कृषि बहस
दिनकर शब्द देवकोटाको कवितामा पनि पाइन्छ । अन्त पनि दिनकर हुनुहुन्छ । दिनकर सर । सरले space संचालन गर्नु भयो । बिषय कृषिमा पनि सुन्दै थिएँ । केदार सरले होस्ट गर्दा प्राविधिक गडबडी भएको थियो । दिनकरकोमा राम्रो चल्यो । होस्टको समस्या नआएमा छलफल मुखर हुने रहेछ ।
चियाको बिषयमा मैले नजानेको केहि जानकारी भयो । चीनमा चिया व्यापक हुन्छ भन्ने थाहा थियो। तर मुख्य रुपमा १६०० m भन्दा मन्तिर मात्र हुने रहेछ । नेपालको चियाको शक्ति र वासना नेपालमा १६०० m भन्दा माथि माथि सैलुंगेमा हुने चिया खेती हुने रहेछ । चिनिया बिसेसग्य ( यो टाईप गर्न जानिन रोमन to इंग्लिशमा ) पनि हर्षित हुन्छ अरे नेपालको उच्चकोटीको चियाको वासनामा परेर ।
नेपालको चिया व्यापारी भारतीयले सस्तोमा किनेर महँगोमा बेचेको पाइयो । बिनोद चौधरी सरको ध्यान आकर्षण गराउँ कि श्री नेपाल सरकारको ? नयाँ पत्रिका, कान्तिपुर र टेलिभिजनको मुख्य समाचारमा दाईहरुको घुमाउरो लगानी भएर शेरबहादुर दाई, मादप दाई र ओली दाईको मात्र समाचार आउँछ । कृषि, पानी, अर्थतन्त्र , पर्यटनलाई पहिलो पातो दिएर । दाई पार्टीलाई दोश्रो पातो दिए हुन्न ?
कृषिको कुरा गर्दा बाँदरको समस्याको बिषय पनि उठ्यो । बाँदर वाचाल र चक्षु हुने हुँदा फलफूल देखेपछि बगल लगाएर आउँछन् । गर्ने के ? केदार सरले यो बिषय उठान गर्नु भयो ।
water लिफ्ट प्रविधिबारे पनि छलफल आवस्यक भएको देखियो । मधुकर सरले पनि बोल्नुहुन्छ होला । दिपक ज्ञवाली सर पनि राजतन्त्र फर्के पछि बोल्नु हुन्छ होला । कम पानीमा हुने बालीमा नै जोड गर्नु पर्छ भन्ने तर्क आयो । कोदो कम पानीमा राम्रो हुन्छ भनेर मधुकरले लेख लेख्नु भएको छ । सबै कोदो रक्शि बनाउन प्रयुक्त हुन्छ भनेर दिपकजीले कोदोको समस्याबारे बोल्नु भएको छ ।
agroforestry बिषयमा तर्क उठे । मलको बारेमा उठ्न सक्छन् । food forest बारे अनिल भट्टराई बोल्न सक्नु हुन्थ्यो , तर twitter छोडेर जानुभयो । सम्झना मनैमा । मलाई गिठाको सोच बल्झियो । यो त एकदम सरल हिसाबमा फल्छ । मान्छे होइन बाँदरलाई पुग्ने गरि फल्छ ।
पानीको समस्याले गर्दा बाँसको प्रयोग गरेर vertical farming गर्ने बारे प्रश्न गर्न सकिन्छ जस्तो लाग्छ । बाँसको बारे पुस्तक पढेको याद आयो । कृषिमा ठुलो समस्या पानीको नै हो । केदार दाजूले mulching को बिषयमा बोल्नुभयो । यो बिषयमा अझ धेरै बोल्न पर्छ जस्तो लाग्छ । mulching क़ा बलिया र कमजोर पक्ष । एकजना महिलाले water lift परियोजना बेहाल भएको एउटा उदाहरण दिनु भयो । अर्को पुरुष मित्र बोल्न प्रविधिले दिएन । धन्यवाद दिनकरजी ।
Comments
Post a Comment