सचिन तिमिल्सिना शैलीको बारेमा ।

बिजुलीजीले संचालन गरेरको खेलकुद space मा  पस्नु एउटा  अनुभव  भयो  । प्रदोषकालपछि ७ बजेको समय निर्धातित थियो । Indoor का सफल ब्याटर सन्दिप ज्ञवालीले dm गरेर दाजु यसमा पस्नुस भनेर दिशानिर्देश गरे ।  म पहिल्यै पुगेको थिएँ ।  नेपाली क्रिकेटको बारे खास त्यति सुन्न मन लाग्दैन । खेलकुद कवि बिनोद पाण्डेले bermuda  miracle  भन्ने  लेख  लेखेको सूचना पाएको थिएँ । पढ्न श्रम शक्ति निकाल्न मन लागेन ।



 चिनेको मानिसले कुन शैलीले प्रस्तुति गर्लान भनेर कान चलाख राखेको थिएँ । Laptop बाट C ++ बारे केहि सूचना short term मेमोरीमा हाल्दै पनि  थिएँ ।  


मुख रुपमा ३ जना मानिस मात्र बोल्न चाख मानेको देखें । अरुले पनि बोलेको भए मजा हुन्थ्यो । अन्तिममा म पनि बोल्न पर्यो भनेर request पठाएँ । राम्रो संग सुनिएको थिएन , प्राविधिक समस्या आउने हो कि भन्ने लागेको थियो । हिजो देखि space प्रवेश गरेकोले मेसो पाउँदै छु ।  


अन्तिममा बोल्न मन लाग्यो । क्रिकेटको जब्बर तर्क भन्दा    श्री सचिन तिमिल्सिना ( वा तिमिल्सेना , वा तिमेल्सेना ) को शैलीले यो space सुन्न मजा आयो भनेर  अनि महिला क्रिकेट र CAN मा पवन अग्रवाल वा अरु नयाँ मानिस किन आउन सकेनन् भनेर बोल्ने भन्दै थिएँ ।  ।  देशको दुई धुरन्धर (कु) संगठन नेपाली  कांग्रेस र एमालेको कार्यकर्ता उत्पादन क्लब हुनबाट नरोकिनु ठुलो समस्या आयो can  निर्वाचन्बाट भन्ने बिषयमा केहि राख्न मन पनि थियो । 


सचिन तिमिल्सिनाको तर्क शैली  र detail ले खूसी बनाएको छ । तर्क त सबै पुरानै हुन् सबैका । detail  टेसीलो हुनपर्यो।  Esewa कस्तो कंपनी हो थाहा छैन । एकजना esewa  पुरुस त प्रधानमन्त्रिको सल्लाहकार हुँदा विवादमा पनि आउनुभयो । धेरै थाहा छैन ।  


CAN लाइ अहिले करोडौं पैसा आवस्यक छ । तिमिल्सिनाले तार्किक तर्क पेश गर्नुभएको छ । धेरै खेलाडीलाई सेन्ट्रल contract मा राख्न पर्यो । अनि त्यो अकिञ्चन camp लाई पनि एक महिनाबाट २ महिना पुर्याउन पनि पैसा चाहियो । ११ जना slogger टिम मलेशियाको सत्टा अलि पोसिलो र पोटिलो टोली ल्याउन पनि करोड खर्च हुन्छ । मनोज गजुरेलले हवाई करोडले त केहि हुन्न । 



तिमिल्सिनाले जुन शालीनता  र श्रवण शक्ति र स्थिरता प्रस्तुत गर्नुभयो त्यसले आनन्दित तुल्यायो । धेरै कुरा त हामीले पनि जानेका छम।  अरुले पनि जानेका छन् ।   



Comments

Popular posts from this blog

केपी ओली

Reading Harari's sapiens with method of adaptation

सन्जम रेग्मी उवाच ।