Mahabharat 2
हामीले पहिलो महाभारत ब्लगबाट हाम्रो short term उर्फ working memory लाई सक्रिय बनायौं । हाम्रो मस्तिस्कलाई अहिलेलाई working memory र long term memory गरेर दुई विचारमा विभाजित गरम । अनुताप भन्ने शब्द मैले खास प्रयोग गर्दिन भनेको थिएँ । अर्थात् त्यो शब्द मेरो र twitter का मान्ठा दाजूको long term मेमोरीमा छैन । हाम्रो ज्ञान , expertise , शिल्पी, खेलाडीकारिता , कलाकारिता यो सब बस्ने भनेको long term memory मा हो । Short term मेमोरीको काम नै बिर्सनु । बिर्सने हुनाले हामी सबैको, पशुपतिका सम्माननीय बाँदर देखि, खरायो सबैको दिमागको गति तिव्र हुन्छ । Short term मेमोरीले पनि long term मेमोरीले जस्तै सम्झने हो भने हाम्रो मस्तिस्क पेन्टियम 1 जस्तो धिमा हुन्थ्यो । पढ्न मन नलाग्ने । बिर्सने । नयाँ बिषय सिक्न कठिन हुन । चिट बनाउन मन लाग्ने । यो सब सिमितताको कारण Short term मेमोरीको प्रकृति हो ।
द्रोणाचार्यको मृत्यु पछि कर्ण सेनापति हुन्छन् । । अर्को दिनको बिहानको प्रारम्भ पछि युद्ध सुरु हुन्छ ।
Dhristarastra ले आँखा नदेख्ने हुनाले उनले संजयलाई आजका नारायणकाजी श्रेष्ठ बनाएर राखेका थिए । संजयले Dhristarastra को जागिर खान किन गए ? यसको marxwadi क्लास विश्लेषण गर्ने ? जागिर खाएर क्यास त तलब बुझ्दैन थिए होला ?
dristarastra ले संजयसंग युद्धको स्थीति बारे जानकारी माग्नुहुन्छ । कर्णले सेतो रंगको कपडा लगाएका छन् । घोडा पनि सेतो छ । रथको ध्वजा पताका पनि सेता छन् । अनि पताकामा सर्पको चित्र छ ।
सर्पलाई यसरी राख्नु रोचक बिषय छ । काठमाडौँ मन्दिर र भक्तपुर दरबारको बाहिरि घेरामा सर्प हुन्छन् । अरुण गुप्तोको goddesses of kathmandu valley भन्ने किताबमा यो जानकारी पाएपछि मेरो ध्यान सर्पमा हुन थालेको हो । पानी र सर्पको सम्बन्ध हुन्छ । मलाई भक्तपुरका फूटबल ground जत्रा पोखरी खुब मन पर्छ, पानी पनि हुने भएकाले । पानी बिषयमा दिपक ज्ञवाली दाजूले बोल्नु हुन्छ ।
कर्णले आफ्ना सेनालाई मकर आकारमा बनाएर एउटा स्थानमा कर्ण बसे । महान बाबुराम र श्रदेय कमरेड पुस्पकमलजस्तो भारतमा पसेनन् । कर्ण पुरा तयारि अवस्थामा छन् ।
शकुनी शुरवीरजी पनि घेरामा हुनुहुन्छ । शकुनीजीलाई पहिले देखि चिनेको हो । शुरवीरलाई पहिलो चोटी चिन्दै छु । कृतवर्मा र क्रिपाचार्य पनि हुनुहुन्छ । राजा शल्य र त्रिगर्तों पनि हुनुहुन्छ एउटा आकार लिएर, बिहान टन्न भात दबाएर । महिलाहरु अहिले सम्म देखेको छैन ।
यसरी पुरै दलबल सहित मकर आकारमा अगाडी बढेको दुर्योधन सेनालाई yudhisthir ले देख्छन् । दाजूले भाई अर्जुनलाई सोध्छन् " ए हेर त, के रडनीति रहेछ " । अर्जुनले पनि दाईलाई " तँ " नै भन्नु हुन्छ । अर्जुनको कुरा नसुन्दै युधिस्थिर थप्छन् " यिनीहरुको मुख्य लाडाकुहरुको सब मृत्यु भईसक्यो, कर्ण छन् एकजना धनुष चलाउन खप्पिस, अरु बाँकी त को छ र "
अर्जुन सेना मिलाउन निस्कंछन्। अर्धचन्द्रआकारमा आफ्ना सेना मिलाउँछन् । माओवादीको youtube अन्तर्वार्ता सुन्ने हो भने "C आकारमा " घेर्ने भन्ने खुब सुन्न मिल्छ ।
Twitter : @subash_banjade
Comments
Post a Comment