तारानाथ दाजुको बेलायत यात्रा

 तारानाथ दाजु बेलायतमा हुनुहुन्छ ।दुई तले बस चढेर दाजु मेनाइ  साँघुको मेलामा पुग्दा उहाँको घडीमा तीन बजेको छ । मेनाइ मेलामा पुग्दा इलामको माइबेनी मेला र कर्फोकको झाम्दे मेलाको सम्झनाले  उहाँलाई रन्थनाउन थाल्छ ।  उहाँका  दुई साथी छन् । पहिले देखि चिरिप । मेनाइ पुगेपछि आफ्नो सुर र ताललाई निरन्तरता दिंदै दुवै भट्टी पस्छन् । तारानाथ भने मेलामा प्रवेश गर्नुहुन्छ अनि सात घण्टा आफुलाई एकाकार गराइदिनु हुन्छ । 


यो दिन टिकाको भोलिपल्ट २४ अक्टोबर १९६६ को हो । यो मेला  बिक्रिको एउटा महासागर भएको छ । छाला,उनी देखि कम्मल, कमिज देखि अनुहार हेरेर उमेर पत्ता लगाउने,  खानामा हट डग देखि अनेक बस्तुको   एउटा केन्द्र बनेको छ । थोरै पैसा सबैमा लाग्ने । दाजु यस्तो मेलामा घुम्दै गर्दा  डयाम्म एउटी   तरुनीको छातिमा जुध्न पुग्नुहुन्छ । मेलामा साथीहरु नछुट्टीउन भनेर मानिसहरु लामो मफ्लर बनाएर सबैले घांटीमा भिरेर एउटा लहर बनाउंदै हिंडेका छन्  ।  एउटा युवतीहरुको लहर तारानाथ दाजुसंग ड्याम्म् ठोक्किन पुग्छन् ।  " माफ गर्नु होला महासय" भन्दै हाँस्दै एउटा सिर्जना गर्दै युवती हिडछन् । 


यो सब देखेर तारानाथ दाजूलाई झल्याँस हुन्छ र सम्झनुहुन्छ झ्याम्टे मेलामा गाउँले रईनीहरुले  पटुकाको फेरहरु गाँठो पारेर लठारिंदै हिंडेको र काठमान्डूको पशुपतिनाथको मेलामा कठिनी र पखिनीहरुले एकअर्काको मजेत्रो गाँसेर घुइंचामा लर्बरिंदै हिंडेको ।   


अनि फेरी दाजू अर्की युवतीमा ठोक्किन पुग्नुहुन्छ । मुखमा एक किसिमको फुर्ति साथ युवती " माफ गर्नु होला सज्जन " भन्दै जान्छिन । दाजुलाई लाग्छ " धक्का म लगाउँछु, माफ उनीहरु माग्छन्  । " यसरि गम्दै गर्दा दाजुलाई पछाडीबाट कसैले ठेलिरहेको महसुस हुन्छ । " चार पाँच पोथी स्वरहरु एक्कैचोटी चिरबिराउँछन् " म दुखित छु " भन्दै ।  दाजूलाई लाग्छ " हाम्रोतिर भएको भए ठिटाहरुले ठिटीहरुलाई पेल्ने  थिए  तर  बेलायतमा  ठिक   उल्टो  रहेछ  । "      


बेलायतमा मानिस खाँदै हिंडदै गर्दा रहेछन् । हिंडदै दाजु कुस्ती खेल्ने ठाउँमा पुग्नुहुन्छ । " भुसतिघ्रेहरु ब्याप्त  थिए । एउटाले धमाधम छालाको गोलीलाई मुड्कीले हिर्काईरहेको थियो । " तारानाथ दाजू पाँच शिलिंग तिरेर भित्र पस्नुहुन्छ अनि दुई सयजति मान्छेहरु भेला भएपछि कुस्ती सुरु हुन्छ । 


कुस्ती हेरेर सकेर बाटो लाग्ने क्रममा " जिउँदो राक्षस हेर्ने भए आउनुस् "  भन्ने बिज्ञापनले दाजूका आँखा तान्छन् । तर दाजूलाई कफीको तलतल लागएकोले खोजी गर्दै हुनुहुन्छ । नौ पेन्स तिरेर कफी खाँदै हुनुहुन्छ । 


दाजूको एउटा welsh  युवकसंग  जम्काभेट हुन्छ । 


to be continued. 

   




   

Comments

Popular posts from this blog

केपी ओली

Reading Harari's sapiens with method of adaptation

सन्जम रेग्मी उवाच ।