हुन्छ । ब्याटिंग गर्दा पहिलो आधा घण्टामा दुई विकेट गयो भने टिम दबाबमा पर्छ ।  


netherland को देब्रे हाते ब्याटरले गर्दा , नेपाललाई लेफ्ट arm स्पिन्नर र सन्दिप लामिछानेलाई बलिङ्गमा ल्याउन गार्हो भएर दोश्रो खेलमा दिपेन्द्रले सुरुमा बलिङ्ग गरेका थिए । ओपनर देब्रे हाते खेलाडीलाई जति चांडो out पार्यो नेपाललाई फाइदा छ । नत्र खेलको सुर बिग्रन्छ ।  


netherland को कमजोर बलिङ्ग वरिपरि खेल घुम्छ होला । 




Comments

Popular posts from this blog

केपी ओली

Reading Harari's sapiens with method of adaptation

सन्जम रेग्मी उवाच ।