pneumonia र ct scan
covid ले फोक्सो बिगारेर pneumonia हुने हुनाले धेरै मानिसको मृत्यु भएको बुझ्दै छु । अब प्रश्न भयो pneumonia संग कसरी बच्ने ? Pneumonia लाई silent killer भनिन्छ, किन भनिन्छ ? पछि भन्छु । Pneumonia भने पछि CT scan भन्ने आउँछ । यसले फोक्सोको चित्र लिन सक्छ । मलाई पहिलो तर्कले छोप्छ । " Covid को संकेत देखियो भने म तुरुन्त CT scan गर्छु र धेरै भाले हुन खोज्दिन "। twitter को space ले मानिसलाई भाले बनाउन खोज्दै छ । मेरो तर्क सुनेर भारतका एउटा ठुलो अस्पतालका director रंदिप गुलरिया उफ्रिए । " हतार हतार CT scan गर्न हुन्न है दाजु " भन्दै।
हतारमा CT लिंदा CT scan केहि नदेखिने हुने नै भयो । अनि Covid भएको छैन भने अस्पताल पुग्दा झन् सर्न सक्ने हुने भयो । CT scan गरेको कति पर्छ मलाई थाहा छैन । धेरै raditation को प्रयोग हुन्छ र सुतेर एउटा machine पस्ने फिल्मी शैली हुँदो रहेछ भने पछि ३ हजार भन्दा पनि माथि त पर्ला । डा रंदिपले long term memory बाट के भन्नु भयो भने " एउटा CT scan गर्नु भनेको लगभग ३०० x ray गर्दा आउने radiation ग्रहण हुन्छ, पछि Cancer सल्बलाउन पनि सक्छ " भन्दै ।
pneumonia लाई किन silent किलर भन्ने प्रश्नलाई बल्झाउन चाहन्छु । पुर्वप्रधानमन्त्री शुसिल कोइरालालाई पनि pneumonia भएको अन्तिममा मात्र थाहा पायो । pneumonia ले अन्तिममा मात्र जानकारी दिन्छ, फोक्सो धेरै बिग्रेपछि त्यसैले यो silent killer भएर धेरै मानिसको ज्यान लिन्छ ।
मेरो हजुरआमालाई पनि pneumonia भयो । एक हप्ता अगि सम्म सबै सामान्य । बोल्ने, हिंड्ने , डुल्ने । एक हप्तापछि खाटमा उत्ताल पर्नु भो । पछि त आँखा खोल्न पनि सक्नु भएन । मलाई त मृत्यु तर्कले छोपेको थियो त्यो देख्दा । खेल oxygen को रहेछ ।
oxygen बारे म एउटा निजि र निवस्त्र घटना सुनाउँछु । आजको बिषय pneumonia , CT scan र oxygen भएकोले।
जाडो महिनाको समय थियो । घाम लागेको थियो । चिसो शरीरमामा हिउँदको न्यानो घाम खसेपछि एउटा आनन्दको तरङ्ग हुन्छ । म पनि कहिले छत कहिले कोठा गर्दै एउटा प्राचीन खेल खेल्दै थिएँ । आज तातो पानीले नुहाउनु पर्छ भन्ने कल्पना चल्दै थियो । यति सुन्दर दिनमा मेरो मृत्यु पनि हुन सक्थ्यो, यो म भन्छु । घरको छतमा सोलारको टंकी मुखर थियो । म बाल्टीमा तातो पानी थाप्छु । बाथरूम पानीको बाफले वाचल छु । म खुशीको तरङ्ग गर्दै पस्छु । जाडो महिनामा तातो पानीले नुहाउन प्रचुर मज्जा आउँछ । बिपी कोइराला निवस्त्र सुत्नु हुन्छ भन्ने थाहा थियो । बिपीको विचारमा थप इट्टा थप्न पर्छ भनेर एउटा इमान्दार प्रयास गर्दा मेरो धन्न मृत्यु भएको छ त्यो दिन ।
बिपीको विचारको गतिशील प्रयोग गर्दै निवस्त्र नुहाउने आज भन्ने विचार मनमा प्रशारण भयो । कपडा खोल्दै गएँ । बाथरूमको झ्याल बन्द गरें । बाथरूममा बाफ थियो, गिरिजाबाबुले चुरोट पिएर उडाएको धुवाँ जस्तो । बिषय oxygen नै हो ।
रक्सि पिए जसरी नुहाउँदै गएँ । पानी खानाउँदै गएँ । बाल्टीमा पानी धारामा भरिंदै गयो । धारा खुल्ला थियो, त्यो धाराको ध्वनि मृत्यु स्वर थियो भनेर बुझेको थिइन। मलाई त उभिन नसकेको जस्तो भयो । " यो नुहाउँदा नुहाउँदै के रोग लाग्यो फेरी, रोग लाग्ने पनि एउटा समय हुन्छ " भन्ने भावना उठ्यो । म उभिने तागत नभएर बसें ।
" अनुसन्धान पछि गरम्ला, अब यहाँबाट बाहिर निस्कन पर्छ " भन्ने पर्यो। भाग्यवस ढोकाको नगिच थिएँ । भाग्यवस समात्ने ठाउँ थियो । मसंग ढोका खोल्न उभिन सक्ने तागत थिएन । ढोकाको handle छोपेर जोडले तानेर उठें । ढोका खोलें अलिकति । चिसो हावा पस्नु भयो । वायु भनेको प्राण रहेछ बुझें । शरिर एकाएक वाचाल भयो । जुरुक्क उठें । मुजीजी धारा बन्द गरें । बाचें ।
बाहिर निस्कने । तर यो बिषयमा सोच्न सकिन । मलाई यो भएको हो कि होइन जस्तो भयो। हो कि होइन जस्तो हुँदो रहेछ । trauma जस्तो भयो । यो बिषयमा मैले एक महिना सम्म सोचिन ।
आज पनि इतिहास oxygen मा आएर बल्झिएको छ ।
pneumonia ले धरहराको टुप्पोमा पुगेका केपी ओली जत्तिको व्यक्तिलाई पनि झुक्काउन सक्दो रहेछ । म त्यो बेला बाथरूममा पसेर बाँचें । आज देशकामा Covid पसेको छ । ढोकाका कमान्डर केपी ओलीलाई समेत चक्मा दियो भनेपछि "गर्लिल गर्दिनेनी " भन्ने विचारले मात्र त पुगेन है यो pneumonia संग ।
Twitter : @subash_banjade
Comments
Post a Comment