K. Anders Ericsson को पुस्तक peak पढ्दै ।
यस किताबले प्रस्तुत गरेका केही विचार छन् deliberate practice र purposeful practice ।
प्रश्नबाट सुरु गर्छु । ठुलो संख्यामा मानिसहरु केहि त केहि सिक्न लागेका हुन्छ, स्कुले विद्यार्थी देखि विभिन्न मानिसहरु, के सिक्ने प्रिक्रिया कमसल वा राम्रो हुन सक्छ ? कसरी सिक्ने ? कसरी नसिक्ने ?
Erricson को विचारमा सिक्ने तरिका गलत वा राम्रो वा औसत हुनसक्छ। यहि विचारलाई बढाउँदै यो किताब लेखिएको हो । deliberative practice भन्ने विचार प्रयोग गरेर हामीले सिक्न प्रयास गर्यौं भने चांडो सिक्न सकिन्छ भन्ने तर्क छ पुस्तक भित्र । deliverative practice भनको के हो म पछि प्रकाश पार्छु ।
म keyboard बजाउन सिक्दै छु । प्राक्टिस पनि गर्छु । बेला बेला बेटरी charge गर्नपर्छ । twitter को space सुन्दै "गार्गिल " नगरीकन keyboad पनि बजाउँदै हुन्छु । Celion Dion को My heart will go on र हिन्दि गीत हर घडी बदल गई है भन्ने दुई गीतको अभ्यास गर्दै छु ।
कोहि piano सिक्न बिस्वबिद्यालय पुग्छन् । बिस्वोबिद्यालयमा पनि कोहि एकदम माथिलो तहमा बजाउन सक्छन्, कोहि अलि अकिञ्चन हुन्छन् । जन्मजात गुणको भूमिका Ericcson अलि कम देख्छन् । तपाई कसरी सिक्नु हुन्छ र के सिक्न खोज्नुहुन्छ भन्ने मूल हो भन्ने Ericsson को तर्क छ । किताबमा संगीत, देखि maths देखि physics र फूटबल सिकाईबारे बहस छ । अकिञ्चन manchester united को club कार्यालय पनि पुग्नु भएको रहेछ Erricson छलफलको लागि ।
प्रश्न । short term memory भनेको के हो ? long term memory भनेको के हो ? सिक्नको लागि सबैभन्दा बाधा गर्ने र बाटो छेक्ने काम short term memory ले गर्छ । किन गर्छ कसरी गर्छ पछि खोल्छु ।
long term memory सम्म पुग्न सकियो भने ग्यान बढ्छ तर बाटो साँगुरो हुन्छ । इतिहास नयराज पन्तले पनि यो बिषयले गर्दा जटिलता भोग्नु भएको छ । उहाँ आकाश मण्डलका ताराको गणित गर्ने मानिस हुनुहुन्थ्यो तर कसैबाट सहयोग नपाएर उहाँले लिच्छिवी इतिहास अन्वेषण गर्दा केहि होला कि भन्ने सोचेर त्यो बिषयमा लाग्नु भयो । अनि आफुले पनि अलि कडा खालको संस्कृत सिक्न लाग्नु भयो जुन लिछिवी भाषामा प्रयुक्त हुन्थ्यो । धेरै बिद्यार्थीलाई पनि पढाउनु हुन्थ्यो । उहाँको पढाउने शैलीमा बिद्यार्थीले धेरै मेहेनत गर्न पर्ने हुनाले बिचमा छोडेर जान्थे । बिषय सिक्ने सिकाउने शैलीको हो ।
deliberate practice भन्ने विचारले आफुले नजानेको बिषय सिक्न खोज्दा चांडो सिक्न ह्वार र ह्वार किताबको पाना पल्टाए जस्तो नगर्नु भन्छ । slow down गरेर औफुले के जानको छु वा छैन केलाएर अगाडी बडन् भन्छ। आज १०० पेज पढ्छु भन्ने शैली भन्दा । पढ्दै गर्दा अलि किताबले दिन खोजेको विचार निकाल्दै कापीमा लेख्छु भन्ने शैली गतिलो हुन्छ । deliberate practice नगर्ने मानिसले piano मा ५ वटा गीत बजाउन जानेका हुन्छन् अनि अर्को ३० बर्ष त्यही ५ गीत बजाएर बस्छ भन्छन् erricson । आफुले नजानेको बिषयमा ध्यान जाने हुन्न । छैठौ गीत सिक्न आफ्नो short term memory संग भिड्छु भन्ने विचार खुल्दैन यिनमा ।
deliberate practice को लागि revision खुब आवस्यक हुन्छ । revision गर्नु भनेको short term memory संग वार्ता गर्नु हो । सधै नयाँ नयाँ बिषय पढ्ने अनि यो बर्ष मैले १५ वटा किताब पढें भन्दै उफ्रनु फगत हो ।
प्राध्यापक harold bloom ले टेसिलो revision गर्नु हुन्थ्यो। एउटा उपन्यास 40 पटकसम्म पढ्नु हुन्थ्यो। नयराज पन्त दाजुको पठन शैली revision र testing वरीपरि घुम्छ । दाजुले प्रत्येक दिन टेस्ट लिने भएकोले धेरै टिक्न नसकेर छोडेर जानुहुन्थ्यो । simple टेस्ट गर्दा धेरै फाइदा हुन्छ । तर टेस्ट र question लाई धेरै अफ्टारो पर्यो त्यसले short term मेमोरीलाई दुख दिने हुनाले त्यसले घाटा हुन्छ । नजानेको बिषयको प्रश्न हुन पर्यो तर जति सक्यो सरल । नयन दाजुको प्रस्न यस्ता हुन्थ्यो भन्ने मेरो विश्लेषण छ " त्यो पाठबाट तिमीले के के बुझ्यौ धारा प्रवाह बोल त , तर कतै नहेरी " । यसरी नहेरी बोल्नुलाई retrieval practice भनिन्छ । यसले पढाईमा ठुलो ठुलो फाइदा गर्छ ।
bcompany दाजुको नराइन गोपालले recording गर्दा नै एउटा गीत ६ घण्टा सम्म गाउनु हुन्थ्यो । सुर नलागेर त्यसो नगरेको होइन नि । उहाँले अभ्यास कसरी र कति गर्नु हुन्थ्यो होला त ? deliberate practice बिचार बारे अर्को कार्यक्रममा पनि छलफल हुन्छ ।
Comments
Post a Comment