खेलकुद कवि बिनोद पाण्डेका तरङ्गहरु
खेलकुद कवि बिनोद पाण्डे नेपालका प्रखर पत्रकार हुनुहुन्छ । नेपाली क्रिकेटमा अर्को पत्रकार हुनुहुन्छ आदर्श दाई होला, सबैलाई तिमी भन्नु हुन्छ । राम्रो सुनिन्न । अरु केहि पत्रकार महिला हुनुहुन्छ । सरिता श्रेष्ठ हुनुहुन्छ । योग्य हुनुहुन्छ । रिस ऋषिमुनिको जस्तो छ । बिनोद पाण्डेको सबल पक्ष्य भनेको उहाँ रिसाउनु हुन्न । एउटा नेपथ्यको गीत बिनोद पाण्डेको लागि सुहाउँछ । " बिनोद पाण्डे हुन सार्है असजिलो छ " / https://www.youtube.com/watch?v=gaFz5TxPSWk
प्रिय र मैले नचिनेको तर बोलेको / एउटा मलाई कुटनीतिक पास दिनुभएको बिराट रायमाझी हुनुहुन्छ ।
पाण्डेलाईलाई नेपाली क्रिकेटको पुराण देखि लिएर कुन खेलाडी कुन खेल हुँदा कति बजे पाइखाना पसे भन्ने सम्म थाहा हुन्छ । आजकाल बिराट रायको commentry मनपर्दै छ । अध्ययन र राम्रो तयारी देखिन्छ बिराटमा, पहिले अलि चिच्चाउने शैली पनि थियो । प्रिय पात्र सचिन तिमिल्शिना पनि हुनुहुन्छ । उहाँको पनि क्रिकेट ज्ञान र commentry सुरिलो छ, एउटा लय छ । कवि पाण्डेलाई यी सबै योग्य पत्रकारले पनि आदर गर्छन् ।
कवि पाण्डेमा सन्जम रेग्मीको ज्योतिष बिद्याले ठुलो असर छोडेको छ। श्री बिनोद भण्डारी आफ्नो off - side को ब्याटिंग सुधार्न सन्जम रेग्मीसंग ज्योतिष सल्लाह लिन पुगेको सत्यको उद्घाटन पनि कवि पाण्डेको लेखमा भएको थियो ।
कवि पाण्डेको सिखरिणी, सार्दुल छन्द प्रयोग गरिएको लेख पढ्ने हो भने नेपालले २०१४ पछि २-३ वटा नक्कली विस्वकप त खेल्न पर्थ्यो । कविले मानेका अन्तरास्ट्रिय स्तरका तीनजना स्पिन्नरले डल्ला फाल्न पायो कि सकियो । नेपालीले पायो कि सक्यो। scotland र ireland र र ओमान र uAE र hongkong त के हो र ? केन्याको त के कुरा गर्नु ? अनि कतारको ? क्यानाडालाई त छ विकेटले जितिन्छ होला । तर कविको छन्दले काम गरेन ।
पारस दाजुले captainship बाट राजिनामा गरेर midwicket मा slog हान्न जान पर्ने स्थिती आयो । पारसदाजु midwicket मा स्लोग जान गएपछि म पनि नेपाली महिला क्रिकेट हेर्न लागें।
कवि पाण्डेको विचारमा नेपालको बलिङ्ग त टेस्ट म्याच स्तरको छ तर ब्याटिंग नि कम छैन । शरद जस्ता योग्य खेलाडी छन् जो ३ वा ५ वा ओपेन नि गर्न सक्छन् । ज्ञानेन्द्र जस्तो प्राविधिक रुपमा निपुण। दिपेन्द्र ज्ञानेन्द्र भन्दा निपुण । १४ बर्षमा अन्तरास्ट्रिय ५० हानेका रोहित पौडेल । १५ बर्षमा अन्तरास्ट्रिय ५५ हानेर कृतिमान रचेका कुशल मल्ल । १६ बर्षमा अन्तरास्ट्रिय ६० हानेर कृतिमान रचेका अनिल साह । १७ बर्षमा अन्तरास्ट्रिय ६२ हानेर कृतिमान रचेका पवन शराफ । अनि छन् सोमपाल जसलाई पारसले off मा राम्रो खेल्छ भनेर तारिफ गरेका छन् / ज्ञानुले single लिंदा पनि प्राविधिक रुपमा निपुण भनेका छन् अनि शरदले strike rate राम्रो छ भनेर तारिफ गरका छन् / अनि दिपेन्द्रले नेपाली umpire हुँदा पनि lbw हुन्न sompal भनेर तारिफ गरेका छन्। अनि छन् करण केसी जसले सबै ब्याटरले भन्दा धेरै रन हानेका छन् । अनि छन् भुवन कार्की जसले १० नम्बरमा आएर ६१ हानेर अन्तरास्ट्रिय कृतिमान बनाएका छन् । अनि छन् सन्दिप लामीछाने जसले ipl को ब्याटले ब्याटिंग गर्दा भागि भागी भएनि ५ छक्का हान्छन् । अफघानिस्तानलाई जित्न त सकिएला तर अरुलाई सजिलै जित्न पर्ने होइन र ? तर कवि पाण्डेको छन्दको सुर लागेन । नेपाली क्रिकेटमा सबैभन्दा धेरै पढेका बिनोद दासले पनि नेपालले महत्योपूर्ण ग्याम किन हार्छ भनेर बुझ्न सकेका छैनन् ।
नेपालले कतार, केन्या , hongkong , ओमान, usa , uae , संग खेल किन हार्छ भनेर सन्जम रेग्मी र ज्योतिष हरिहर अधिकारीले बुझेका छ । सन्जम रेग्मीको बिश्लेसनमा " सन्जम रेग्मी टिममा नपरेर राहु अलि तल परेर ब्याटिंग अलि तल परेको हो अनि केतु माथि पुगेर तीनजना स्पिन्नरले पिटाई खाएर चौथो स्पिन्नर पारस र पाँचौं स्पिन्नर पवन र छैठौं स्पिन्नर दिपेन्द्रले बलिङ्ग गर्दा पनि खेल हार्न परेको हो। "
कवि पाण्डेसंग मेरा नीतिगत प्रश्न छन् । जवाफ आउन्न । बरु बेर्मुडा miracle भएको लेख आउँछ , जहाँ अफघानिस्तान, बंगलादेश, ireland र scotland र hongkong लाई जितिएको थियो ।
प्रश्न- CAN को फुकुवा पछि चुनावमा किन पार्टीका कार्यकर्ता जितेर आए ? जगत गुरुले स्वतन्त्र झोला किन बोके ? पवन अग्रवाल वा राजु खड्का वा मनोज कटवाल CAN को सदस्य सचिव वा अध्यक्ष्यको लागि किन उठेनन् । छुम्बी लामा किन CAN अद्यक्ष्यमा उठेनन् ? बिनोद दास त CAN मा लाग्न पर्ने मानिस होइनन् र ?
अर्को प्रश्न - नेपाल सरकारले बर्षको ५ करोड क्रिकेटमा खर्चगर्न दिन ३ जनाको संयन्त्र बनाउन पहल हुँदै छ ? यसमा सन्जम रेग्मीको ज्योतिष शास्त्रले के भन्छ ।
महिला क्रिकेटको लागि Dav whatmore जत्तिको कोच ल्याउन प्रयास गरे त thailand लाई जित्न सकिएला ? अनि आमिर अख्तरले महिला epl league नगर्ने भए उसलाई पुरुष epl गर्न दिने कि नदिने ? कि chris gayle आए भनेर " बिच्च बिच्चमा नाच्न पर्छ " भन्ने गीतमा नाच्ने ?
जगत गुरु coach हो कि राजनीतिक कर्मी ? कि जगत गुरु संग facebook मा chat गरेर बस्ने ?
अहिलेको १ महिना camp लाई २ महिना बनाउन के गर्न पर्छ ? यो miracle गर्न सकिन्न ? बर्षमा ५० ग्याम गर्न कति पैसा लाग्ला । यो गर्न miracle कसरी गर्ने ?
CAN को अर्को चुनावमा एमालेले जित्ला कि के होला ?
यो चोटी मलेशिया जस्तो कमजोर टिमलाई नेपालमा खेल्न बोलाउन कस्ता आर्थिक कारण थिए ? बरु Netherlands संग नै ५ match series किन खेलिएन ?
Comments
Post a Comment