C++ सिक्न खोज्दाको प्रारम्भिक बयान ।
सबैले programming language को बारेमा कुरा गर्ने हुनाले मलाई पनि यो बिषयमा रुचि हुँदै थियो । सबैले c ++ बाट सुरु नगर्नुस दाजु यो अलि कठिन हुन्छ भन्दै उफ्रिदै गर्थे । । अलि सजिला python बाट सुरु गर्नुस भन्थे । मलाई website र youtube को सिकाउने शैली त्यति ठिक लागेन । technical term define गर्ने method बाट सिकाउने । idea लाई explain गर्ने method ठिक हुन्छ । तर यसो गर्न सक्ने हुन idea र history of programming language दुवैको ज्ञान हुन आवस्यक छ । जुन धेरैमा हुन्न । C ++ बनाउने मानिसको नाम Bjarne Stroustrup हो / उहाँले किताब नि लेख्नु भएको छ । youtube मा नि हुनुहुन्छ ।
Bjarne Stroustrup ले भन्नु हुन्छ programming भनेको को idea हो । definition मात्र जानेर र technique मात्र जानेर हुन्न । धेरै programmer हरुको समस्या Bjarne Stroustrup दाजुको अनुसार idea को कमीले गर्दा भद्दा प्रोग्रम्मिंग बनाउनु हो । प्रोग्रम्मिंग गरेपछि छरितो हुन पर्यो , चांडो चल्न पर्यो , जुन समस्या समाधान गर्न खोजेको हो त्यहि गर्न पर्यो । एउटा समस्या समाधान गर्न बनेको programme ले ३ वटा समस्या समाधान गर्ने शैलीमा मा code गर्यो भने त्यो programme slow हुन्छ । दाजुका कुरा हुन् । म बुझ्दै छु । समय लाग्छ । १ बर्ष दिनुस ।
सुरुमा programming language machine को नजिक थियो । यो भन्नाले human ले धेरै interaction गर्न नमिल्ने language थिए । यसको example अहिले दिन सम्झेको छैन । त्यो बेला १ mb मात्र space थियो । programming language को size सानो थियो ।
पछि programming language मा programmer/user लाई धेरै भूमिका दिन मिल्न programming language आए । यस बिषयमा मैले अझ बुझ्न छ । यो एउटा महत्योपूर्ण छलांग थियो । अब programme, machine ले बुझ्ने भाषा भन्दा मान्छेले बुझ्ने भाषाको नजिक भयो । machine को नजिक भन्दा human को नजिक । अनि human को नजिक भएको language लाई translate गर्न आवस्यक भयो । यो translator ले human level लाई translate गरेर machine level मा पुर्याउँछ । अनि machine ले बुझ्छ ।
C++ का केही idea छन् । Idea of
1. definition
2. data type
३. user defined type
4. class
5. variable
यी सबै idea को बारेमा म धारा प्रवाह बोल्ने अवस्थामा छैन ।
C++ लाई एकदम छरितो र कम लेखेर धेरै काम निकाल्न सकिने programming मानिन्छ । यसको शक्ति भनेको programme लेख्ने मानिसलाई धेरै भूमिका दिनु हो । क्लास , data type लगायत idea ले गर्दा यो सम्भव भयो ।
C ++ भन्दा अगाडीका केही programme हरु यिनी हुन् ।
1. Fotran
2. Cobol
3. assembler जस्तो लाग्छ , यस बिषयमा अझ बुझ्नु छ
4. Simula
5. C
C ++ भनेको system building language हो । सिमुलालाई C ++ को पिताजी भन्दा हुन्छ । C ++ website बनाउन प्रयोग खास हुन्न । यो डा सुर्यराज दाजुको रेल देखि, रामेश दाजुको बिजुली बस देखि , tv laptop , घडी , देखि operating system जस्तै windows देखि google search engine लगायतको निर्माणमा प्रयोग हुन्छ ।
Twitter : @subash_banjade
Comments
Post a Comment