पुष्प र केपी
प्रभातको पाँच बजे केपी कोठामा सुत्नु भएको छ, झ्याल बाहिर मोहिनी सुर्य उदाएको छ , गर्मी महिना चलायमान छ । केपी उठ्ने समय छ बजे आसपास हो । उहाँका धनुष आकारका सल्लाहकार आठ बजे कुदाकुदा गर्न थाल्छन् । झ्याल बाहिर धरहरा टड्कारो देखिएको छ । केपी उठेर आफ्नो वीणा रुपी मोबाइल समातेर " जंगलीलाई बिहानको राग सुनाउनु पर्यो " भन्दै फोन थिच्दै हुनुहुन्छ । " कमरेड प्रातकालिन अभिवादन " । पुष्प एउटा स्खलित मुस्कान छोड्दै " कमरेड तपाईसंग त सक्किन्न, आज बिहानै सम्झनु भएछ। " भन्छन्। " आउनुस आज १० बजे पछि कागती, चिनी पानी तयारी अवस्थामा राख्छु , " केपीको आफ्नै शैलीको भनाई छुट्छ ।
पुष्प ११ बजे केपीको निवासमा उपस्थिति हुनुहुन्छ । दुवैको गफ चल्दै छ । " कमरेड मलाई त सबैले घेरे , तपाईले सहयोग गर्न पर्यो ," केपी पुष्पलाई गुनासो गर्दै छन् । " अब तपाईलाई कसले सक्ने घेर्ने, " पुष्पको मसिनो बोलि फुट्छ ।
"आफनै बारीका बाँदरले ढुंगा हाने कमरेड । सक्ने भए " केपी गुनासो मिसिएको आवाजमा पुष्पतर्फ नजर मिलाउँछन् ।
केहि सल्लाहाकार यताउता चलायमान छन् । एकजनाले दुई कप चिया ल्याए । "कमरेड कागती पानी अहिले एकछिन पछि प्रस्तुत गर्छु , " कालो कोट टक्क लगाएका केपी आज जमेर गफ गर्न तम्तयार छन् ।
"हामी मिल्यौं भने देश तिब्र गतिको विकासमा जान्छ कमरेड, अब फेरी नयाँ दङ्गले जाउँ , " निलोकोट र कालो टोपी ढल्काएका र जुँगामा क्रान्तिकारी धार लगाएका पुष्पतर्फ हेर्दै के पी ओली जवाफ कुर्दै छन् ।
Comments
Post a Comment