माटो, पानी, कृषि
मिलन र दिपक आज यो बिषयमा छलफल गर्छन् । बिहान देखि दिन मुलायम छ । महिना मंसिर, घाम चलेको छ बिहान देखि । न्यानोको प्रादुर्भाव छ। किर्तिपुरको फाँटमा घाम खसेको छ । दिन सोमबार । दिउसो मानिस चलायमान हुन्छन्। बिहान एकान्तको मोहनीमा छ ।
विश्वबिद्यालय परिसर। अग्ला रुख घाम तापेर अडिक छन् । रातको चिसो जांच आज पनि पास गरे । धेरैको उमेर त ५० पनि कट्यो होला । ५० काटेपछि रमाउँदै होलान ।
समय १० बजेको छ । मिलन र दिपक एउटा माटोको टुक्रा, घाँस सहितको माथि आफ्नो पश्चिम अंग स्थापित गरेर आनन्दको घाम ताप्दै कुरोको कुलो खुल्ने ध्याउन्नमा छन्। "ल आज माटो, पानी र कृषिबारे छलफल गरम " दिपकको दिब्य वाणी खुल्छ । पूर्वीय प्रभातको चम्किलो जस्तो मुस्कान मिलनको प्रसारण हुन्छ । "म रतन लालको पुस्तक पढ्दै छु , " दिपकको अनुसन्धान उर्जा बोल्यो ।
दुवैले यो बिषयमा छलफल गर्नको लागि एक महिना देखि तयारी गर्दै थिए ।
" मैले पनि टुक्राटाक्री हेरें , " मिलन दिपक तर्फ़ हेर्दै खुले ।
जामिनमा चिसोका शित कण टलपल थिए। एउटा पानी सिञ्चित थियो।
" जसरी मानिसलाई खाना चाहिन्छ माटोलाई पनि पानी र खाना चाहिने रहेछ । माटोले आफ्नो खाना बिरुवा र रुखलाई दिँदो रहेछ । हामीले समाजवादी माटोको पनि पेट भर्न सकेनौ भने माटो कमजोर बन्ने रहेछ । " निलो t -shirt धारण गरेका दिपकले प्रथम विचारको दियो आजको बिहानलाई उपहार दिए ।
पुरै डाँडोमा एउटा शक्तिको लहर एउटा मुलायम तर विशाल फैलावट भएको हावा चल्यो ।
सुर्यको राप मङ्सिर महिना भित्र ज्यादा पसिसकेकोले मिलन र दिपक दुवैको ध्यान यो चिसोले तान्न सफल भएन । दुवैले आफ्ना जकेट भुइंमा राखेर सुर्यको प्रतक्ष्य तेज लिने उपक्रम गर्दै छन् ।
" माटोको भाषा पनि nitrogen , phosphorus , iron लगायत १५/१६ वोटा रस वर घुम्दो रहेछ । " मिलन, माटोको खान्की यस्तो हुने रहेछ । पानी त चाहिने । " माटो पनि जीवित हुन्छन् र यिनलाई पनि खाना चाहिन्छ अनि मात्र हाम्रा तरकारी, दाल,गिठा, फलफुल भित्र खाना पस्छ भन्ने तर्क राख्न प्रयास गर्दैछन् ।
" नेपाल लगायत भारत लगायत देशमा ८ महिनाको शुक्खाले माटोले पानी पिउन नपाएर हाम्रा बिरुवा र फल-ऋषि रुख मुख सुकाएर सुकेर निस्तेज हुनपर्ने जुन समस्या छ यो एक राजनीतिक बिषय हो । केवल कृषि मन्त्रालय थकित सूचना होइन " दिपकको नीति चेत बोल्यो ।
to be continued
Comments
Post a Comment