महाभारत ३
अनुताप शब्द सम्झनु भएको छ ?
अनि प्रदोषकाल ?
महाभारतमा बिहान सत्रको युद्ध सुरु हुँदै छ । क्रिकेटको टेस्ट म्याच जस्तै । बिहान दुई घण्टाको सत्र क्रिकेटमा टेसिलो हुन्छ । युधामंयु र उत्तमौजा अर्जुनको रथको पांग्रा सुरक्ष्या ( यो स्पिल्लिंग गल्ति छ, टाइप गर्न अलि आएन ) गर्दै छन् । दुईतर्फ़बाट ठुलो आवाजमा बाजा बज्न थाल्यो ।बाजागाजाको चित्कार आकासमा पसेपछि कुदाकुद हुनथाल्यो । शरीरमा oxygen सक्रिय भएको अवस्था । यिनीहरुलाई के थाहा covid र pneumonia । केहि समय पछि रगत बग्न थाल्यो । मानिस तरबार लिएर अर्को मानिस भित्र पस्न थाले । जनाबारलाई मानवसत्ताले यो युद्धमा घिसारेर ल्याएकोले हात्ती र घोडा पनि हताहत भए । हात्तीमा बसेर दुवै आफ्नो शरीरलाई इलास्टिक लच्काए जस्तो लच्काउँदै धनुषको तारो हान्दै गए ।
भीम र क्षमधुर्त दुवै भाले भएर हात्तीमा बसेका छन् । एक अर्कालाई देखेपछि दुवैमा खगेन्द्र संग्रौला र कनकमणिको आत्मा पस्छ । भीमलाई वाण लाग्छ ।
revision : रथमा सवार कर्णको वस्त्र कस्तो थियो ? सेतो वा हरियो ?
भिम घाइते भए । दुवै सवार हात्ती पनि घाइते भए । दुवै जना भुइमा आएर हानाहान गर्न थाले। भीमको गधाको तिब्र प्रहारमा परेर क्षमधुर्ती उत्ताल पर्छन् अनि इन्तुंनचिन्तु भएर भुँईमा लमतन्न पर्छन् । जाली भाषा प्रयोग गर्ने हो भने शहिद हुन्छन् ।
कर्णले अर्को अखडामा शत्रु मारेर आगो पारेका छन् । ट्याक्क ट्याक्क बाँडले । नेपाली हो नि , पायो भने गर्छ । कर्णको आक्रमण देखेर नकुल महा-एक्शनमा आउँछन् ।
सत्यकिके रिसले पटका पड्के जस्तो पडकंदै अनुबंदिका माथी वाणको वर्षा गर्छन् । भाई माथी सत्यकिके भाले भएको देखेर विन्द पनि आवेगमा आउँछन् । विन्दको अन्त्यमा मृत्यु हुन्छ । सत्यकिकेको फिटनेस र फुर्तिको अगाडी विन्दको केहि लाग्दैन ।
धेरै front मा युद्ध चल्दै छ । मर्नु र बाँच्नु दुवै सामान्य हो भन्ने सिद्धान्त लागु छ ।
Comments
Post a Comment