कुमार नगरकोटी र गनेस पौडेल

मैले गनेस पौडेललाई चिनेको धेरै भएको छैन । youtube मा कुमार नगरकोटीको video मा गनेश दाजूलाई देखें । दुवै जनाको बोल्ने र नबोल्ने  शैली खिच्यो ।  । पछि थाहा पाएँ गनेस दाजूले पनि उपन्यास लेख्नु  भएको रहेछ।

 

 ज्ञानको श्रोत अक्षर र कागज भएको सयौं बर्ष भयो । कागज व्यापक  नहुँदा मानिस ज्ञान कण्ठ पार्थे।  त्यो बाध्यता भयो । अहिले ज्ञानका नयाँ आयाम खुलेका छन् । Video को पनि ज्ञानको माध्याम भएको छ । youtube को Video ले मलाई गनेस ज्ञान दियो । अरु पनि दिएको छ ।



 twitter  र facebook ले फेरी  धेरैलाई लेखक बनाएको छ । अब लेखक हुन साझा प्रकाशन र अरु धनी प्रकाशनले मात्र छाप्न पर्दैन । यो ज्ञानको अर्को आयाम छ । लेखकको संख्या बढेर  ज्ञान प्रसारण हुने अवस्था आएको छ । 


कुमार नगरकोटी दाजू अहिले काठमाडौँमा भाडामा बस्नु हुन्छ ।  प्रकाशक fine print  कति धनी छ? विजय कुमारलाई १० लाख दिएर किताब लेख्न लाउन भन्दा कुमारलाई उक्त रकम दिएर पुस्तक लेख्न लाउन पर्ने होइन ? कुमार नगरकोटी आजको दिनमा एउटा स्थापित लेखक हुन् ।  भैरव अर्याल आफ्ना मनपर्ने लेखक भीमनिधि तिवारी बारे  भन्छन्  एक डोका पुस्तक लेखेर पनि उनको जीवन एउटा कारको होइन एउटा थोत्रो साइकल चढेर बित्यो  । कनकमणि पनि थोत्रो साइकल चड्छन् । कनकको साइकल चढाई बिच्च बिच्चमा शैलीको हो । 


मेरो इच्छा कुमारदाजू पोखरा गएर बस्नुस भन्ने नै हो । भूमिसुधार नभए सम्म काठमाडौँ नआउनुस । 


 कुमार दाजूको लेखनबारे प्रकाशकले नै समिक्षा निकाल्ने  समय भएन र ?  साझा प्रकाशन  पार्टीका कार्यकर्ताको काठमाडौँमा घर बनाउने  कर्ममा मात्र लाग्ने कि यो  समयका लेखकको पनि साहित्य  निकाल्ने । कि सधै देवकोटा  र तारानाथ  र धुर्वचन्द्रको मात्र किताब छाप्ने ?  साझा प्रकाशन छापाखाना हो कि प्रकाशक? आजको साहित्यिक चेत भनेको केपी ओलीको  भाषण मात्र हो ?    



   कुमार दाजूले एक समयमा रक्शि धेरै खानु भएकोमा मलाई गुनासो छ । अब त रोग बल्झेपछि  attack heart को डरले खानुहुन्न । 



कुमार दाजूलाई म शुद्ध प्रकाशकको कर्मचारी जस्तो लेखक मात्र होइन कि short र long form  movies मा प्रवेश गर्न आग्रह गर्छु । गनेशदाजू लाई पनि । छोटा सिनेमाको लागि youtube  राम्रो platform  छ। 


कुमार दाजूको अनौपचारिक र आफू मात्र हावी नहुने व्यक्तित्व छ त्यो मलाई तेजिलो लाग्छ । गनेश दाजूको पनि यहि गुन छ । औपचारिक बौद्धिक हुन  नखोज्ने । समिरमणि दाजू आफू मात्र हावी भएर,  आफू मात्र बोलेर हावी भएको काल जुन चलेको छ । 


कुमार दाजूलाई म कुनै एउटा  बिषय समातेर उपन्यास  लेख्न पनि आग्रह गर्छु । जस्तै पानी, कृषि, शिक्षा, अर्थतन्त्र आदि । शैली नगरकोटी होस् , तर बिषय पनि नवीन होस्।  


कुमार दाजू र गनेश दाजू मिलेर   मानिसको अन्तर्वार्ता लिने youtube channel  पनि खोल्न पर्यो । गनेश दाजूले यसमा अग्रसरता  लिनपर्छ । youtube मा पुण्य गौतम र सुरेन्द्र केसी हेर्दा हेर्दा आँखा पाट्टीए ।   


कुमार दाजू र गनेश दाजू दुवै राम्रो गीत गाउनु हुन्छ । अभ्यास दिनको १ घण्टा जारी रहोस । 

Comments

Popular posts from this blog

केपी ओली

Reading Harari's sapiens with method of adaptation

सन्जम रेग्मी उवाच ।