योगेन्द्र दाजु र सुहागरात

 योगेन्द्र दाजूले बिहे गर्छन कि गर्दैन थाहा छैन । गरिहाले भने सुहागरातको सिद्धान्त अनुरुप गर्न पर्ने तयारी पनि गर्लान नै ।  त्यो रातमा गुलाफको फूल अलि कमसल परेर पात पनि खाटमा पर्यो भने त्यो घोचाईले माहोल बिगार्न सक्छ । दाजूले यो बिषयलाई गम्भीरता पुर्वक लिएकाहोलान् । राति बत्ति गयो हने टुकी बाल्ने कि mobile को light  । अनि mobile बेटरी सकियो भने ।  दुई mobile किन्ने ?  प्लेटो र socrates  र aristotle ले यो बिषय कसरी निरुपण गरे थाहा छैन । 


योगी दाजूको कपाल बाक्लो छ । किन कपाल पाल्दैनन् थाहा  छैन । कपाल लामो पल्दा राम्रो हुन्छ .नि ।   योगी श्रीमतीको कपाल बाक्लो होला कि पातलो । योगी श्रीमती र श्रीमान बिहान उठेर योग गर्दा जब  दुवैको कपाल खुल्छ दुई  मध्ये कसको बाक्लो भन्ने तय हुन्छ ।  


योगी दाजूको सुहागरात सप्ताहमा जान्छ होला । तर बिहान योग पक्का हुन्छ । राती उर्वसी रागमा दाजूले गीत गाउँछन्, बिहान भुपालीको सा, रे , ग , प, ध , सा । म र नि हुन्न भुपालीमा । 


सनिबार महिला indoor cricket पनि हुन पर्यो भन्ने जबर्जस्त माग हुन्छ योगी जोडीको । सनिबार दुवै indoor क्रिकेट खेल्न आउने अनि दाजुले  १५० km /hr  pure  throw   फाल्दा पोथी योगीले ताली बजाउने । भाले योगीको  ब्याटिंग पनि त्यतिखेरसम्म त योग्य भइसक्छ होला ।


पोथी योगीले भाले योगीलाइ नाच्न सिकाउने । भालेले पोथी योगीलाई गाउन । कलाको अभूतपूर्व मिलन केन्द्र । नाच्नपर्छ भनेर नै भाडामा बस्दा तल्लो तल खोजेर बस्ने । कलाले नै कुन तालामा बस्ने भनेर निर्णय गर्ने । कस्तो तालमा बगेको जीवन, अस्तो बलियो सौन्दर्य जगले थामेको जीवनशैली । समय र कलाको कस्तो चेत । आफ्नो समय भन्दा १५० बर्ष अगाडी । अनि सनिबार क्रिकेट खेल्न नजान्ने  ब्याटर परे बलिङ्ग फेरी ११५ km /hr  झार्न  सक्ने   कस्तो नीति  मानव ।  कस्तो योगी कला । कस्तो योगी नीति ।  


मानदेवको श्रीमती देखि छोरीको ज्ञान भएका योगेन्द्र दाजूको छलफलको केन्द्र पशुपति हुन्छ । दुईजना बस्ने प्रागकाल, प्राचीनकाल, मध्यकाल, बिचार, कला, कृषि, पानी, लगायत विभिन्न बिषयमा छलफल गर्ने । पशुपतिको झार  उम्रने जमिनमा ठूलो पुस्तकालय बन्न पर्छ भन्ने योगीदाजूको छलफलको बिषय हुन्छ । दुवैको सहमति । कस्तो नीतिगत मिलन । दुवै साँझमा पशुपतिदेखि हिंड्दै हिंड्दै आफ्नो तल्लो तालोमा आइपुग्ने । साँझको रंगसंग अन्तरघुलित हुँदै । अरु साँझ परेपछि facebook को लागि फोटो खिच्न कुदाकुद गर्छन् । योगी जोडीले मुस्कान भित्र  बाट flash हान्दै  सिर्जना गर्छन् ।



Comments

Popular posts from this blog

केपी ओली

Reading Harari's sapiens with method of adaptation

सन्जम रेग्मी उवाच ।