केपी ओली, क्रिकेट खेलाडी र डल्ला ।
केपी ओली एक किसिमका खेलाडी नै हुन् । उनले बोलीले डल्ला फाल्छन् । सन्दिप लामिछानेले बलले । अहिले सन्दिपको स्थिति पनि स्खलित भयो। quick पिचमा बलिङ्ग गर्न गार्हो हुने ज्ञान उनले पाउँदै छन् । पोल्लार्डले PSL मा २९ को आसपास एक आपसमा हानेपछि उनलाई अलि अफ्टारो परेकै हो ।
ओलीको ताल पनि तबला ठटाउने झाँक्रीको जस्तो भयो । मानिसले गम्भीरता पूर्वक ग्रहण गर्न छोडेका छन्। ओली प्रधानमन्त्री हुँदा जुन आशा थियो त्यसलाई उनको क्षमताले धान्न सकेन । उनि क्रमिक रुपमा फिलिमको कलाकारमा परिणत हुँदै गए । निर्वाचनको लागि पैसा पनि चाहिन्छ भन्ने गिरिजाबाबुको , प्रचण्डपथ जस्तो सजिलो बाटो समात्न थाले । अनि यिनी भाई ब्यापारीसंग हिमचिम गर्दै समृद्धि रस पैदा गर्न थाल्यो । अनि सल्लाहकार र आशपासमा फिस्स हाँस्ने, रिसाहा र चटकी राग प्रादुर्भाव गर्ने मानिस थुपारेर राखे ।
ओलीको नैतिक पक्ष्य उनको नकचरो मुस्कान र हाँसोले उदाङ्ग पार्छ । शेरबहादुर र प्रचण्ड राम्रो भन्न खोजेको होइन । मादपमा एक किसिमको लोभी बौद्धिकतामात्र देखिन्छ । योग्य मानिस चिन्न नसक्ने र प्रयोग गर्न नसक्ने गुण, बासी शेर, प्रचण्ड , मादप र ओलीको मूल प्रवृति । पैसा र कार्यकर्ता बाहिक यिनको अरु बुझ्न सक्ने गुण छैन ।
अहिले भारतले केपी ओलीलाई थामेको जस्तो देखिन्छ । नेपालमा अलि टुंगो नभएको ओली भएकोले उसले नेपालमा "हिन्दु " माहोल बनाइदिन सक्छ भन्ने मोदीको टुकडीलाई लागेको छ । चितवनमा ओलीले राम जन्माएको पनि भारतलाई ओलीले एउटा आँखा झिम्काएको हो भन्ने मेरो मुल्यांकन छ । देउवामा बोलिले डल्ला फालेर राम जन्माउन सक्ने खुबी छैन भन्ने मोदी टोलिले बुझेको छ । ओलीले राम जन्माएका हुन् भनेर महन्त ठाकुर पनि ओलीलाई धुप हालेर बसेका छन् ।
ओली अझै टिके भने एक राउण्ड अक्तियार प्रयोग गरेर फायर पक्कै खोल्छन् होला । बालुवाटारबाट हानेको डल्ला सुरुङ्ग भित्र अलि पसेन । अब माओवादीका सुरुङ भेदी डल्ला अख्तियारबाट फाल्ने महा- योजना ओलीको होला । सन्दिप लामिछाने भन्ने एउटो डल्ला हान्ने केटोलाई सल्लाहकार बनाउने स्थिति पनि बन्न सक्छ । सूर्यदाजू खाएर उत्ताल पर्दा twitter पनि सन्दिपले समाल्छन्
कनकमणि र सूर्यराच पनि यो सरकार बच्यो भने मन्त्री हुन सक्छन् । दुवैको tv मा डल्ला फाल्ने राम्रो अभ्यास भएको छ । कसले कस्तो डल्ला फाल्दै छ त्यो गोचर गर्ने ओलीमा अभूतपूर्व तीक्ष्ण आँखा छन् ।
ब्यापारी मोति दुगड डल्ला फालेर लगभग सरकारमा छन् । यतीले पनि ओलीलाई माया गर्छ त अरुले खाँबो चिथोरेर हुन्छ ?
ओलीको यो खेलमा रेफ्रीले पनि खेलाडी ओलीसंगै प्रशिक्षण लिने हुँदा यो खेल कहिले कता पुग्छ कुनै टुंगो हुन्न। ओलीले गार्गिल गर्दै डल्ला फाल्छन् अरु नियम ओली बनाउंदै जान्छन् । गार्गिल गर्दै डल्ला फाल्ने
Comments
Post a Comment