महाभारत पढ्दै ।
प्राविधिक कारणले मैले महाभारत बीचबाट पढ्न पर्दै छ । पापाले सुरु देखि पढ्ने रे । "तँ यो पढ " भन्ने सूचना आयो। बीचबाट पढ्नु र सुरुबाट पढ्नु दुवै सामान्य हो भन्दै सुरु गर्दै छु । कर्णपर्वबाट सुरु गर्दै छु । द्रोणाचार्य मारिनु हुन्छ । दुर्योधनको गुटका मानिसलाई ठुलो अनुताप पर्छ। अनुताप भन्ने शब्द यहिबाट सिक्दै छु ।
द्रोणाचार्य शहिद भएपछि एउटा बैठक बस्छ । माओवादीमा प्रचण्ड र बाबुराम र मोहन दाजुहरु महान शहिद हुन सक्नु भएन । महान गाईघाट युद्ध, खारा, लिस्ने युद्धमा भाग लिन सक्नुभएन । पछि उर्जा मन्त्री भएका मानिस चार किलो मिटर टाढा लुकेर महान उर्जा दिनु हुन्थ्यो । माओवादी कालमा युद्ध रातमा हुन्थ्यो । महाभारतमा दिउसो । प्रदोषको समयमा युद्ध सकिएर सबै आराम गुड हो भन्दै आफ्नो आफ्नो शिविरमा जानुहुन्थ्यो । प्रदोषकाल भन्ने शब्द पनि टेसिलो छ । अर्को यस्तै शब्द छ, गोधुली । दुवैको अर्थ साँझ ।
द्रोणाचार्य दाजु कौरवको गुटको सेनापति हुनुहुन्थ्यो । उहाँको मृत्यु भएपछि को सेनापति हुनुहुन्छ ? क्रिकेटको भाषामा कप्तान । किङ्ग कोहली ओपेनिङ्ग गएर रन नहानेर , अब श्रीलंका बोलाएर रन हान्छु , यो ipl मा पिचले बलरलाई पनि मान्छे भनेर सहयोग गर्यो भनेर टुक्रुक्क बस्नु भा छ ।
को को ले कर्णलाई चिन्नु हुन्छ ?
कर्ण, दुसाशन ( यो स्पिलिंग गल्ति छ है ) , शकुनि र दुर्योधन एकै स्थानमा सुत्छन् । एउटा मृत्युको माहोलले सबै संवेदनशिल भएका छन् ।
बिहान भएपछि फेरी लड्न जान परिहाल्यो । बिहान भए पछि फेरी लडाई देख्न परिहाल्यो । रामकृष्ण दाजुको " बिहान उठ्ने बितिकै हिमाल देख्न पाइओस " भन्ने गीत record भएको थिएन । यहि समयमा मलाई T S Eliot दाजुको एउटा कविता याद आयो ।
April is the cruellest month, breeding
Lilacs out of the dead land, mixing
Memory and desire, stirring
Dull roots with spring rain.
Eliot दाजुले यो कवितामा किन अप्रिललाई cruel भनेको ? अप्रिलमा त पानी पर्ने समय हो । पालुवा र हरियो र फूलको समय हो । हल्का पानी पनि पर्ने मौसम । चिसो हराएर वसन्तले कावा खेल्ने समय । युरोपमा जाडोमा धेरै हिउँ पर्ने भएकोले युद्ध सम्भव हुन्थेन । तर जाडोको समापन पछि युद्ध सुरु हुने हुनाले अप्रिललाई cruel भनेको । पहिलो विस्व युद्धको माहोलमा लेखिएको कविता हो यो /
बिहान उठेर सबैजना हग्न जान्छन् । खाना खाएर, शरीरमा सूगरको माध्यमबाट उर्जाको fire खोलेर सबै युद्धको तयारीमा लाग्छन् । कर्ण सेनापति घोषित हुन्छन् । दुर्योघनले घ्यु , सुन, अक्षता, गाई, बस्त्र आदि प्रयोग गरेर अभिषेक गरेर कर्णलाई सेनापति बनाउँछन् । यो अभिषेक भन्ने शब्द टेस पर्यो ।
Twitter : @subash_banjade
Comments
Post a Comment